AnonymousUser

Logout

न्यूनतम साझा कार्यक्रम कार्यान्वयन गर्न मन्त्रालयले बनाएका कार्ययोजनालाई दिइयो एकीकृत रूप

परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले न्यूनतम साझा कार्यक्रमलाई कार्यान्वयन गर्न मन्त्रालयहरूले प्रस्तुत गरेका कार्ययोजनालाई एकीकृत रूप दिइएको बताएकी छन्।

काठमाडौँ महानगर र प्राधिकरणबीच आधुनिक सडकबत्ती जडान गर्ने सम्झौता 

रातको समयमा यातायात तथा मानवीय आवागमनमा सहजता तथा शान्ति सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको महानगरले जनाएको छ। 

जुम्लामा आगलागीबाट बालिकाको मृत्यु

चन्दननाथ नगरपालिका–१ स्थित स्थानीय लोकबहादुर भण्डारीको घरमा आगलागीमा उनकी १४ वर्षकी छोरी बन्दनाको मृत्यु भएको छ।  

जग्गाको वर्गीकरण छिटो टुंग्याउन पालिकालाई भूमि व्यवस्था मन्त्रालयको आग्रह

नापी विभागले ७५३ वटै स्थानीय तहको भू–उपयोग नक्सा, सोको विद्युतीय अभिलेख र तथ्यांक तयार गरी स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ।

प्रदेश १, बागमती, गण्डकी र कर्णालीमा हिमपातको सम्भावना

तराईमा हुस्सु र कुहिरोले दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

पोखरामा दुर्घटनाग्रस्त विमानको फ्लाइट डाटा र ककपिट भ्वाइस रेकर्डरमा के भेटियो?

विज्ञसहितको विश्लेषण र अनुसन्धानबाट दुर्घटनाग्रस्त जहाज अवतरण गर्ने क्रममा ‘बेस लेगमा दुवै इन्जिनका प्रोपेलरहरू फेदर’मा गएको देखिएको छ।

घोराही–तुलसीपुर सडक अलपत्र, स्थानीयलाई धुलोले सास्ती   

घोराही–तुलसीपुर चारलेन निर्माण २०७५ माघदेखि शुरू भएको हो। ३० महिनामा सक्नुपर्ने काम हालसम्म १० प्रतिशत पनि भएको छैन।

कस्तो रहनेछ आजको मौसम?

दिउँसो प्रदेश १, बागमती, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भागमा  हिमपातको सम्भावना छ। 

रेशम चौधरीको मुद्दामा सरकार पक्ष झिकाउने आदेश

रेशमलाल चौधरीको मुद्दामा न्यायाधीशद्वय टंकबहादुर मोक्तान र मनोजकुमार शर्माको संयुक्त इजलासले आइतबार सरकार पक्षलाई झिकाउने आदेश गरेको छ।

भोजपुरमा बाँदर आतंकले रित्तिँदै बस्ती, बाझिँदै खेतबारी 

बाँदर आतंकबाट भोजपुरका बास्तिम, दलगाउँ, मानेभञ्याङ, कोट, गोगने, लेखर्क, बोखिम र धोद्लेखानी गाउँमा बढी प्रभावित भएका छन्। 

प्रथम गभर्नर हिमालय शमशेर जबराको निधन

जबराको पार्थिव शरीरको आइतबार ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उनका ज्वाइँ सुनिलबहादुर थापाले बताए।

तराईमा बिहानैदेखि हुस्सु, प्रदेश १ मा हिमपातको सम्भावना

हिमपात र हुस्सुका कारण जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

माइतीघरमा प्रश्‍न– पार्टी, नेताहरू किन बोल्दैनौ?

बलात्कारको अभियोग लागेका सन्दीप लामिछानेलाई राष्ट्रिय टिममा ल्याउन हतारिएको भन्दै क्यानमाथि नैतिक प्रश्न उठ्दा पार्टीदेखि नेताहरूसम्मले साँधेको मौनतालाई लिएर चिन्ता व्यक्त गरिएको छ।

मधेशमा ‘लेखनाथ साहेबको दरबार’, अझै छ अस्तित्वमा

कवि शिरोमणिले आफ्नो जीवनको महत्वपूर्ण कालखण्ड बिताएको ठाउँ हो, पर्साको जिराभवानी गाउँपालिका-२ स्थित काठमाडौँ गाउँ। यही गाउँमा छ लेखनाथ साहेबको दरबार। यो 'दरबार' अहिले उनका सन्तानको स्वामित्वमा छैन।

गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान्–श्रीमती पक्राउ

अनुसन्धानका क्रममा शंकास्पद देखिएका छविलाल र विष्णुलाई बयान लिने क्रममा उनीहरूले हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ।

बलात्कारका अभियुक्तलाई प्रशिक्षणमा बोलाइएपछि क्रिकेट संघविरुद्ध प्रदर्शन (तस्वीरहरू)

बलात्कार अभियुक्त सन्दीप लामिछानेलाई प्रशिक्षणमा बोलाएपछि काठमाडौँमा क्यानविरुद्ध विरोध प्रदर्शन गरिएको छ।

द्रुतमार्गबारे सेनाले भन्यो– खोकनाको विवाद सुल्झाउन राजनीतिक पहल आवश्यक

द्रुतमार्गका लागि हालसम्म चार हजार ७८० रोपनीको मुआब्जा विवरण भइसकेको छ। आयोजनाको प्रस्थान बिन्दु खोकना क्षेत्रको ३९२ रोपनीको भने मुआब्जा वितरण हुन सकेको छैन।

आजको मौसम : प्रदेश १ र गण्डकीमा हिमपातको सम्भावना

हिमपात, हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। 

मलेसियामा रहेका नेपाली श्रमिकको हितलाई केन्द्रमा राख्न प्रधानमन्त्रीको जोड

प्रधानमन्त्री दाहालले नेपाली श्रमिक र श्रम क्षेत्रलाई खुला, पारदर्शी, विश्वासिलो, प्रभावकारी र व्यवस्थित बनाउने विषयमा मलेसिया सरकारको सहयोग आवश्यक रहेको बताएका छन्।

बैंक अकाउन्ट ह्याक गर्ने ८ जना पक्राउ

मोबाइल बैंकिङ खाता ह्याक गरी ४ लाख चोरीको आरोपमा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ।