झूटा विवरण पेस गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले दायर गरेको मुद्दामा सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल दोषी ठहर भएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा ‘रेमल’ चक्रवातको प्रभावबाट कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्ण बदली रहनेछ।
सिन्धुपाल्चोकको पूर्वी भेगका बासिन्दा चिनियाँ नागरिकसँग मिलेर यार्सागुम्बा संकलनका लागि चीन र नेपालको उच्च लेकमा पुगेपछि तातोपानी नाका सुनसान भएको छ।
नयाँ सडकलाई खुम्च्याएर फुटपाथ बढाउने काठमाडौँ महानगरपालिकाको निर्णयविरुद्ध स्थानीय बासिन्दा आन्दोलित भएका छन्।
नारायणग–ढमुग्लिन सडकखण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको संख्या दुई पुगेको छ।
गिरीबन्धु टी–इस्टेटको ५१ बिघा जग्गा साटफेर गर्न २०५२ सालमा आफूले मन्त्रीस्तरको निर्णय गरेको भन्दै तत्कालीन भूमिसुधारमन्त्री राधाकृष्ण मैनालीले त्यसको दोष मनमोहन अधिकारीलाई दिन नमिल्ने बताएका छन्।
गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा संकलन गर्न गएको समयमा लुटपाट गरिएको हो।
पक्राउ परेकी अपुलाले कोकिन मिसिएको क्याप्सुल निलेर पेटभित्र लुकाई छिपाई ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ।
चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारीसाधन एकापसमा ठोक्किएका छन्।
नेपालमा स्थानीय वायुको प्रभाव र देशको पूर्वी भूभागमा रेमल चक्रवातको आंशिक प्रभाव रहेको छ।
धार्चे गाउँपालिका–३, उहियाँस्थित यारुनजिकै पहाडबाट पहिरो खसेर सडक अवरुद्ध भएको धार्चे गाउँपालिका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिए।
बस्तुभाउबाट खेतीबाली जोगाउन गाउँलेले तगारो लगाउने गरेका मादी–१ सिक्लेसका वडा अध्यक्ष देवीजंग गुरुङ बताउँछन्।
महाशाखाले आगामी केही दिनसम्म तराईका भू–भागमा अत्यधिक गर्मीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
पछिल्लो ६ महिनायता नाकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने ‘किट’समेत उपलब्ध नभएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले बताए।
कोरला नाकाको नेपालतर्फ आवश्यक भौतिक संरचना नहुँदा व्यापारी, स्थानीय बासिन्दा र पर्यटक समस्यामा परेका छन्।
ढुंगासहित खसेको पहिरोले पुर्दा स्काभेटर चालक बर्दियाको गेडुवा गाउँपालिका-४ का अन्दाजी ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको छ।
पक्की पुल सञ्चालनमा आएपछि यहाँका पाँच हजारभन्दा बढी स्थानीय लाभान्वित भएका छन्। उनीहरूलाई यात्राका साथै ग्रामीण क्षेत्रमा उत्पादित कृषि उपज बजार पुर्याउन सहज भएको छ।
नुवाकोटको तादीखोलामा पौडी खेल्ने क्रममा शनिबार दुई जनाको मृत्यु भएको छ।
सिरहाको कर्जन्हा नगरपालिका–९ मा रहेको करिब तीन दशक पुरानो पासमान सामुदायिक भवनको जग्गा व्यक्तिलाई बिक्री गरिइएको पाइएपछि स्थानीय बासिन्दा आन्दोलित बनेका छन्।
संखुवासभाको किमाथांकासहित चीनसँग सीमा जोडिएका नाका शनिबारदेखि पुनः सञ्चालनमा आएका छन्।