AnonymousUser

Logout

हिमाली संस्कृतिको अनुपम गन्तव्य ‘ल्हाेमन्थाङ’

ल्होमन्थाङलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्नका लागि सम्भावित सूचीमा राखिसकिएको छ।

१२ कम्पनी सार्वजनिक खरिद अनुगमनको कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले डडेलधुराको राष्ट्र निर्माण सेवालाई तीन तथा अन्य ११ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ। 

धनकुटा महोत्सव: ठेलमठेलमा घाइते भएका १८ जनाको उपचार हुँदै, २ को अवस्था गम्भीर

सामान्य घाइते १२ जना जिल्ला अस्पतालमा उपचारपछि आइतबार बिहान घर फर्किएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। 

सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना

तराईका केही स्थानमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

यतीको जहाज दुर्घटनामा बेपत्ता यात्रुको खोजी जारी छ: नेपाली सेना

दुर्घटनास्थलको कठिन भौगोलिक अवस्था तथा जलेको शव टुक्रिएर छरिएकाले फेला पार्न नसकिएको नेपाली सेनाले जनाएको छ।

वडाबाटै राष्ट्रिय परिचयपत्र विवरण संकलन गर्दै काठमाडौँ महानगर

पहिलो चरणमा २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ नम्बर वडाबाट विवरण संकलन गर्ने काठमाडौँ महानगरको योजना छ।

पश्चिमी वायुको प्रभाव, तराईमा बाक्लो हुस्सु र कुहिरो

शनिबार दिउँसो प्रदेश १ मा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। 

प्रेमप्रसादकी श्रीमती नानुकाले दिइन् भाट्भटेनीसहित १२ संस्थाविरुद्ध किटानी जाहेरी

प्रेमप्रसाद आचार्यले मृत्युअघि फेसबुकमा उल्लेख गरेका भाट्भटेनीसहित १२ संस्थाहरूविरुद्ध किटानी जाहेरी परेको छ।

कोषको ‘लामो हात’ले रमिता बनेको लुम्बिनी

लुम्बिनी विकास कोषले विश्व सम्पदाक्षेत्र लुम्बिनीमा आफ्नै गुरुयोजना विपरीत संरचना मात्र बनाइरहेको छैन, गुरुयोजना अनुरूप निर्माण भएका काममा समेत दोहोर्‍याएर खर्च गरिरहेको छ।

बाजुरामा भूकम्पबाट ४२ परिवार विस्थापित, ४ सय घरमा क्षति

बाजुरामा मंगलबार दिउँसो गएको भूकम्पले सबैभन्दा बढी बडीमालिका नगरपालिकामा क्षति पुगेको प्रहरीले जनाएको छ। 

सूचना नदिने प्रमुख प्रशासकीय अधिकृतलाई १५ हजार जरिबाना

सिरहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादवलाई राष्ट्रिय सूचना आयोगले १५ हजार रुपैयाँ जरिबाना गरेको छ।

सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन

पूर्वसचिव शरदचन्द्र पौडेल संयोजक रहेको कार्यदलले सवारी प्रदूषण, सवारी सुरक्षा तथा दुर्घटना न्यूनीकरणसम्बन्धी अध्ययन गरेर प्रतिवेदन पेस गर्ने छ।

जलवाष्पयुक्त वायुको प्रभाव, तराईका थोरै स्थानमा हुस्सु र कुहिरो 

शुक्रबार राति प्रदेश १ मा आंशिक बदली रही बाँकी भागको मौसम सामान्यतया सफा रहनेछ।

काठमाडौँ महानगरले तीन महिनामा हटायो नौ हजार होर्डिङ बोर्ड

महानगरलाई सुन्दर बनाइराख्ने लक्ष्यका साथ अनधिकृत बोर्ड हटाउन कामपाले दैनिक रूपमा नगर प्रहरीसहित चार टोली खटाएको छ।

प्रेमप्रसाद आचार्यले उठाएका विषय छानबिन गर्न ६ सदस्यीय समिति गठन

प्रेमप्रसाद आचार्यले उठाएका विषयमा अध्ययन गर्न गृह मन्त्रालयका सह-सचिव नारायणप्रसाद रिसालको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ।

सेवाग्राहीको भीड घटाउन कार्ययोजना बनाउँदै राहदानी विभाग

विभागको सफ्टवेयरमा आउने समस्यादेखि अन्य विविध कारणले घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता अझै कायमै रहेको सेवाग्राहीको गुनासो छ।

१२ पटक म्याद थप्दा पनि सम्पन्न भएन खानेपानी आयोजना, खोजिँदै नयाँ ठेकेदार

बनेपा, धुलिखेल र पनौती नगरका करिब ९३ हजार नागरिकलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने उद्देश्यले करिब १२ वर्षअघि काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको प्रक्रिया शुरू गरिएको थियो।

६ महिनामा ४५ सञ्चारमाध्यम काउन्सिलको कारबाहीमा

दर्ता नभई सञ्चालनमा रहेका १६ वटा वेब पोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन प्रेस काउन्सिलले दूरसञ्चार प्राधिकरणमा पत्राचार गरेको  छ।

तराईमा बिहानैदेखि हुस्सु र कुहिरो, अन्य स्थानको मौसम सफा रहने 

दिनभर वर्षा र हिमपातको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

एउटा पार्टीको ‘राजनीति’ले गिजोलिएको परियोजना र बिथोलिएको विकास

नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको शंखरापुर–३ स्थित लप्सीफेदीमा निर्माण गर्न लागेको सब–स्टेसनको विरोधमा भइरहेको आन्दोलनमा सत्तारुढ राप्रपाको दोहोरो भूमिकाले काम गरेको छ।