AnonymousUser

Logout

हिमपातपछि बेँसी झारियो मुस्ताङका याकचौँरी

उच्च लेक क्षेत्रमा घाँसे चरनक्षेत्र हिउँले ढाकिएका छन्। पानीका मुहानसमेत हिउँले जमेपछि याकचौँरीलाई हिमपात र चिसोबाट जोगाउन बेँसी झारिएको छ।

वर्षाले देशभर कृषि र पशुपन्छी क्षेत्रमा साढे ३ अर्बको क्षति

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गत असोजको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा तीन अर्ब ५५ करोड रुपैयाँ बराबरको क्षति भएको जनाएको छ।

त्रिभुवन विमानस्थलको ‘लाइटिङ’ प्रणालीमा समस्या आउँदा हवाई उडान प्रभावित

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयरफिल्ड लाइटिङ प्रणाली’मा समस्या आउँदा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान र अवतरण प्रभावित भएको छ।

मधेशका मुख्यमन्त्री सोनलले गरे राजीनामाको घोषणा

विश्वासको मत लिने प्रयोजनका लागि शनिबार बसेको मधेश प्रदेशसभाको बैठकमा मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामाको घोषणा गरेका हुन्।

नेपाल ट्रस्टको जग्गा लिज प्रकरण : पूर्वसहसचिव कार्की पक्राउ

नेपाल ट्रस्टको जग्गा हिनामिनासम्बन्धी ठगी र आपराधिक विश्वासघातको कसुरमाथिको अनुसन्धानका क्रममा सीआईबीले ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ।

बागलुङमा पिकअप दुर्घटना हुँदा १ जनाको मृत्यु, २ घाइते

बागलुङको ढोरपाटनमा पिकअप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

लमजुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

जिपमा सवार ताप्लेजुङ सिदिङ्वा गाउँपालिका–४ का २० वर्षीय उमेश लिम्बू भने सकुशल छन्।

प्रभु बैंक मुख्यालयमा सीआईबीको छापा, सीईओ शेरचन भागे

सीआईबीले शुक्रबार दिउँसो साढे २ बजेदेखि राति साढे १० बजेसम्म बैंकको केन्द्रीय कार्यालय अनामनगरमा छापा मरेर दुई दर्जनभन्दा बढी संवेदनशील फाइल नियन्त्रणमा लिएको छ।

कांग्रेस नेता अफताव आलमको निधन

आलमलाई दशैँअघिदेखि अस्पतालमा राखिएको थियो। एक सातायता स्वास्थ्यमा थप समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक घाइते

वेदकोट नगरपालिका–८, आमथलास्थित भित्री सडकखण्डमा शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

हितेन्द्रदेव शाक्यको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार

सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हितेन्द्रदेव शाक्यलाई हटाउने निर्णयविरुद्ध दायर भएको रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

मतदाता नामावलीमा नाम टिपाइ ‘विवेकको मत’ प्रयोग गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री कार्कीले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागरिकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने बताइन्।

सभामुखहरूको बैठक: प्रदेश कानूनका व्यवस्था केन्द्र सरकारले हटाउन नहुने निष्कर्ष

संघीय संसद् (प्रतिनिधिसभा)सहित प्रदेशसभाका सभामुखहरूको बैठकले संघीय सरकारको निर्णयले विधिको शासनमा चुनौती थपिएको निष्कर्ष निकालेको छ।

लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु

लमजुङमा जिपको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ।

हिमपातले मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध, साङ्तामा सञ्चार र विद्युत् पनि ठप्प

सडक अवरोधका कारण जोमसोमदेखि छुकसम्वसम्म मालवाहक सवारीसाधन चलाउन सकिएको छैन। जनप्रतिनिधिले मुस्ताङ-डोल्पा सडकको हिउँ पन्छाएर सडक सञ्चालन गर्न सडक डिभिजन कार्यालय बागलुङसमक्ष माग गरेका छन्।

फिनल्यान्डका एनआरएन अभियन्ता दम्पतीलाई मानव तस्करी र ठगीमा ५ करोड जरिबाना

पीडित दोलखाकी तारा थापा र गुल्मीका दील खरेलले फिनल्यान्डको जिल्ला तथा उच्च अदालतको फैसलाबाट झन्डै ५ करोड रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन्।

स्थानीयले बन्द गरे काठमाडौँ आउने मेलम्चीको पानी

तत्कालीन खानेपानीमन्त्री प्रदीप यादवसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै स्थानीयले मुहान बन्द गरेका हुन्।

अन्तर्राष्ट्रिय पर्यवेक्षक टोलीसँगको भेटमा स्वच्छ र निष्पक्ष निर्वाचन गराउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रधानमन्त्री सुशीला कार्कीले द एशियन नेटवर्क फर फ्रि इलेक्सन्सका प्रतिनिधिसँगको भेटमा अप्रिय घटनाबिना, शान्ति र सुरक्षासाथ निर्वाचन सम्पन्न गर्न सरकार प्रयासरत रहेको बताएकी छन्।

काठमाडौँ महानगर प्रमुख शाहविरुद्ध साइबर ब्युरोमा उजुरी

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहविरुद्ध राष्ट्रिय युवा संघले साइबर ब्युरोमा उजुरी दर्ता गरेको छ।

रवि र छविको मुद्दामा मिसिल मगाउने उच्च अदालतको आदेश

बिगो बुझाएर थुनामुक्त हुन पाऊँ भन्दै रवि लामिछाने र छविलाल जोशीले दिएको निवेदनमा उच्च अदालतले मिसिल मगाउने आदेश दिएको छ।