AnonymousUser

Logout

मेघ गर्जनसहित वर्षाको सम्भावना, सतर्क रहन विभागको आग्रह  

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका केही भागमा मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

अदुवाको बीउमा २ करोड भ्रष्टाचार, गल्याङका पूर्वप्रमुखविरुद्ध मुद्दा दायर

अख्तियारले अदुवाको बीउमा २ करोड रुपैयाँ भ्रष्टाचार गरेर गल्याङ नगरपालिकालाई हानि पुर्‍याएको अभियोगमा पूर्वप्रमुख, प्रमुख कार्यकारी अधिकृतलगायतका कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

विमानस्थलका आन्तारिक टर्मिनल शाखा प्रमुख चुडाल पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल शाखा प्रमुख पूर्ण चुडाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको छ।

यतीको विमान दुर्घटना : ६ शवको सनाखत हुन बाँकी, २ जना अझै बेपत्ता

यती एयरलाइन्सका अनुसार सोमबारसम्म ७० शवको पोस्टमार्टम भइसकेको छ। तीमध्ये ६० शव पोखरा र काठमाडौँबाट सम्बन्धित परिवारलाई हस्तान्तरण गरिएको छ।

अपहरणपछि हत्या: प्रहरीले लापरबाही गरेको भन्दै प्रदर्शन

जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको घटनामा जिल्ला प्रहरी कार्यालय धनुषाले लापरबाही गरेको भन्दै स्थानीय आन्दोलित बनेका छन्।

रुबी खानसहितका अधिकारकर्मी बबरमहलबाट पक्राउ

बाँकेकी निर्मला कुर्मीको न्यायका लागि आन्दोलित रुबी खानसहितका अधिकारकर्मी बबरमहलबाट पक्राउ परेका छन्।

पश्चिमी निम्नचापीय प्रणाली नेपाल प्रवेश गर्दै, रातिदेखि वर्षाको सम्भावना

तराईमा बिहानीपख हुस्सु र कुहिरो लागेर जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाको अनुरोध छ। 

सोमबारदेखि देशभर वर्षा हुने

यसपालिको हिउँदमा बितेको ३० वर्षयताकै सबैभन्दा कम वर्षा भएको छ। विभागको तथ्यांकअनुसार सन् १९९१ पछि यो वर्षको हिउँदमा सबैभन्दा कम पानी परेको हो।

के गर्दैछ पोखरा विमान दुर्घटना छानबिनका लागि गठन गरिएको आयोग?

माघ १ गते काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान अवतरण गर्ने क्रममा पोखरा विमानस्थल नजिकै दुर्घटनाग्रस्त हुँदा ७२ जनाको मृत्यु भएको थियो।

भारतको सीतामढी आफन्तकहाँ गएका धनुषाका दुई युवाको अपहरणपछि हत्या

धनुषा प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले हत्यामा संलग्न भएको आशंकामा तीन भारतीय र दुई जना नेपालीलाई पक्राउ गरेर अनुसन्धान भइरहेको बताए।

धरान उपमहानगरले अवैध घर भत्काउन डोजर चलायो, सुरक्षाकर्मी र स्थानीयबीच झडप

धरान उपमहानगरपालिकाले वडा नं ५ देउरालीस्थित अँधेरीखोला अतिक्रमण गरेर बनाइएको घर आइतबार डोजर लगाएर भत्काएको छ।

सोनाम ल्होछार विश्वकै पुरानो सांस्कृतिक परम्परा हो: प्रधानमन्त्री दाहाल

सोनाम ल्होछारका अवसरमा आइतबार नेपाल तामाङ घेदुङलगायत संस्थाले काठमाडौँको टुँडिखेलसहित देशभर विविध कार्यक्रम आयोजना गरेका छन्। 

सुर्खेतमा हाईलक्स दुर्घटना, ४ जनाको मृत्यु 

सुर्खेतको छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको हाईलक्स आइतबार बिहान साढे २ बजे रत्न राजमार्गको भेरी पुलनजिक दुर्घटनामा परेको छ।

राजधानीको जीवन असहज बनाउँदै किन चाँडै सुत्छ काठमाडौँ?

काठमाडौँ शहरबासीका लागि रातिको ८ बजे बासस्थानतिर लाग्ने निर्णायक घण्टी हो। सडकमा सवारीको चाप घट्दै जान्छ। पसलका सटरहरू बिस्तारै ओर्लन्छन्। बाटो रित्तो हुन्छ। र, शहर सुत्ने तयारीमा जुट्छ।

तस्करले चितवन राष्ट्रिय निकुञ्जमा मारे दुईवटा गैँडा

पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका-२ सेहरी नजिकै नारायणी नदीको भंगालोमा दुईवटा गैँडा मारिएको अवस्थामा भेटिएका हुन्।

शंखमुलको निजी जग्गाको पर्खालमा महानगरको डोजर

बाटो फराकिलो पार्ने भन्दै महानगरले पुस २८ गते वडा ३१ स्थित शंखमूलमा रहेको आफ्नो जग्गा घेरेको पर्खालमा जबरजस्ती डोजर चलाएको आरोप पीडितको छ।

विमान दुर्घटनाबारे तत्काल भ्रमण नहुने : प्राधिकरण

नेपालका लागि युरोपेली संघका राजदूत नोना डेप्रेज र प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले संयुक्त विज्ञप्तिमार्फत दुर्घटनाको स्थलगत मूल्यांकन भ्रमण तत्काल नहुने बताएका हुन्।

दाङको रूख कटान घटनामा हाम्रो संलग्नता छैन : एमसीए नेपाल

रुख कटान भएको क्षेत्रमा एमसीए–नेपाल र एमसीसीका अधिकारी स्थलगत निरीक्षणमा गएको र समीक्षा गरेर आगामी कदमबारे निर्णय लिइले पनि एमसीए नेपालले जनाएको छ।

त्रिभुवन विमानस्थलको भिजिबिलिटी कम हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

हाल विमानस्थलको भिजिबिलिटी दुई हजार मिटर पुगेको छ। केही विमानले इन्स्ट्रुमेन्टल फ्लाइट रुल्स लागू गरी अवतरण गरे पनि नियमित उडान हुन सकेको छैन।

हुम्लामा हिमपात, जनजीवन कष्टकर

हिमाली जिल्ला हुम्लामा गए रातिदेखि हिमपात शुरू भएको छ।