बर्दिबास अस्पतालले एकपछि अर्को गर्दै २६ वटा सेवालाई नियमित गरेपछि गुणस्तरीय उपचार सेवा पाउने आश बढेको छ।
कर्णाली प्रदेश सरकारले दलित समुदायका लागि विनियोजन गरेको बजेट हरेक आर्थिक वर्षमा न्यून कार्यान्वयन हुने गरेको छ।
सत्ता साझेदार दलमध्ये सबैभन्दा ठूलो एमालेले आठ मन्त्रालय पाउँदा पाँच जना खसआर्य छन्। फरक तरिकाको राजनीति गर्ने भन्दै संसद्मा पुगेको स्वतन्त्र पार्टीका सबै चार मन्त्री खसआर्य समुदायकै छन्।
प्रहरीले गोङ्गबुस्थित दुईवटा होटलबाट सात सय ३१ थान राहदानीसहित ३ जनालाई पक्राउ गरेको छ।
प्रधानमन्त्री दाहालले महाराजगन्जस्थित टिचिङ अस्पताल पुगी विमान दुर्घटनामा ज्यान गुमाएका यात्रुका परिवारसँग भेट गरी आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन्।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण बिहीबार र शुक्रबार सुदूरपश्चिम तथा कर्णाली प्रदेशमा मौसम बदली भएर सामान्य वर्षा तथा हिमपातको सम्भावना छ।
डा. सन्दुक रुइतले आफ्नो सीमा र प्राथमिकता राम्ररी बुझेको भन्दै राष्ट्रपति पदमा रुचि नभएको बताएका छन्।
युरोपेली प्रतिबन्ध फुकुवा गर्ने प्रयास अन्तिम चरणमा पुगेको बेला यती एअरलाइन्सको विमान दुर्घटनाले नेपालको हवाई सुरक्षा र यसलाई नियमन गर्ने नागरिक उड्डयन प्राधिकरणबारे नयाँ प्रश्न उब्जाएको छ।
यती एयरलाइन्सको विमान दुर्घटनाममा परेर निधन भएकाको शव पहिचान र पोस्टमार्टममा ढिलाइ भएको छ। कतिपय शवको पहिचान नभएपछि काठमाडौँ पठाउनु परेका कारण आफन्त अझै अस्पताल परिसरमा छन्।
आँखासम्बन्धी ख्यातिप्राप्त चिकित्सक डा. सन्दुक रुइतलाई बहराइनको प्रतिष्ठित इसा अवार्ड दिने घोषणा भएको छ। उनले अवार्डसँगै १० लाख डलर (करिब १३ करोड रुपैयाँ) पाउने छन्।
“केही सोच्नै नपाउँदै एकाएक ढुङ्गाहरु खस्न थाले, खसेका ढुङ्गा पिठ्युँ र खुट्टामा बजारिए।”
नेपाली सेनाको दुईवटा हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएका शवको परीक्षण बुधबारबाट मात्रै हुने भएको छ।
ठेक्कापट्टा गर्ने ‘क’ श्रेणीको कम्पनीका मालिक विक्रम पाण्डे निर्माणको काम गर्ने शहरी विकास र जापान श्रमिक पठाउने मात्र नभई रेमिट्यान्स कम्पनीसमेत चलाइरहेका डोलप्रसाद अर्याल श्रममन्त्री भएका छन्।
न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले मंगलबार उनलाई बलात्कार अभियोगमा दाबी नपुगेको भन्दै सफाइ दिएको हो।
हत्याका फरार अभियुक्त लक्ष्मी महतो कोइरीले उम्मेदवार भएर चुनाव जितेपछि संसद् भवनमै पुगेर सांसदको सपथ मात्र गरेनन्, प्रधानमन्त्रीलाई विश्वासको मत पनि दिए। तर त्यति गर्दासमेत उनलाई प्रहरीले पक्राउ गरेन।
सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश-१ को उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ।
यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव मंगलबार हेलिकप्टरमार्फत काठमाठौँ लगिँदै छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मंगलबार मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन्। मंगलबार नै नयाँ नियुक्त भएका मन्त्रीहरूलाई शपथ गराइने तयारी छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले नेपालको हवाई सुरक्षा चुनौती, चिनियाँ लगानीको विमानस्थलमा चासो, अन्तर्राष्ट्रिय छविमा नेपाललाई पुग्ने असरबारे विश्लेषण गरेका छन्।
यती एयरलाइन्सको विमान दुर्घटनामा निधन भएकामध्ये २४ शवको परीक्षण पोखरामा हुने भएको छ। बाँकी शवको परीक्षण भने काठमाडौँस्थित शिक्षण अस्पतालमा हुने जनाइको छ।