AnonymousUser

Logout

राहदानी समस्या ‘संक्रमणकालीन चरण’मा, फागुन ११ बाट पूर्ण सेवा सञ्चालन हुने परराष्ट्रको भनाइ

मन्त्रालयले आगामी फागुन ११ गतेदेखि राहदानी सेवा पूर्ण रूपमा सञ्चालन हुने भन्दै हालको संक्रमणकालीन अवस्थामा अत्यावश्यक भए मात्र आवेदन दिन आग्रह गरेको छ।

३ वर्षमा सम्पन्न हुनुपर्ने कञ्चनपुरका दुई पुल ९ वर्षपछि बल्ल अन्तिम चरणमा

ओदाल खोलाको पुलको लम्बाइ ४० मिटर र मुसेपानी खोलाको पुलको लम्बाइ १६० मिटर रहेको छ। दुवै पुल आधुनिक प्री–स्ट्रेस्ड प्रविधिमा निर्माण गरिएका छन्।

तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुन प्रतितोला २ लाख ३७ हजार ८०० र त्यति नै परिमाणको चाँदी ३ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ।

महेन्द्रले बसाएको शहर महेन्द्रनगर (तस्वीरहरू)

पहिले बेलौरीमा रहेको कञ्चनपुर जिल्ला सदरमुकाम पनि महेन्द्रनगरमा प्रशासकीय भवन निर्माण गरेर त्यहाँ सारिएको थियो।

म्याग्दीको तीनचुलेमा बढे पर्यटक

समुद्र सतहदेखि दुई हजार ९३२ मिटर उचाइमा अवस्थित तीनचुले पुग्ने सडक, पदमार्ग, खानेपानी र आश्रयस्थलको व्यवस्था भएपछि दृश्यावलोकन गर्न आउनेको चहलपहल बढेको छ।

एक्सक्लुसिभ

देवी भट्टचन–अशोक शेरचनले अपचलन गरेको ४८ लाख डलर

देवी भट्टचनको कम्पनी ‘प्रभु यूएस’ले तिर्नुपर्ने ४८ लाख डलर अमेरिकाबाट नपठाउँदा उनै पूर्वअध्यक्ष रहेको प्रभु बैंक मारमा छ। भट्टचन र बैंकका सीईओ शेरचनको मिलेमतोमा भइरहेको यो बेथितिमा राष्ट्रबैंक माैन छ।

विद्यालय व्यवस्थापन अध्यक्षले प्रधानाध्यापकलाई गरे कुटपिट

शिक्षक महासंघ सिन्धुपाल्चोक इन्द्रावती पालिका कार्यसमितिले व्यवस्थापन समितिको बैठकमा अध्यक्षले प्रधानाध्यापकलाई कुटपिट गरेको जनाएको छ।

धरौटी अद्यावधिक गर्न वैदेशिक रोजगार विभागको सूचना

विभागले गत भदौ २४ गतेको आगजनीमा जलेर नष्ट भएका धरौटी तथा बैंक ग्यारेन्टी रकमको अभिलेख अद्यावधिक गर्न आवश्यक प्रमाण उपलब्ध गराउन भनेको छ।

बिहार विधानसभा निर्वाचनसँग के छन् नेपालको सरोकारका विषय?

सीमा सम्बन्ध मात्र नभएर सामाजिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सरोकार पनि बिहारसँग गहिरो रूपमा जोडिने भएकोले त्यहाँको चुनाव र राजनीतिक परिवर्तनले नेपालका लागि अर्थ राख्दै आएको विश्लेषक बताउँछन्।

देशभर बढे आगलागीका घटना

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १७ देखि १८ गते बिहानसम्म देशभर नौ वटा आगलागीका घटना भएका छन्।

मुस्ताङको ‘छुआमा’ हिमालको पहिलो सफल आरोहण

माथिल्लो मुस्ताङस्थित ६ हजार २१३ मिटर उचाइको 'छुआमा' हिमालको पहिलो सफल आरोहण भएको छ।

कांग्रेस केन्द्रीय समिति बैठकमा महाधिवेशनका लागि २ फरक प्रस्ताव पेश

कांग्रेस केन्द्रीय समिति बैठकमा महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशनका लागि दुई फरक प्रस्ताव पेश गरेका छन्।

प्रहरीको केन्द्रीय प्रवक्तामा डीआईजी काफ्ले

प्रहरी प्रधान कार्यालयले डीआईजी अबि नारायण काफ्लेलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोकेको छ।

मलेसियाको १० बुँदे मापदण्डबारे कूटनीतिक समाधानका लागि पत्राचार

मलेसियाले वैदेशिक रोजगारका सन्दर्भमा म्यानपावर कम्पनीलाई निर्धारण गरेको १० बुँदे मापदण्ड लागू गर्न नसकिने जनाउँदै नेपाल सरकारले कूटनीतिक माध्यमबाट समस्या समाधानका लागि पत्राचार गरेको छ।

हितेन्द्रदेव शाक्यको मुद्दामा कारण देखाऊ आदेश

अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा कात्तिक २१ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ।

कांग्रेस विशेष महाधिवेशन पक्षधरको छुट्टै भेला

भेलामा कांग्रेसका नेता गुरुराज घिमिरे, लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, पूर्वसांसद जगदीशनरसिंह केसीलगायतका नेताहरूले तत्काल विशेष महाधिवेशन आह्वान गर्न माग गरे।

सरसफाइ नभएको भन्दै ओम अस्पतालको क्यान्टिन ७ दिन बन्द

काठमाडौँ महानगर र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग टोलीले गरेको अनुगमनका क्रममा सरसफाइमा लापरबाही गरेको पाइएपछि ओम अस्पतालको क्यान्टिन सात दिनका लागि बन्द गरिएको छ।

रोल्वालिङ हिमपहिरो: ५ घाइतेको उद्धार, ७ बेपत्ता

दोलखाको रोल्वालिङ क्षेत्रमा गएको हिमपहिरोमा परी घाइते भएको पाँच जनाको उद्धार गरिएको छ भने अन्य सात जना बेपत्ता भएका छन्।

पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

पोखरा जोड्ने मुख्य सडकमा खाल्डाखुल्डीका कारण यात्रु र चालकलाई सास्ती भएको छ। यसले दुर्घटनाको जोखिमसमेत बढाएको छ।

लम्सुवाघाट पक्की  पुल १५ वर्षदेखि अलपत्र

अरुण नदीको लम्सुवाघाटमा निर्माण भइरहेको पक्की पुल १५ वर्षदेखि अलपत्र परेको छ। पुल बन्ने आशमा रहेका स्थानीय निराश छन्।