गएको जेठ ५ गते आफ्नै घरमा मृत भेटिएकी वीरगन्ज–१२ मुर्लीकी मनीषा साहलाई दाइजोको निहुँमा कुटपिट र यातना दिने गरिएको माइती पक्षको भनाइ छ।
अध्यक्ष सिरोहिया नागरिकतासम्बन्धी विवादमा काठमाडौँस्थित कान्तिपुरको कार्यालयबाटै मंगलबार पक्राउ परेका थिए।
चुचुरोमा पुगेर फर्कने क्रममा ८ हजार ७५० मिटरको उचाइमा अवस्थित ‘साउथ समिट’ नजिक चिप्लिएर दुवैजना बेपत्ता भएका हुन्।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरेको विषयमा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूले आपत्ति जनाएका छन्।
मानबहादुरको शव घरको पसलमा तथा केकाइमायाको शव भान्छा कोठामा मृत फेला परेको छ।
सगरमाथा आधार शिविरस्थित पर्यटन विभागको अस्थायी कार्यालयका अनुसार कामीरिता बुधबार बिहान ७:४९ मा चुचुरोमा पुगेका हुन्।
राष्ट्रिय गौरवको कालीगण्डकीअन्तर्गत जोमसोम–कागबेनी खण्डमा कालोपत्र गर्न २०७८ असोज ४ गते रौताह–आत्रेय जेभीले २८ करोड १४ लाखमा ठेक्का सम्झौता गरेको थियो।
मेलाले रोजगारदाता र रोजगारीको खोजीमा रहेका नागरिकलाई जोड्ने पुलको रूपमा काम गर्ने श्रममन्त्री अर्यालको भनाइ छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसंघको जलवायुसम्बन्धी एजेन्सी ‘यूएन एफसीसी एसबीएसटीए’का अध्यक्ष ह्यारी भिरेउले शिष्टाचार भेटवार्ता गरेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसंघको जलवायुसम्बन्धी एजेन्सी ‘यूएन एफसीसी एसबीएसटीए’का अध्यक्ष ह्यारी भिरेउले शिष्टाचार भेटवार्ता गरेका छन्।
२०३८ सालदेखि २१ वर्षसम्म ललितपुरको प्रधानपञ्च र मेयर रहेका बुद्धिराज बज्राचार्यले यो सार्वजनिक जग्गा भएकाले अरुण चौधरीको कम्पनी र अन्य व्यक्तिविशेषको नामबाट जसरी पनि फिर्ता लिनुपर्ने माग गरेका छन्।
प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थापाथलीस्थित कान्तिपुर पब्लिकेसन्सको कार्यालयबाट पक्राउ गरेको छ।
नेपाल विद्युत् प्राधिकरण, नेपालगन्जका अनुसार हावाहुरीका कारण १५० भन्दा बढी पोल र चार ट्रान्सफर्मर क्षतिग्रस्त भएपछि विद्युत् सेवा प्रभावित भएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ।
‘दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्ने व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरेकोबारे अनुसन्धान कहिले हुने?’ सिरोहियाको प्रश्न छ।
मलास सडक सञ्जालसँग नजोडिँदा महेन्द्रनगरसम्म पुग्न झन्डै ६ घण्टा पैदलयात्रा गर्नुपर्ने बाध्यता छ। यहाँका स्थानीय केरा, आँप, काफल, नासपातीलगायत स्थानीय उत्पादन बिक्रीका लागि महेन्द्रनगर आउने गर्छन्।
बैतडीको पुर्चौडी नगरपालिका–४ भोडरका दाजु–बहिनीको भारतको कर्नाटकमा शंकास्पद मृत्यु भएको छ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एक जनालाई काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।
बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत मोटरेबल पुल निर्माण भएपछि खोलामा सवारीसाधन तारेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ।
बाँदरकै कारण धानखेती जोगाउन मुस्किल हुँदै गएपछि पोखरा महानगर–२६, खास्टेतालपारिका किसान सामूहिक रूपमा कागतीखेतीतर्फ लागेका छन्।