आइतबार बिहान ७ बजे व्यवसायीसँगको समन्वयमा आगलागीबाट भएको क्षति विवरण संकलन गरिने एसपी केसीले जानकारी दिए।
चिकित्सकमाथि लाठी चार्जको विषयलाई लिएर वरिष्ठ प्रहरी हवल्दार गुरुङलाई निलम्बन गरिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले जानकारी दिए।
जनकपुरधाममा रामजानकी मन्दिर, विवाहमण्डप, मणिमण्डप, स्वर्गद्वार, राजदेवी, जनक मन्दिर, गंगा आरती, शिव, संकटमोचन, लक्ष्मण, कपिलेश्वर, कुपेश्वरनाथ महादेव, हनुमान गढीलगायत मन्दिर अवस्थित छन्।
दिउँसो प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना छ।
संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति भण्डारी फर्कने क्रममा वीर अस्पतालबाहिर हिँडिरहेका चिकित्सक सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका बताइएको छ।
राष्ट्रपति भण्डारीले पूर्वाधार निर्माण गर्दा वातावरण र जैविक विविधतामा पर्ने प्रभावको गम्भीर अध्ययन गरी विकास र वातावरणबीच सन्तुलन कायम गर्नु आवश्यक रहेको बताएकी छन्।
महाप्रबन्धक प्रेमनाथ ठाकुरले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको ‘अडियो’ प्राप्त भएपछि छानबिनका लागि निलम्बन गरिएको हो।
शुरूमा काठमाडौँको सरस्वतीनगरबाट गैँडाको एक थान खागसहित इन्द्रमणि आर्चाय र जमुनाकुमारी शर्मा पक्राउ परेका थिए। त्यसपछि अरू १३ जना पक्राउ परेका हुन्।
एम्बुलेन्स चालु अवस्थामा राख्न सम्बन्धित पक्षलाई पटक–पटक आग्रह गरिएको जिल्ला समन्वय समिति प्रमुख सनबहादुर राईको भनाइ छ।
२०७२ कात्तिकमा रछिना एन्ड कन्स्ट्रक्सनले १८ महिनामा सक्ने गरी स्वास्थ्यचौकी भवन निर्माणको जिम्मा लिएको हो।
दिउँसो प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रधानसेनापति प्रभुराम शर्माले उपरथीमा बढुवा भएका कृष्णदेव भट्टलाई प्रबन्धरथी विभागको प्रमुख नियुक्त गरेका छन्।
बिहीबार विमानस्थलको अनुगमनका क्रममा मन्त्री किराँतीले ट्राभलेटर निर्माणकर्ता कम्पनीबाट तत्काल मर्मतसम्भार गराउन निर्देशन दिएको विमानस्थल कार्यालयले जनाएको छ।
२०७४ सालदेखि कालोपत्र गर्न थालिएको रत्नेचौरबाट बेनीको खबरासम्म चार किलोमिटर सडक अझै सम्पन्न भएको छैन।
दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव भएसम्मको सहयोग गर्नुपर्ने बताए।
संयुक्त राष्ट्रसंघको सहकार्यमा यस्तो गोष्ठी यसअघि अस्ट्रिया, दक्षिण कोरिया, जर्मनी, काजकिस्तान र दक्षिण अफ्रिकामा भइसकेको छ।
दिउँसो प्रदेश १ र गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सर्वोच्चले सरकारका नाममा गोर्खा भर्तीसम्बन्धी नेपाल, बेलायत र भारतबीचको त्रिपक्षीय सन्धि पुनरावलोकन गर्न निर्देशनात्मक आदेश जारी गरेको छ।
पोखरामा भएको यती एयरलाइन्सको एटीआर विमान दुर्घटना छानबिन गर्न गठित आयोगले सार्वजनिक गरेको 'विमानको दुवै इन्जिन बन्द' भएको विवरणले विवाद सिर्जना गरेको छ।