AnonymousUser

Logout

वर्षौंदेखि अलपत्र पारिएका कर्णाली राजमार्गका १६ रुग्ण ठेक्का तोडिए

सडक डिभिजन कार्यालय जुम्लाले सम्झौताअनुसार समयमा काम नगरी आयोजना अलपत्र पारेका कर्णाली राजमार्गअन्तर्गत कालिकोट, जुम्ला र मुगुका १६ वटा रुग्ण ठेक्का एकसाथ रद्द गरी निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया शुरू गरेको छ।

गठनको ६ वर्षपछि तयार भयो राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकको मस्यौदा

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन भएको ६ वर्षपछि स्थापना तथा व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयार भई स्वीकृतिका लागि कानून मन्त्रालय पठाउने तयारी गरिएको छ।

पूर्वदेखि पश्चिमतर्फ मनसुन विस्तार हुँदै, कोशीमा भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही क्षेत्र तथा लुम्बिनी प्रदेशको पूर्वी भागका थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ।

बसाइँसराइले गाउँ रित्तिँदै, किसानलाई गोरुको सट्टा अनुदानमा कृषि औजार

बसाइँसराइ र श्रम अभावका कारण परम्परागत खेती प्रणाली संकटमा परेपछि मुसिकोट नगरपालिकाले किसानलाई ७५ प्रतिशत अनुदानमा आधुनिक कृषि औजार वितरण गरेको छ।

बोरिङको भरमा रोपिएको धान सुक्न थालेपछि किसान चिन्तामा

असार मध्य भइसक्दा पनि पर्याप्त वर्षा नहुँदा कैलालीमा भूमिगत पानीको सतह घट्न गई बोरिङबाट रोपिएका धानका बिरुवा खेतमै सुक्न थालेका छन्।

उकालोकर्मी सागर बुढाथोकी ‘रोटरी जर्नो अवार्ड २०२६’ बाट पुरस्कृत

रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ ले यस वर्षको 'रोटरी जर्नो अवार्ड २०२६' अन्तर्गत मातृ तथा बाल स्वास्थ्य विधाको पुरस्कार उकालोकर्मी सागर बुढाथोकीलाई प्रदान गरेको छ।

उपत्यकामा बर्डफ्लु संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

पशुसेवा विभागले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु संक्रमण फैलन नदिन प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाएको छ।

मनसुनको प्रभाव पूर्वी नेपालमा, तराईमा तातो लहर कायमै

देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ।

सरकारी आश्वासनपछि चिया उद्योग खुले

चिया उत्पादक संघले बन्द रहेका चिया उद्योग पुनः सञ्चालन गर्ने तथा बन्दका कार्यक्रम स्थगन गर्ने निर्णय गरेको छ।

महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह

कञ्चनपुर प्रशासनले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना भएको भन्दै नदी किनार तटीय क्षेत्रका बासिन्दालाई पूर्वसतर्कता अपनाउन आग्रह गरेको छ।

देशलाई गौरवको आयोजना, आदिवासीलाई थातथलोबाटै लखेटिने भय

राष्ट्रिय गौरवको आयोजना, तनहुँ जलविद्युत् आयोजनाले ऊर्जा उत्पादनको लक्ष्य पछ्याइरहँदा प्रभावित आदिवासी समुदाय भने भूमि, संस्कृति र थातथलो गुम्ने त्रासमा छन्।

चक्रपथमा स्मार्ट बत्ती जडान गर्दै ललितपुर महानगर

ललितपुर महानगरपालिकाले चक्रपथ खण्डको सौन्दर्य बढाउन र सवारी दुर्घटना न्यूनीकरण गर्न १३ करोडको लगानीमा स्मार्ट स्ट्रिट लाइट जडान कार्यलाई तीव्र पारेको छ।

प्रभु बैंक घोटाला: सीईओ शेरचनसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर

प्रभु बैंक प्रकरणमा सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा विशेष सरकारी वकिल कार्यालयले बैंकका सीईओ अशोक शेरचन, उच्च पदाधिकारी र विवादित व्यवसायीविरुद्ध साढे १ अर्ब रुपैयाँभन्दा बढीको मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ।

रासायनिक मलको अभाव र चर्को मूल्यपछि पाल्पाका किसान ढैँचाखेतीतर्फ आकर्षित

समयमै रासायनिक मल नपाउने र माटोको उर्वराशक्ति घट्दै जाने समस्या बढेपछि पाल्पाका माडी फाँट क्षेत्रका किसानहरूले हरियो मल (ढैँचा) को प्रयोगलाई तीव्रता दिएका छन्।

जलन उपचारका लागि १८ अस्पतालमा थपियो छुट्टै वार्ड

जलन (बर्न)को उपचारलाई सहज र सर्वसुलभ बनाउन देशका १८ वटा संघीय तथा प्रादेशिक अस्पतालहरूमा विशेष बर्न युनिट र वार्डको व्यवस्था गरिएको छ।

राहदानी विभागका महानिर्देशकसहित १६ जना र २ विदेशी कम्पनीविरुद्ध साढे १० अर्बको भ्रष्टाचार मुद्दा

अख्तियारले राहदानी छपाइको ठेक्का प्रक्रियामा १० अर्ब १३ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको दाबी गर्दै विभागका तत्कालीन महानिर्देशकसहित १६ जना र दुई जर्मन कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

एफएटीएफको ‘ग्रे लिस्ट’मा नेपाल अझै कायमै, थप सुधार आवश्यक

सम्पत्ति शुद्धीकरणसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न नेपालले चालेका कदम अपर्याप्त देखिएपछि निगरानी निकाय एफएटीएफले रणनीतिक सुधार र स्पष्ट कार्ययोजनाको सर्तसहित नेपाललाई 'ग्रे लिस्ट'मा नै निरन्तरता दिएको छ।

मनसुन थप चार प्रदेशमा विस्तार: पूर्वी र मध्य नेपालमा वर्षा शुरू

नेपालमा औसत समयभन्दा छ दिन ढिलो गरी भित्रिएको यस वर्षको मनसुनी प्रणाली कोशी हुँदै मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म विस्तार भएको छ।

व्यापारिक नाका जोड्ने स्याफ्रुबेँसी-रसुवागढी सडक स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक खण्डको स्तरोन्नति कार्यले निकुञ्ज क्षेत्रको रूख कटानसम्बन्धी केही कानूनी चुनौतीका बाबजुद तीव्र गति लिएको छ।

वन्यजन्तु पीडित किसानलाई राहत दिने गुल्मीदरबारको नीति

गुल्मीको गुल्मीदरबार गाउँपालिकाले वन्यजन्तुको संख्या वृद्धि भएसँगै बालीनालीमा हुने क्षतिबाट पीडित भएका किसानहरूलाई राहत दिने विशेष नीति अघि सारेको छ।