AnonymousUser

Logout

इथियोपिया लैजाँदै गरिएका १२ नेपाली महिलालाई भारतको जयपुर विमानस्थलबाट फर्काइयो

उनीहरूलाई नेपालबाट भारत पुर्‍याउन जोगबनी, काँकडभिट्टा, जमुनाहा, सुनौली लगायतका नाका प्रयोग गरिएको ब्युरोका प्रवक्ता प्रहरी निरीक्षक दानबहादुर मल्लले बताए।

वन्यजन्तुको चोरीसिकारीमा प्रदेशका दुई सांसदकै संलग्नता पुष्टि, ४९ जना दोषी ठहर

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयले दुई सांसद र पूर्वगाउँपालिका अध्यक्षसहित ४९ जनालाई वन्यजन्तुको चोरीसिकारीमा दोषी ठहर गरेको छ। चोरीसिकारीमा एक सांसदको बन्दुक र अर्का सांसदको घर प्रयोग भएको थियो।

घनश्याम भुसाल चढेको गाडी बानेश्वरमा दुर्घटना

घनश्याम भुसाल चढेको गाडी सडक छेउको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको हो। उनलाई निजामती कर्मचारी अस्पतालमा भर्ना गरिएको छ।

सर्वोच्चले माग्यो सन्दीपलाई धरौटीमा छाड्नुको कारणसहितको कैफियत प्रतिवेदन

न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासले सन्दीपलाई धरौटीमा छाड्नुको कारणसहितको कैफियत प्रतिवेदन माग गरेको छ।

सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै

सन्दीप लामिछानेविरुद्धको मुद्दा सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा परेको छ। 

झापामा ट्रक दुर्घटना, २ जनाको मृत्यु

झापाको शिवसताक्षी–१ धरमपुरमा दुईवटा ट्रक एकापसमा ठोक्किँदा ना३ख ८३११ नम्बरको ट्रकका चालक मदन चौधरी र सहयोगीको मृत्यु भएको प्रहरीले जनाएको छ। 

पर्सा, रौतहट र बाराका ४५६ परिवारलाई पक्की घर  

जनता आवास कार्यक्रमअन्तर्गत दुई हजार ८२ वटा घर निर्माणको अन्तिम चरणमा पुगेको शहरी विकास तथा भवन कार्यालय पर्साले जनाएको छ। 

प्रदेश १ र गण्डकीमा आंशिक बदली, तराईमा बिहानैदेखि हुस्सु

तराईमा बिहानीपख हुस्सु र कुहिरोले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा  प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।

सूचना लुकाउने प्रयत्नले उब्जाएको प्रश्न– कसको स्वार्थमा काम गरिरहेछन् मुख्यसचिव?

सार्वजनिक सेवा चुस्त, दुरुस्त र पारदर्शी बनाउनुपर्ने जिम्मेवारीमा रहेका मुख्यसचिव शंकरदास बैरागी सीमित स्वार्थ समूहबाट चलिरहेको उदाहरण हो, सूचना वर्गीकरण गरेर नागरिक अधिकार कुण्ठित गर्ने प्रयास।

नगरप्रहरी प्रमुख पाण्डेले शारीरिक हिंसा नगरेको छानबिन समितिको ठहर

छानबिन समितिले काठमाडौँ महानगरपालिकाका नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेले महिला प्रहरीमाथि शारीरिक हिंसा नगरेको ठहर गरेको छ।

‘बालेनविरुद्ध’ सुमन सायमिको आन्दोलन : ‘महानगर पीडित’लाई भर कि चर्चाको भोक!

काठमाडौँ महानगरको कार्यशैलीप्रति असन्तुष्ट स्थानीयको नेतृत्व गर्दै आन्दोलनमा उत्रिएका सुमन सायमि चर्चा मात्र बटुल्न खोज्दैछन् वा ‘पीडित’लाई भर दिएका हुन् भन्नेमा अभियन्ताहरू नै स्पष्ट छैनन्।

अरू सबैमा ठीकठाक छ पोखरा, तर उपचार र उच्च शिक्षामा काठमाडौँकै भर

सरसफाइ, रोजगारी, आर्थिक गतिविधि, विद्यालय शिक्षा र अन्य दैनन्दिनको जीवनमा पोखरेलीलाई असहज छैन। समृद्ध शहर भएर पनि जटिल रोगको उपचार र उच्च शिक्षाका लागि पोखराबासीलाई काठमाडौँकै भर गर्नुपर्ने बाध्यता छ।

त्रिभुवन विमानस्थलबाट ९ किलो सुनसहित क्यानडेली नागरिक पक्राउ

क्यानडेली नागरिकले कम्मरमा फल्स बटन बनाएर आठवटा बिस्कुट र एउटा डल्लो आकारको सुन ल्याएका हुन्। 

भद्रपुर–सलकपुर सडक : डेढ वर्षमा ३ किलोमिटर मात्रै कालोपत्र

भद्रपुर–सलकपुर सडक कालोपत्र दुई वर्षभित्र सक्ने गरी कनकाई मोती जेभी काठमाडौँले २०७८ भदौमा ठेक्का सम्झौता गरेको हो।

तराईमा हल्का हुस्सु, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली हुने

राति प्रदेश १, बागमती र गण्डकी बाहेकका स्थानको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

टुकुचा उत्खनन् कानूनविपरीत रहेको उच्च अदालतको ठहर

टुकुचा उत्खननका विषयमा परेको रिटमा उच्च अदालत पाटनले जग्गाधनीका पक्षमा फैसला दिएको छ। योसँगै काठमाडौँ महानगरले टुकुचा खोज्न डोजर चलाउन नपाउने भएको छ।

अपांगता भएका डिल्लीबहादुर भन्छन्- झुक्याएर ट्रकमा राखे, जबर्जस्ती लिएर गए

फुटपाथमा व्यवसाय गरेर जीवन धानिरहेका डिल्लीबहादुर कार्कीलाई व्हिलचेयरसहित जबर्जस्ती उठाएर महानगर प्रहरीले टेकु पुर्‍याइ चार घन्टा राखेको घटना काठमाडौँ महानगरपालिकाको पछिल्लो विवादास्पद कदम हो।

मालपोत र नापीका कर्मचारीको मूल्यांकनमा सेवाप्रवाह पनि जोडिने

अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा ‘हेलो सरकार’मा परेका उजुरी को सङ्ख्या र सेवाग्राहीका गुनासा फर्छ्योटका आधारमा नापी र मालपोतलाई चार श्रेणीमा विभाजन गरी कार्यसम्पादन मूल्यांकन गर्ने नीति लिइएको छ।

मध्यमाघसम्म हिउँ न वर्षा, हिमाली जनजीवन प्रभावित

मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने कृषि ज्ञान केन्द्र मुस्ताङका निमित्त प्रमुख प्रकाश बस्ताकोटीले बताएका छन्।

प्रदेश १, बागमती र गण्डकीमा हिमपातको सम्भावना

हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।