AnonymousUser

Logout

औषधि उपचारमा सहज हुनेगरी परिचयपत्रको व्यवस्था गरिदिन सरकारसँग जलन पीडितको माग

जलनसम्बन्धी कानून सार्वजनिक गरेको दिनको स्मरणमा आयोजित कार्यक्रममा बोल्दै पीडितहरूले यस्ताे माग गरेका हुन्।

पूर्वाधार विकास समितिका सभापति सिंहले भने– नदी उत्खनन् खाेल्नुपर्छ

प्रतिनिधिसभा अन्तर्गत पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले नेपालका नदी, खोलाबाट गिट्टी बालुवा र ढुङ्गा उत्खनन् कार्य खोल्न आवश्यक रहेको बताएका छन्।

सांसदहरूको विरोधाभास: कानून निर्माणमा सरकारको साक्षी बस्ने, विकास बजेटमा घुँडा धस्ने

विकासका काम गर्नुपर्ने सरकारका कर्मचारी कानून निर्माणमा र कानून बनाउन व्यस्त हुनुपर्ने संघीय संसद्का सांसदहरू विकासनिर्माणका योजनामा अल्झिने प्रवृत्तिले संसदीय अभ्यासको मर्म नै गिजोलिएको छ। 

धनगढीमा २८ करोडकाे सभागृह प्रयोगविहीन

सभागृह सञ्चालन गर्ने कार्यविधि तथा मापदण्ड नबनाउँदा सङ्घीय आयोजना कार्यान्वयन इका‍ई धनगढीले सभाहल हस्तान्तरण गर्न सकेको छैन।

वैदेशिक रोजगारीका समस्या सम्बोधनका लागि राजदूतसहितको उच्चस्तरीय अन्तरक्रिया

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया गरेका छन्।

छात्राले आत्महत्या गरेपछि विद्यालय सञ्चालक र प्रधानाध्यापक पक्राउ

स्कुलका प्रअ पुष्पा भाट र सञ्चालक युडेन भण्डारीलाई पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले बताए।

स्रोत नखुलेको २६ लाख रुपैयाँसहित कर अधिकृत पक्राउ

आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटा सोमबार बिहान नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका हुन्। 

विदेश पठाइदिने भन्दै ठगी गर्ने ३ जना पक्राउ

काठमाडौँका विभिन्न स्थानबाट तीन जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ।

जयपृथ्वी राजमार्ग २ दिनदेखि अवरुद्ध

राजमार्ग अवरुद्ध हुँदा बझाङबाट बाहिरिने र बझाङ जाने गाडी रोकिएका छन्। पहिरोसँगै ठूलो ढंगा खसेका कारण पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।

कागखोलालाई पुरानै धारमा फर्काइयो, जनजीवन सामान्य बन्दै

स्थानीयको श्रमदानबाट खोला वारपार गर्न काठको अस्थायी पुल बनाइएको छ। भवनमा बाढी पसेपछि बन्द भएको जनशान्ति माविको पठनपाठन १० दिनपछि सुचारु भएको छ।

देशभर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

लुम्बिनी र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी भूभागको मौसम सामान्यतया बदली रहेको छ। सुदूरपश्चिम, लुम्बिनी र गण्डकीका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

द्रुतमार्ग निर्माणको काम २६ प्रतिशत सम्पन्न

हालसम्म निर्माणाधीन तीन वटा सुरुङमार्गहरूको जम्मा लम्बाई ६.४१५ किलोमिटरमध्ये २.६६७ किलोमिटर सुरुङ निर्माण कार्य सम्पन्न भएको आयाेजनाले जनाएकाे छ।

नेपालमा भारतीय सवारीसाधन सञ्चालन गर्न दिने सम्झौता खारेज गर्न माग

स्थानीय तहले सवारीसाधनमा जथाभावी लिँदै आएको पटके कर तत्काल खारेज गनुपर्ने लगायत महासंघले विभिन्न माग राखेकाे छ।

घरेलु महिला श्रमिकलाई पहिचान दिलाउन अधिकारकर्मीकाे माग

सबैभन्दा पहिला स्थानीय निकायमा घरेलु महिला श्रमिकहरूलाई सूचीकृत गर्नुपर्ने उनीहरूकाे भनाइ छ।

ललिता निवास प्रकरण: १७ जनालाई धरौटीमा छाड्न आदेश, एकजना साधारण तारेखमा रिहा

थुनछेक बहस सकिएपछि न्यायाधीश भोलानाथ ढकालको इजलासले यस्ताे आदेश दिएको हो।

लाहुरेको लगानीः ५१ वर्षदेखि पोखरेलीको सवारीमा इन्धन भरिरहेको ‘हिमालय पम्प’

गोरखपुरबाट ६ हजार लिटर पेट्रोल ल्याएर पोखरामा पेट्रोल पम्प शुरू भएको थियो। त्यसबेला पेट्रोलको मूल्य दुई रुपैयाँ प्रतिलिटर थियो। मट्टीतेल त २३५ रुपैयाँमा एक ड्रम नै आउँथ्यो। 

आत्महत्या रोकथाम दिवस: रोकथाम गर्न सचेतना कम 

आत्महत्या गर्न खोज्ने व्यक्तिले पहिले नै कुनै न कुनै संकेत दिने र गतिविधि देखाउने हुँदा त्यस्ता गतिविधिको ख्याल गर्न सकियो भने रोक्न सकिने मनोविद् डा. नरेन्द्रसिंह ठगुन्नाको भनाइ छ।

सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र कर्णालीका केहीमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। सुदूरपश्चिमको एक–दुई स्थान भने भारी वर्षा हुने सम्भावना रहेको महाशाखाको भनाइ छ।

सर्लाहीको मलंगवामा कर्फ्यु जारी

जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार पूर्वमा झिम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल–भारत सीमा क्षेत्र र उत्तरमा अस्थायी प्रहरी चौकी/बाबा पेट्रोल पम्पसम्म कर्फ्यु आदेश जारी गरिएको छ।

सुन तस्करी प्रकरण : विमानस्थल भन्सारका अधिकृतसहित तीन जना पक्राउ

सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको सीआईबीको टोलीले विमानस्थल भन्सारका अधिकृतसहित तीन जनालाई पक्राउ गरेको छ।