हात्तीको बारम्बारको जंगल प्रवेश र राजमार्गमा निस्कने क्रमका कारण पथलैया–निजगढ सडकखण्डमा दिनभर यातायात प्रभावित भएको छ।
दार्चुलामा सोमबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ।
भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गरी रातभर होल्ड हुनुपर्दा यात्रु र चालक दलको व्यवस्थापन र उडानअघिको इन्जिनियरिङ सुविधाको सुनिश्चितता नभएकाले विदेशी विमानहरू यहाँ आउन नचाहेको जानकारहरू बताउँछन्।
मधेश प्रदेशसभा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ प्रदेश सांसदको हस्ताक्षरसहित अदालतमा रिट दायर गर्ने तयारीमा रहेको बताएका छन्।
झापा प्रहरीले जेनजी आन्दोलनका क्रममा भएका तोडफोड र आगजनीमा संलग्न रहेको आरोपमा दमकबाट चार र बिर्तामोडबाट ६ गरी दश जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
राष्ट्रिय राजमार्ग बनाउँदा सुरक्षामा ध्यान पुर्याइएको छैन, बनाइसकिएपछि नियमित मर्मत हुँदैन। ग्रामीण सडक डोजर चालकले जता चलायो उतै खनिएको छ। सडकको गुणस्तरभन्दा लम्बाइमा ध्यान दिँदाको परिणाम के भयो?
महाकाली करिडोर निर्माण भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सिर्जना हुनेमा यहाँका व्यवसायी आशावादी छन्।
संघीय र प्रदेश सरकारको समपूरक ५०/५० प्रतिशत लागत साझेदारी रहने यस योजनाको ठेक्का अवधि २७ महिनाको रहेको छ।
दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ।
पहिलो संविधानसभा सदस्यसहितको टोलीले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर निर्वाचन कानूनमा ५० प्रतिशत महिला उम्मेदवार सुनिश्चित गर्नुपर्ने माग गरेको छ।
प्रहरीले जेनजी आन्दोलनका क्रममा प्रहरी प्रभाग कपनमा लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
कात्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय पर्यटकको मनाङस्थित मिलेरेपा गुम्बाभन्दा १०० मिटरमाथि हिउँले पुरिएको अवस्थामा शव फेला पारेको हो।
सीआईबीका अनुसार, नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका निरञ्जनकुमार खरेलको भूमिका ठगीबाट संकलन गरिएको नगद तथा चेकमार्फत प्राप्त रकम जम्मा गर्ने र ओसारपसार गर्ने थियो।
बढ्दो तापक्रम, घट्दो हिमपात र बेमौसमी वर्षाजस्ता जलवायु संकटले गर्दा वृष्टिछाया क्षेत्र मुस्ताङको संवेदनशील भूगोल, रैथाने कृषि, पशुपालन र सांस्कृतिक सभ्यतामाथि नै चुनौती थपिएको छ।
कञ्चनपुरको महाकाली नदीमा निर्माणाधीन पुल अलपत्र परेसँगै सुदूरपश्चिमको प्रमुख आर्थिक नाकाका रूपमा विकास गरी महाकाली करिडोरसँग जोडेर व्यापारिक नाका विस्तार गर्ने योजना प्रभावित बनेको छ।
वातावरण र जनस्वास्थ्यमा पर्ने प्रतिकूल असर घटाउने उद्देश्यले कामपाको वातावरण विभागले महानगर क्षेत्रभित्र फोहोर र प्लास्टिकजन्य वस्तु बाल्न प्रतिबन्ध लगाएको जनाएको छ।
काठमाडौँ महानगरपालिका–१२, टेकुको ह्युमतबाट लागुऔषधसहित पक्राउ परेका व्यक्तिको घरबाट प्रहरीले दुई वटा रिभल्वर बरामद गरेको छ।
गम्भीर घाइते एक जनालाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ। दुई जनाको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ।
जनकपुरबाट काठमाडौँतर्फ गइरहेको यात्रुवाहक बसले ठक्कर दिँदा रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको छ।
महाकाली करिडोर निर्माण भएपछि चीन र भारतसँग व्यापारको ढोका खुल्ने र रोजगारीका थुप्रै अवसर सृजना हुनेमा स्थानीय आशावादी छन्।