महाशाखाका अनुसार आज राति कोशी प्रदेशको तराई भूभाग र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
मनसुनी वायुको प्रभावका कारण सोमबार राति पनि देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ।
कालीकोटको सान्नीत्रिवेणीमा सोमबार दिउँसो पहिरो जाँदा घट्टमा पिठो पिस्न गएका दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।
कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दाङका कुमाल समुदायले परम्परागत भाँडाकुँडाको सट्टा आधुनिक माटाका कप र प्लेट उत्पादनलाई प्राथमिकता दिन थालेका छन्।
मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा देखिएका असमझदारी हल गर्न प्रदेशसभाले सात सदस्यीय सर्वदलीय कार्यदल गठन गरेको छ।
पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्न सक्ने सम्भावना भएका क्षेत्रमा आज र भोलि सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।
धानको बीउ तयार छ तर खेत पूरै सुक्खा छ। खेतमा सिँचाइको सुविधा नहुँदा चन्द्रपुर नगरपालिका–२ सखुवानीका बम्जनसहित सयौँ किसान आकासे पानीको पर्खाइमा छन्।
बागलुङको फल्लेघरमा खसेको पहिरोका कारण ढोरपाटन सिकार आरक्ष घुम्न जाने र फर्किने पर्यटकहरू शनिबार बिहानैदेखि अलपत्र परेका छन्।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि वीर अस्पतालमा उपचारका क्रममा निधन भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनाबारे संसद्मा निष्पक्ष छानबिन र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ।
मधेश प्रदेशका साथै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान छ।
राष्ट्रियसभाको बैठकले बहुमतबाट ‘आर्थिक विधेयक, २०८३’ पारित गरेसँगै अब उक्त विधेयक पुनः प्रतिनिधिसभामा फिर्ता जाने भएको छ।
मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी दुवै भूभागतर्फ सरदर स्थानकै आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रहरीको आँकडाअनुसार सवारी दुर्घटनामा मृत्यु हुनेमा महिला भन्दा पुरुषको संख्या करिब चार गुणा बढी हुनु हाम्रो सामाजिक संरचनासँगै पुरुष र महिलाले सडकमा देखाउने शैली र व्यवहार दर्साउने तस्वीर पनि हो।
देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सांसदहरूले दुग्ध किसानले लामो समयदेखि दूधको भुक्तानी नपाएको समस्यादेखि कर्णाली राजमार्गको दुर्घटना न्यूनीकरण र सुस्तावासीको भूमिको रक्षासम्मका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली छ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले वर्षायाम शुरू भएसँगै डेंगु संक्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।