यसअघिका महोत्सवमा नगर र जिल्ला बाहिरबाट माला खरिद गरी ल्याउने गरिएकामा यसपटक स्थानीयरूपमै शमीको पातबाट बनाइएका माला प्रयोग गरिएका छन्।
आइतबार दिनभर कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भेगमा आंशिकदेखि साधारणतया बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहने छ।
लिच्छवि कालको इतिहाससँग जोडिने विशाल टुँडिखेल अतिक्रमणका कारण खुम्चिँदै खण्डखण्डमा बाँडिएको छ। पछिल्लो समय टुँडिखेलको एउटा खण्ड खुलामञ्च सर्वसाधारणका लागि बन्द गर्न लागिएको भन्दै विरोध भइरहेको छ।
सरस्वतीको मूर्ति सेलाउने विषयमा दुई पक्षबीच झडप भएपछि रौतहट प्रशासनले ईशनाथ नगरपालिकामा अर्को आदेश नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ।
सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ।
आगामी शैक्षिकसत्रबाट फलेवासको ध्रुव नमूना माविमा बालकक्षादेखि कक्षा १० सम्म नै भर्ना हुने नयाँ तथा पुराना विद्यार्थीलाई आवासीय सुविधा दिइने भएको छ।
राष्ट्रपति पौडेलले मुलुकको दिगो विकाससँग प्रकृति तथा जैविक विविधता अनि वन्यजन्तु संरक्षण प्रत्यक्षरूपमा जोडिएको बताए।
घाइतेको मलेखुस्थित राजमार्ग अस्पताल र मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ। तीन जनाको अवस्था गम्भीर छ।
आयोजना निर्माण गर्न दुई करोड १२ लाख रुपैयाँ खर्च भएको छ। जसमा उपभोक्ताले ५२ लाख ६३ हजार बराबरको श्रमदान गरेका छन्।
पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका केही स्थानमा हल्का हुस्सु र कुहिरो लागिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाका मुख्य कार्यालय, अतिविशिष्ट पदाधिकारीको निवास, मुलुकको प्रशासनिक केन्द्र तथा मुख्य आगमन मार्गहरूमा विरोध वा प्रदर्शनी गर्न निषेध गरिएको हो।
गृह मन्त्रालयले प्रशासन महाशाखा प्रमुखको संयोजकत्व र नीति, योजना अनुगमन तथा मूल्यांकन महाशाखाका सहसचिवको सहसंयोजकत्वमा समिति बनाएको हो।
प्रतिवेदन बुझ्दै गृहमन्त्री श्रेष्ठले आयोगले सत्यतथ्य जाँचबुझ गरी मिहिनेतपूर्वक निकालेको निष्कर्षलाई कार्यान्यवन गरिने बताए।
म्युजिक फर हार्मोनीका लागि ‘कुटुम्ब’ तथा गायिका झुमा लिम्बू र ‘रैथाने’ ब्यान्डले पहिलो पटक सहकार्य गर्दै छन्।
विदेशबाट फर्केका युवालाई उनीहरूले सिकेको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा नीति–निर्माता, सरकार र व्यावसायिक संस्थाले विशेष ध्यान दिनुपर्ने राष्ट्रपति पौडेलको भनाइ थियो।
सरोकारवालाले नेपालसहित विश्वभरका सरकारले नागरिक समाजको भूमिकालाई कम महत्त्व दिएको र खुलापन खुम्च्याउँदै लगेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिबाट खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०७७ पारित भएको छ।
सफ्टवेयरमा समस्या आएपछि काममा समस्या उत्पन्न भएको वैदेशिक रोजगार बोर्डका प्रवक्ता तथा सूचना अधिकारी टीकाराम ढकालले बताए।
शुक्रबार बिहान ९ बजेर ३२ मिनेट जाँदा पाराकाट्ने आसपास केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।
महासंघले देशका विभिन्न भागमा भवितव्य रूपमा हुने गाडी दुर्घटना न्यूनीकरण कार्यदल गठनका लागि सरकारसमक्ष अनुरोधसमेत गरेको छ।