AnonymousUser

Logout

दाङमा ५ वर्षमा २२८ जनाको डुबेर मृत्यु

अधिकांश मानिसको मृत्यु लापरबाहीका कारण डुबेर हुने गरेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरका छन्। 

कोशी, गण्डकी  र सुदूरपश्चिममा चट्याङसहित भारी वर्षा हुने

कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली  र सुदूरपश्चिममा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखले जनाएको छ। 

देउखुरीका दर्जन बढी घर डुबानमा

सोमबारदेखि लगातारको वर्षाले गर्दा देउखुरीको विभिन्न स्थानमा दर्जन बढी घर डुबानमा परेका छन् भने केही घर भत्किएका छन्।

गृहले गर्‍यो डीएसपी ठगबहादुर केसीलाई सेवाबाट बर्खास्त

गृह मन्त्रालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई सेवाबाट बर्खास्त भएको छ।

देशको वर्तमान राष्ट्रिय सुरक्षा नीति सार्वजनिक गर्न विज्ञहरूको माग

सुरक्षाविद्हरूले राष्ट्रिय सुरक्षा नीति बनाउनुअघि संसद्मा व्यापक छलफल गराउने परिपाटीको विकास गर्न सरकारलाई सुझाव दिएका छन्।

संक्रमणकालीन न्यायसम्बन्धी ऐनको संशोधनमा पीडितका सरोकार नसमेटिए द्वन्द्व दोहोरिने विज्ञहरूको चेतावनी 

सशस्त्र द्वन्द्वका पीडितहरूले न्याय र परिपूरणको पर्खाइमा १७ वर्ष बिताएपछि संसदमा पेश भएको ऐन संशोधन विधेयकमा द्वन्द्वकालीन मुद्दा फिर्ता लिन सकिने व्यवस्था राखिएको भन्दै विज्ञहरूले आपत्ति जनाएका छन्।

टोकराज पाण्डेलाई त्रिभुवन विमानस्थल भन्सार प्रमुखको जिम्मेवारी

अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुखबाट अरुण पोखरेललाई हटाएर टोकराज पाण्डेलाई जिम्मेवारी दिएको छ।

सधैँ सताइरहने दब्ल्लाङको पहिरो

विगत तीन वर्षदेखि बर्सेनि बर्खामा सास्ती दिने बागलुङ नगरपालिका–१० भकुन्डे दब्लाङको पहिराको अध्ययन गरी अल्पकालीन र दीर्घकालीन समाधानको खोजी भने थालिएको छ।

हिँड्दाहिँड्दै टुंगिने काठमाडौँ उपत्यकाका फुटपाथ

शहर कस्तो छ भन्ने तस्वीर त्यहाँ पैदलयात्री हिँड्ने फुटपाथ कति व्यवस्थित छन् भन्ने कुराले देखाउँछन्। काठमाडौँ उपत्यका त्यसको उदाहरण हो जहाँ पैदलयात्रीका लागि बनाइएका फुटपाथ हिँड्दाहिँड्दै हराउँछन्।

लुम्बिनीमा भारी वर्षा: तटीय क्षेत्रमा सतर्कता अपनाउन आह्वान

तिनाउ नदीमा आएको बाढीका कारण रुपन्देहीका तटीय क्षेत्रका बस्ती प्रभावित हुने जोखिम बढेको छ। नदी किनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ।

बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज होटेलमा मृत भेटिए

वरिष्ठ सई उज्ज्वल पौडेल सोमबार राति ११:३० बजेतिर कार्यालय छेउको होटेलमा झुन्डिएको अवस्थामा मृत भेटिएका छन्।

कालिखोलामा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी विजयराज पण्डितका अनुसार पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडकखण्ड भएर चल्ने सवारीसाधन दुईतर्फी नै रोकिएका छन्।

कमलामा काठे पुलको भर: कहिले बन्छ पक्की पुल?

हुलाकी राजमार्गस्थित सिरहा र धनुषा जोड्ने कमल नदीमाथिको पुल १२ वर्षदेखि निर्माणाधीन छ। पुल नहुँदा बर्खायाममा नदी वारिपारिका दुवै जिल्लाका स्थानीयलाई सास्ती हुने गरेको छ।

प्रधानमन्त्री दाहाल र बंगलादेशी समकक्षी हसिनाबीच भेटवार्ता

दुई प्रधानमन्त्रीबीच कृषि, जलविद्युत्‌को क्षेत्रमा सहकार्य गर्ने तथा क्षेत्रीय सहयोग र सहकार्यका विविध विषयमा महत्त्वपूर्ण छलफल भएको छ।

गण्डकीका १६ वटा सडक र पुल वर्षौंदेखि अलपत्र

कतिपय सडक अलपत्र पारेर निर्माण व्यवसायी सम्पर्कविहीन भएका छन्। काम गर्न नसक्ने निर्माण कम्पनीको ठेक्का रद्द गरेर नयाँ प्रक्रिया थाल्ने मन्त्रालयले तयारी गरेको छ। 

देशभर मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। 

विश्व खाद्य कार्यक्रमको कार्यालय खोली ठगी गर्ने २ जना पक्राउ, ३ फरार

बूढानीलकण्ठस्थित भाडाको घरमा कार्यालय सञ्चालन गरी नक्कली कर्मचारीहरू खडा गरी विश्व खाद्य कार्यक्रमको नक्कली छाप तथा लेटरप्याड बनाइ ठगी गरेको पाइएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले बताए।

इनरुवाका व्यापारीबाट २ घण्टा थुनियो औषधि पसल अनुगमन टोली

औषधि व्यवसायीको अवरोध र तनावका कारण बाहिर निस्कन नसकेको अनुगमन टोलीलाई प्रहरीले सुरक्षा दिएर प्रशासनसम्म पुर्‍याएको थियो।

पाथीभरा डाँडामा पनि चन्द्र ढकालको कम्पनी, केबलकार बनाउन सघाउँदै सरकारी निकाय

वन क्षेत्रको जग्गा ओगटेर केबलकार कम्पनी बढाउँदै गएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले पूर्वको प्रसिद्ध धार्मिक स्थल पाथीभरामा पनि केबलकार निर्माण अघि बढाएका छन्।

नेतालाई एउटा, जनतालाई अर्को कानून हुन सक्दैन: गृहमन्त्री

गृहमन्त्री श्रेष्ठले धनीलाई एउटा, गरिबलाई अर्कै कानूनी कारबाही हुने कुरा सरकारलाई सह्य नरहेको उल्लेख गर्दै कानून सबैका लागि बराबर हुने बताए।