AnonymousUser

Logout

सिंहदरबारमा आगो लाग्दा सुतिरहेका राजालाई खबर सुनाउन जर्नेल डराए

म बालेन शाहको समर्थक नै हुँ। तर उनले ‘सिंहदरबारमा आगो लगाउँछु’ भन्नु हुँदैन थियो। हामीले त सिंहदरबारमा साँच्चै आगो लागेको देखेका छौँ, त्यो निकै दर्दनाक थियो।

काठमाडौँमा संयुक्त सैन्य अभ्यास हुँदै, अमेरिकी सैनिक टोली बिहीबार आइपुग्ने

संयुक्त सैन्य अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुने सेनाले जनाएको छ।

‘मानव बेचबिखनको अवस्था भयावह छ, राष्ट्रिय नीति छिटो बनाउनुपर्छ’

बुधबार विभिन्न कार्यक्रम गरि मानव बेचबिखनविरुद्धको १७औँ राष्ट्रिय दिवस मनाइँदै छ। नेपालमा २०६४ सालदेखि यो दिवस मनाउन थालिएको हो। 

संकटमा पदमार्ग, स्थानीय श्रमिक प्रभावित

२०६९ सालसम्म बेँसीशहरको मनाङे चौतारा, पुमाखोला, चनौटे आसपास बस्ने भरियाले विदेशी पर्यटकको भारी बोक्दै २१ दिनको यात्रा गर्थे। कोही मनाङ प्रवेशपछि मनासलु पदमार्गको बाटो गोरखा लार्केपासतर्फ लाग्थे।

कोशी र बागमतीमा हल्का वर्षाको सम्भावना 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा सामान्यदेखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ।

टीआरसी विधेयक अध्ययन उपसमितिको म्याद ७ दिन थपियो

उपसमितिले थप गरिएको समय सीमाभित्र पनि कार्यसम्पादन गर्न नसकेपछि पुनः समयसीमा थप गरिएको छ।

सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनसँग सोधपुछ 

सुन तस्करी प्रकरण अनुसन्धान गरिरहेको सीआईबीले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका पुत्र दिपेश पुनसँग सोधपुछ गरेको छ।

कान्ति बाल अस्पतालमा ५ वर्षीया बालिकाको मृत्यु, लापरबाही भएको भन्दै पीडित पक्षको प्रदर्शन

अस्पतालको ‘इमर्जेन्सी’मा लगिएका बालकलाई दुई घण्टा बाहिर राख्न लगाइएको र सोही बेला उनको मृत्यु भएको पीडित परिवारको भनाइ छ।

हुलाकी सडकमा ठेकेदारको लापरबाही, कञ्चनपुरमा २ खण्डको निर्माण अलपत्र

पाँचौँ पटकको म्यादमा पहिलो प्याकेज (डोकेबजार–बेलौरी)खण्ड निर्माण सकिएको छ। बेलौरीबाट बेल्डाडीसम्मको दोस्रो २० किलोमिटर प्याकेजमा ९.५ किलोमिटर सडक मात्र कालोपत्र भएको छ।

लुम्बिनी र सुदूरपश्चिममा चट्याङसहित भारी वर्षाको सम्भावना

बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

बेनीमा अतिक्रमित संरचना हटाइयो, पार्किङ व्यवस्थित बनाइँदै

यसअघि जिल्ला प्रशासन र नगरपालिकाको कार्यालय अगाडि र कालीपुल बसपार्कको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका टहरा र ठेला हटाइएको थियो।

धनगढीमा जंगली जनावरलाई थापेको धरापमा परेर १ जनाको मृत्यु, १ पक्राउ

धनगढी उपमहानगरपालिका–३ की मञ्जु कुँवर सोमबारको राति ११ बजेतिर विद्युतीय धरापमा परेर मृत्यु भएको हो।

‘संविधानअनुसार अधिकार प्रत्यायोजन नहुँदा संघीयतामाथि प्रश्न उठ्न थाल्यो’

मधेश प्रदेशका जनप्रतिनिधिहरूले प्रदेशलाई अधिकार सम्पन्न बनाउन प्रशासनिक संघीयताका बाँकी काम तत्काल पूरा गर्न संघीय सरकारलाई आग्रह गरेका छन्।

हत्या अभियोगमा प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह पक्राउ

प्रहरीले हत्या अभियोगमा मधेश प्रदेशसभा सदस्य अनिरुद्धकुमार सिंह यादवलाई पक्राउ गरेको छ।

चट्याङ लागेर एकको मृत्यु, चार जना गम्भीर घाइते

अर्घाखाँचीमा सोमबार परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन्।

यसकारण चल्न सकेन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि भैरहवा र लुम्बिनी क्षेत्रको चहलपहल बढ्ने आशाले त्यस क्षेत्रका व्यवसायी उत्साहित थिए। विमानस्थलको सेवा अवरुद्ध भएसँगै उनीहरूमा निराशा बढ्दो छ। 

भुजीखोला बाढीको तीन वर्ष : बेपत्ता भेटिएनन्, भत्केका घर अझै बनेनन्

बाढीपहिराले ढोरपाटनमा ठूलो क्षति पुगेपछि मन्त्रिपरिषद् बैठकमार्फत बागलुङलाई विपद् जोखिम क्षेत्र घोषणा गरिएको थियो। तीन वर्षसम्म उक्त घोषणा सरकारको कागजमै सीमित रहेको स्थानीयको भनाइ छ।

सरकारी अस्पतालमा छैन पार्किङको व्यवस्था, भएका ठाउँमा पनि सेवाग्राहीसँग शुल्क

वीर, प्रसूतिलगायत सरकारी अस्पतालमा सेवाग्राहीका लागि पार्किङ त छैन नै, सडकमा समेत काठमाडौँ महानगरले सेवाग्राहीसँग शुल्क असुल्छ। पाटनमा पार्किङको व्यवस्था भए पनि अस्पतालले नै सेवाग्राहीसँग शुल्क लिन्छ।

काठमाडौँ प्रशासनले भन्यो,–सामाजिक संजालमा जथाभावी वक्तव्यबाजी नगर्नू

कुनै गुनासो भए जथाभावी वक्तव्यबाजी नगरेर तथ्य प्रमाणसहित सम्बन्धित निकायका प्रमुख वा गुनासो सुन्ने अधिकारीसमक्ष जानकारी गराउन प्रशासनले अनुराेध गरेकाे छ।

कोशी प्रदेश सरकारविरूद्धको रिट सपना प्रधानसहितको पूर्ण इजलासमा

मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत असंवैधानिक भएको भन्दै एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।