बाँदरकै कारण धानखेती जोगाउन मुस्किल हुँदै गएपछि पोखरा महानगर–२६, खास्टेतालपारिका किसान सामूहिक रूपमा कागतीखेतीतर्फ लागेका छन्।
पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको तालका कारण स्थानीय व्यापार व्यवसायसमेत फस्टाएको थियो। विगत एक वर्षदेखि तालसँगै आयस्रोत पनि सुक्दै गएको स्थानीय बासिन्दाको भनाइ छ।
सुर्खेतमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्।
म्याग्दीको बेनी बजारमा खानेपानी आपूर्तिको वैकल्पिक व्यवस्था मिलाउन र गुणस्तर सुधार गर्न सञ्चालित आयोजना निर्माण बजेट अभावमा ठप्प भएको छ।
निर्माण कम्पनीले निर्धारित समयमा काम गरेको भए विसं २०७६ असारमा बनिसक्ने थियो। तर, आठ वर्षसम्म पनि पुल नबन्दा स्थानीयले सास्ती खेप्नुपरेको छ।
चन्द्रागिरि नगरपालिकाको प्रत्येक वडामा एकभन्दा बढी ज्येष्ठ नागरिक क्लब सञ्चालनमा छन्। हरेक क्लबलाई पालिकाले वार्षिक आठ लाख रुपैयाँ बजेट पनि व्यवस्था गरेको छ।
संखुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन्।
काठमाडाैँको बूढानीलकण्ठ क्षेत्रमा सुन लुटपाट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
सिकार गर्न नसक्ने अवस्थामा मानिसमाथि आक्रमण गरेपछि मनहरीबाट उद्धार गरी सौराहा ल्याइएको पोथी बाघ मरेको हो।
अहिले कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङका साथै हावाहुरीसहित हल्का वर्षा भइरहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय कैलालीका प्रमुख गणेशप्रसाद उपाध्यायले झन्डै ४० प्रतिशत नागरिकले पाइप लाइनबाट वितरित फिल्टर जडान नभएको खानेपानी र हेन्डपम्पको खानेपानी उपभोग गरिरहेको बताए।
हावाहुरीले चौदण्डीगढी नगरपालिकाको हडिया, सुन्दरपुर र बेलका नगरपालिका आम्बासी, भागलपुर, पुरनदह क्षेत्रमा सयौँ घरको टिनको छानो उडाएको प्रहरीले जनाएको छ।
अख्तियारले जंगलको जग्गा व्यक्तिका नाममा पुर्याएको अभियोगमा टीकापुर मालपोत कार्यालयका तत्कालीन प्रमुख, जग्गाधनीसहित आठ जनाविरुद्ध मुद्दा दायर भएको छ।
चितवन राष्ट्रिय निकुञ्जले बजेट अभावका कारण ताल तलैयाको माटो, गेग्र्यानलगायत पानीका मुहानमा सरसफाइ र व्यवस्थापनको काम गर्न समस्या भएको जनाएको छ।
सम्झौताअनुसार काम भएको भए यतिबेला पुल बनेर गाडी गुडिसकेका हुन्थे। निर्माण व्यवसायीको ढिलासुस्तीका कारण उक्त पुलको काम अलपत्र अवस्थामा छ।
गत शुक्रबार तारकेश्वर नगरपालिका–९ मनमैंजुस्थित एक निर्माणाधीन घरको भुइँमा घिमिरे मृत फेला परेका थिए । उक्त घरलाई लागुऔषध प्रयोगकर्ताले अखडा बनाएका थिए।
तनहुँको बन्दीपुरमा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु भएको छ।
भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ।
अध्यागमन विभागका महानिर्देशकले आगमन विन्दुमा भिसा (अन अराइभल भिसा), गैरआवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने गरी मन्त्रालयले अधिकार प्रत्यायोजन गरेको हो।
बागमती प्रदेशसभाको शनिबारको बैठकले संसदीय विशेषाधिकार समिति गठन गरेको छ।