AnonymousUser

Logout

रामेछापका सामुदायिक विद्यालय: सुविधासम्पन्न भौतिक संरचना, विद्यार्थी भने घट्दो

विद्यालय भवन आकर्षक बने पनि त्यहाँ अध्ययन गर्ने विद्यार्थीको संख्या न्यून हुँदै जाँदा ती संरचनाको उपयोग कम हुन थालेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।

बन्द भए उत्तरी इलामका विद्यालय, बालबालिका पढाउन भारत जान्छन् अभिभावक

पातलो बस्ती र जनघनत्व पनि कम भएको लेकाली क्षेत्र जौबारी, मेघमा, कालपोखरीलगायत ठाउँमा विद्यालय नै बन्द भएपछि बालबालिकालाई पढाउन अभिभावक भारत गएर बस्न बाध्य छन्।

विश्वविद्यालय थप्ने कि भएकालाई नै राम्रो बनाउने भन्नेमा सांसदहरूबीच मतान्तर

शिक्षा समितिको बैठकमा नयाँ विश्वविद्यालय थप्दै जाने कि भएका विश्वविद्यालयलाई गुणस्तरीय र व्यवस्थित बनाउने भन्नेमा सांसदहरूबीच मतान्तर देखिएको छ।

स्नातक कार्यक्रम पुन: तीनवर्षे बनाइन्छ : उपकुलपति बराल

उपकुलपति प्राडा बरालले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्य सञ्चालनमा पनि असहजता थपेको बताए।

त्रिविको उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राडा केशरजंग बराल नियुक्त भएका छन्।

‘विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप अन्त्य नभएसम्म शिक्षा क्षेत्रको विकास हुन सक्दैन’

प्रस्तावित नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिका अध्यक्ष डा. अर्जुन कार्की मुलुकको समृद्धि र विकासका लागि विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप हुन नहुने बताउँछन्।

विद्यालयको सहयोगार्थ सामूहिक व्रतबन्ध

नुवाकोटको शहीद जगतप्रकाश जंग शाह संस्कृति माध्यमिक विद्यालय सञ्चालनको लागि आर्थिक स्रोत जुटाउन आयोजित सामूहिक व्रतबन्धबाट पाँच लाख रुपैयाँ संकलन भएको छ।

उपकुलपतिको ‘सर्टलिस्ट’मा विवादित व्यक्ति परेकोबारे पुनर्विचार गर्न संसदीय समितिको ध्यानाकर्षण

शिक्षा समितिले त्रिविको उपकुलपति छनोटका लागि ‘सर्टलिस्ट’मा परेका विवादित व्यक्तिबारे पुनर्विचार गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र उपकुलपति सिफारिस समितिको ध्यानाकर्षण गराएको छ।

त्रिविका निमित्त उपकुलपतिलाई तत्काल हटाउन रास्वपा सांसद श्रेष्ठको माग

रास्वपा सांसद सुमना श्रेष्ठले त्रिविका निमित्त उपकुलपति प्राडा. शिवलाल भुसाललाई तत्काल पदबाट हटाउन सरकारसँग माग गरेकी छन्।

त्रिविको उपकुलपतिमा आवेदन दिनेमध्ये १४ जना अन्तर्वार्ताका लागि छनोट

सिफारिस समितिले आवेदन दिएका ४३ जनाबाट प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि १४ जनालाई छनोट गरेको छ। 

यू१९ विश्वकप : नेपाल भारतसँग पराजित

जितका लागि २९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन मात्रै बनाउन सक्यो।

सामुदायिक विद्यालय सुधार्दै गलकोट 

पानी पर्दा चुहिने र हावाहुरी चल्दा छानो उडाउने समस्या अधिकांश विद्यालयमा थियो। तर अहिले, भौतिक मात्रै होइन शैक्षिक सुधारसमेत हुँदै गएको छ। हटिया बजारदेखि गाउँ गाउँका विद्यालय पक्की बनेका छन्।

‘यथार्थ’का लागि ‘वाकाथन’

कार्यक्रममा थापाथली इन्जिनियरिङ क्याम्पसमा रहेका ७ संकायका विद्यार्थीबीच विभिन्न प्रदर्शनीका साथै प्रतिस्पर्धा हुने छ। 

काठमाडौँ महानगरले शिक्षा विभाग प्रमुखसँग माग्यो स्पष्टीकरण

काठमाडौँ महानगरपालिकाले शिक्षा विभाग प्रमुख सीताराम कोइरालासँग स्पष्टीकरण माग गरेको छ।

कृषि विश्वविद्यालयमा भर्ना हुने विद्यार्थी बढे

कृषि संकायका डिन प्राडा अर्जुनकुमार श्रेष्ठका अनुसार चालु शैक्षिक सत्रमा केन्द्रीय क्याम्पस र आंगिक गरी नौवटा क्याम्पसमा ५६० जना विद्यार्थी भर्ना भएका छन्। गत शैक्षिक सत्रमा ४२६ जना मात्रै थिए।

विद्यालय शिक्षा विधेयकः समस्या एकातिर, सांसदका १७५२ संशोधन अर्कैतिर

सांसदहरूले विधेयक संशोधनका लागि दर्ता गरेका एक हजार ७५२ मध्ये झन्डै आधा अर्थात् ७०० भन्दा बढी प्रस्ताव शिक्षाको गुणस्तर वृद्धिमा नभई शिक्षकका सेवा सुविधा विस्तार र व्यवस्थापनमै केन्द्रित छन्।

शहरी मोहले घट्दैछन् गाउँका विद्यालयमा विद्यार्थी

गाउँका विद्यालयप्रति अभिभावकको विश्वास घटेको हो त? काभ्रेको कुशेश्वर माविका प्रअ दमैसिं दोङ गुणस्तर सुधारका लागि प्रयास गरिरहेको भए पनि गाउँमा मानिस नै घट्दो भएकाले विद्यार्थी पनि कम भएको बताउँछन्।

लेटर ग्रेडिङ निर्देशिका कार्यान्वयनमा

अब उच्च शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीले एसईईमा ३५ प्रतिशत अंक ल्याउनुपर्छ। ३५ प्रतिशतभन्दा कम ल्याए ननग्रेडेड आउने वा विद्यार्थी फेल हुनेछन्।

त्रिविद्वारा शैक्षिक क्यालेन्डर सार्वजनिक, यस्तो छ परीक्षा तथा भर्ना मिति

सेमेस्टर र वार्षिक प्रणालीमा १०० दिनभित्र नतिजा निकाल्ने गरी तयारी गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए।

रित्तिँदै गाउँका विद्यालय, समायोजन गर्दै नगरपालिका

गाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिँदै गएका छन्।