काठमाडौँका मेयर बालेन शाहले कलंकी–महाराजगन्ज रिङरोड विस्तारका सम्बन्धमा भौतिक पूर्वाधारमन्त्री महासेठ अगाडि नढ्दासम्म हरेक दिन उनलाई पायक पर्ने स्थानमा एक ट्रक धुलो उपहार पठाउने जनाएका छन्।
रुपन्देहीको तिलोत्तमा नगरपालिका— ६ स्थित तिनाउ नदीमा डुबेर एक जनाको मृत्यु भएको छ।
कुकुर र बिराला पाल्ने सोख भएका तर केही दिन घरबाहिर जानुपर्दा समस्यामा पर्ने जनावरधनीहरूका लागि काठमाडौँमा ‘पेट होस्टल’ धमाधम खुल्न थालेका छन्। यस्ता होस्टलले कसरी दिन्छन् सेवा?
कपिलवस्तु नगरपालिका–३ मा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्ड स्तरोन्नतिका लागि दुई दिन बन्द भएको छ।
जिल्लाकै अग्लो देवचुली डाँडामा पदयात्रा गर्न जाने, तराइबाट गर्मी छल्न र होमस्टेमा बास बस्न आउने गरेका छन्। होमस्टेअन्तर्गत पाहुनाका लागि १३ वटा घर रहेका छन्।
पैदलमार्गमा सिँढी निर्माण तथा रेलिङको काम थालेको छ। करिब दुई किलोमिटर क्षेत्रमा सिँढी बनाउने काम पूरा गरेपछि यहाँ आउने पर्यटकलाई थप सुविधा हुनेछ।
उत्पीडनको यथार्थ र संवेदनशीलता बुझ्ने व्यक्तिहरू सत्ता, संसद् र न्याय प्रशासनमा विरलै पुगेका छन्। यसले समाजमा विद्यमान जातीय छुवाछुत र विभेदलाई टिकाई राख्न मद्दत पुर्याएको छ।
संरक्षणका लागि भन्दै डोजर लगाइएपछि जैमिनी–३ मा रहेको गाजाको दह (ताल), ढोरपाटन–९ मा रहेको रुद्रताल, काठेखोला–४ मा रहेको खोरताल र तमानखोला–२ मुठाचौरस्थित बराहताल सुक्न थालेका छन्।
दिनप्रतिदिन चुरे मासिँदै जाँदा मधेशमा पानीको हाहाकार हुन थालेपछि केन्द्र सरकारको ध्यानाकर्षण गराउन काठमाडौँसम्म आउनुपरेको अभियानका सदस्य दीपक यादव बताउँछन्।
नवलपरासीमा फागुनदेखि जेठ ९ गतेसम्म तीन पाटेबाघ मृत फेला परेका छन्।
भारतमा जारी लोकसभा निर्वाचनलाई लक्षित गर्दै सीमा नाका बन्द गरिँदा सवारीसाधन चल्न पाएका छैनन् भने भारत जानेहरू पैदल हिँडेर सीमा पार गर्ने गरेका छन्।
बाल संगठनको नक्सालस्थित जग्गा हिनामिना प्रकरणमा सीआईबीले १४ दिनअघि पक्राउ पुर्जी लिए पनि कोही समातिएका छैनन्। सीआईबीस्रोत भन्छ, ‘गृहमन्त्रीकै ग्रिन सिग्नल पाएनौँ।’
बौद्ध धर्मावलम्बीले २५६८औँ बुद्धजयन्तीका अवसरमा बिहीबार भक्तपुरको मध्यपुर थिमिमा बुद्ध प्रतिमाको नगर परिक्रमा गराएका छन्।
सरकारले यातायात व्यवस्था कार्यालयमा दर्ता भएको वा हुन लागेको सबै सवारीमा ‘इम्बोस्ड’ नम्बर अनिवार्य गरेको छ। तर सवारीसाधनका अधिकांश प्रयोगकर्ता यसबारे बेखबर छन्।
बाजुराबाट रारातर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन्।
घाइते कर्मचारीलाई सीता एयरकै जहाजमार्फत उपचारका लागि नेपालगन्ज लगिएको प्रहरीले जनाएको छ।
घरअगाडि नै पाइप पुगेका भए पनि नियमित पानी आउँदैन। धारामा पानी नआएपछि तीन घण्टा हिँडेर खोलाबाट पानी ल्याउनुपर्ने अवस्था रहेको तुलसीपुर–३ अम्बासकी शशिकला विकले बताइन्।
सडक विस्तारको काम भइरहेको अवस्थामा चामेका चार ठाउँमा काठेपुल निर्माण गरी सञ्चालन भइरहेका छन्। दीर्घकालीन हुनेगरी पक्की पुल नहुँदा वर्षा लाग्ने समयमा अझ जोखिम बढ्ने स्थानीय बताउँछन्।
मंगलबार मात्रै विशेष अदालतले पाैडेललाई भ्रष्टाचारी ठहर गर्दै २ वर्ष कैद सजाय र २५ करोड बिगो र त्यति नै जरिबानाको फैसला सुनाएको थियो।