AnonymousUser

Logout

रामबहादुर बम्जन पक्राउ

सीआईबीको टोलीले आफूलाई तपस्वी भनेर चिनाउने रामबहादुर बम्जनलाई पक्राउ गरेको छ।

विदेश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा ६ जना पक्राउ

सर्बिया, पोल्यान्ड, माल्टा पठाइदिने भन्दै रकम उठाएर ठगी गरेको आरोपमा ६ जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ‍प्रहरीले पक्राउ गरेको छ।

द्वन्द्वपीडितले गरे ‘जनयुद्ध दिवस’ खारेजीको स्वागत

उनीहरूले ‘जनयुद्ध दिवस’लाई मान्यता दिन नमिल्ने सर्वोच्चको आदेशका कारण नेपालको भविष्यतर्फको यात्रामा थप एक कदम सहज भएको उल्लेख गरेका छन्।

विदेशी पर्यटकलाई गड्डाचौकीबाट भारत प्रवेश गर्न रोक

गड्डाचौकीस्थित अध्यागमन कार्यालयका नायब सुब्बा पदमराज भट्टले कोरोना संक्रमणको नयाँ भेरियन्टसँगै भारतीय पक्षले प्रवेशमा रोक लगाएकाले पर्यटकको चहलपहलमा कमी आएको बताए।

४७ किलो चाँदीसहित ३ जना पक्राउ

बाराको कलैया–१० का ५० वर्षीय कामेश्वर शाह, बिश्रामपुर–५ का २० वर्षीय मनिष सरार्फ र पर्साको वीरगन्ज–३ का ३२ वर्षीय सुमनकुमार सरार्फलाई काठमाडौँको कोटेश्वर र भोटेबहालबाट पक्राउ गरिएको हो।

बचतकर्ताको १ अर्ब हिनामिना गरेको अभियोगमा सहकारी सञ्चालक पक्राउ

गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारीका सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठसहित चार जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चिसो बढेपछि खुम्बु क्षेत्रमा विकास निर्माण ठप्प

गाउँपालिकाको बजेटअन्तर्गत थुक्ला पुल निर्माण, खुम्जुङभित्र बाटो फराकिलो गर्ने योजना, खुम्जुङ छिर्ने मुख्यद्वार निर्माण, गुम्बा रङरोगन  योजनालगायतका काम रोकिएका छन्।

महोत्तरीमा मोटरसाइकल दुर्घटना, २ जनाको मृत्यु

तीव्र गतिमा रहेका दुवै मोटरसाइकलका चालकले बाक्लो हुस्सुका कारण एक अर्कालाई नदेख्दा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। 

तराईमा बिहानैदेखि हुस्सु, कोशी, गण्डकी र कर्णालीको हिमाली भूभागमा हिमपातको सम्भावना

देशभर चिसो बढेकाले आवश्यक सावधानी तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

यस वर्ष धान उत्पादन ४.३३ प्रतिशत बढ्यो, खेती हुने जमिन घट्यो

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान फलेको जनाएको छ।

सिरहा कारागारः जेल प्रशासन र प्रहरीको रोहबरमा चौकीदारको ‘शासन’

कैदीलाई न्यानो लुगा किन्न आएको पैसा खाइदिएपछि भएको विरोध दबाउन सिरहा कारागारमा पुस १८ गते चौकीदारले गरेको ज्यादतिसँगै कारागार प्रशासन र प्रहरीको आडमा चलिरहेको ‘चौकीदार शासन’ पनि छताछुल्ल भएको छ।

नेपालमा ७ जनामा ओमिक्रोनको सब–भेरियन्ट जेएन.१ को संक्रमण पुष्टि

स्वास्थ्य मन्त्रालयले नेपालमा पहिलो पटक ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन.१ को संक्रमण पुष्टि भएको जनाएको छ। १६ वटा नमूनाको परीक्षण गर्दा सात वटामा जेएन.१ को संक्रमण पुष्टि भएको हो।

वन अधिकृतविरुद्ध १ करोड २६ लाखको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत दीर्घनारायण कोइरालाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

बेपत्ता पारिएका भूपेन्द्रको २० वर्षपछि किरिया, न लास मिल्यो न सास

भूपेन्द्र नेपालगन्जको धम्बोझी चोकमा रहेको आफ्नो पसल बन्द गर्दै थिए। साँझ पर्दै थियो। त्यही बेला केही मान्छे आएर उनलाई नियन्त्रणमा लिई आँखामा पट्टी बाँधिदिए। त्यसपछि उनी कहिल्यै घर फर्किएनन्।

प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ

थानकोट बसपार्कस्थित कार्यक्षेत्रमा खटिएको प्रहरीमाथि हातपात गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

‘यो देश नै मगन्तेहरूको हो’

उनीहरू पशुपति, तिलगंगातिर कवाडी उठाउँथे। एक दिन सोचे– कवाडी उठाउनुभन्दा भक्तजनसँग पैसा मागेर जिन्दगी चलाउनु राम्रो। त्यसपछि गुह्येश्वरी आउने भक्तजनसँग पैसा माग्न थाले। त्यो काम निरन्तर चलिरहेको छ।

‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा

नेपाल विद्युत् प्राधिकरणमार्फत देशभर ६२ चार्जिङ स्टेसन निर्माण गरिएको छ। केही स्टेसनमा समस्या देखिएको छ।

पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु र कुहिरो

हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

केकभित्र गाँजा राखेर बेचेको आरोपमा एक जना पक्राउ

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले केकमा लागुऔषध गाँजा मिसाइ अनलाइनमार्फत कारोबार गरेको आरोपमा काठमाडौँको घट्टेकुलोबाट एक जनालाई पक्राउ गरेको छ।

निमित्त प्रमुखका भरमा लमजुङका आधा दर्जन सरकारी कार्यालय

लामो समयदेखि जिल्ला कारागार, डिभिजन वन कार्यालय, जिल्ला मालपोतलगायत आधा दर्शन सकारी कार्यालय निमित्त प्रमुखका भरमा चल्दै आएका छन्।