AnonymousUser

Logout

संखुवासभामा पहिरोले ३ घर बगायो, ९ परिवार विस्थापित

बुधबार राति वर्षासँगै गएको पहिरोले संखुवासभाको खाँदबारी नगरपालिकामा तीन घर बगाएको छ भने एक जना घाइते भएका छन्।

तराईमा घटेन तापक्रम: वीरगन्जका विद्यालयमा थप ३ दिन बिदा

महानगरले बिहीबारदेखि असार २ गतेसम्म आफ्नो क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा दिने निर्णय गरेको छ।

नारायणगढ–मुग्लिन सडक: २५ ठाउँमा पहिरोको जोखिम

मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम छ। सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि ५२ करोड रुपैयाँ खर्च हुने अनुमान छ।

भद्रकाली परिसरको पुनर्निर्माण थालिँदै, लागत करिब ३६ करोड 

मन्दिरको पश्चिम, उत्तर र दक्षिणतिर पाटी सत्तललगायत भवन संरचना छन्। यसको पुनर्निर्माणको लागत अनुमान करिब ३६ करोड रुपैयाँ छ। 

आईएलओको ‘गभर्निङ बडी’मा नेपाल निर्वाचित

सन् १९६६ मा अन्तर्राष्ट्रिय श्रम सगंठनमा आबद्ध भएयता नेपालले दोस्रो पटक सञ्चालक समितिमा निर्वाचित भएको हो।

नेपाल टेलिकमको एमडी नियुक्ति : मापदण्ड फेर्दै, ‘आफ्ना’लाई तान्दै

‘शक्ति केन्द्र’ले रोजेको उम्मेदवारलाई नियुक्ति दिन सहज हुने गरी सरकारले मापदण्ड हेरफेर गर्ने क्रम २०७५ सालयता चौथो पटक दोहोरिएको छ। जेठ २२ गते सरकारले दरखास्त आह्वान गरेपछि पछिल्लो तथ्य बाहिरिएको हो।

घुम्ती शिविरमार्फत न्याय सम्पादन 

घोराही उपमहानगरपालिकाको न्यायिक समितिले न्यायिक घुम्ती शिविरमार्फत न्याय सम्पादन गर्नेदेखि कानूनी साक्षरता अभियानलाई अगाडि बढाएको छ।

कर्णालीको झोलुंगे पुल तत्काल मर्मत गर्न माग

सांसद सीताकुमारी रानाले झोलुंगे पुलको जोखिमका कारण दैलेख जिल्ला प्रशासन कार्यालयले २० दिन विद्यालय बन्द गर्ने निर्णय गरेकाले विद्यार्थी पढ्नबाट वञ्चित हुनु परेको बताएकी छन्।

अरुण तेस्रोका मजदुर सुतिरहेको स्थानमा पहिरो: १ जनाको मृत्यु, २ घाइते

अविरल वर्षापछि खसेको पहिरोमा पुरिएर अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गंगाराम थारुको मृत्यु भएको प्रहरीले जनाएको छ।

वर्षाले खाँदबारी–नुम सडकमा क्षति

वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ। पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास भइरहेको सडक कार्यालयले जनाएको छ।

कालोपत्र सडकले जोडियो म्याग्दीको बाबियाचौर

बेनी बजारबाट मंगला गाउँपालिका–२ सिमसम्म १२.५ किलोमिटर कालोपत्र गरिएको छ। बाबियाचौरमा सडक पुगेको २० वर्षपछि कालोपत्र भएको हो।

वैवाहिक बलात्कार मुद्दामा गिरीलाई ७ वर्ष कैद

काठमाडौँ जिल्ला अदालतले निलम्बित न्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैदको फैसला सुनाएको छ।

विमान दुर्घटनामा मलावीका उपराष्ट्रपतिसहित ९ जनाको मृत्यु

विमान दुर्घटनामा मलावीका उपराष्ट्रपति साउलोस चिलिमासहित नौ जनाको मृत्यु भएको छ।

गण्डकीको नीति तथा कार्यक्रम : प्राथमिकतामा कृषि, शिक्षा स्वास्थ्य र पर्यटन

गण्डकी प्रदेशले खेलकुदतर्फ साहसिक, मनोरञ्जनात्मक, परम्परागत र वैकल्पिक खेलकुद प्रतियोगिता आयोजना गरी गण्डकी प्रदेशलाई खेलकुद पर्यटन केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।

अचेल गाउँघरमा देखिँदैनन् ढिकीजाँतो

ढिकीजाँतोमा कुटानीपिसानी गर्दा धेरै दुःख र समय लाग्ने, गाउँ–गाउँमा आएको मिलले छिटोछरितो र सहज हुने भएपछि ढिकीजाँतो लोप हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ। 

वन पैदावार विकास समितिका १९४ कर्मचारीले ७ महिनादेखि पाएनन् तलब

वन तथा वातावरण मन्त्रालयअन्तर्गत वन पैदावार विकास समितिका १९४ कर्मचारीले सात महिनादेखि तलब नपाएको गुनासो गरेका छन्।

भरत ताल निर्माण गर्दा अनियमितता, बागमतीका नगरप्रमुख भरत थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भरत ताल निर्माण गर्दा उत्खनन भएको ढुंगा, गिट्टी, बालुवा लगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा ३० करोड रुपैयाँ अनियमितता गरेको आरोपमा बागमतीका नगरप्रमुख भरत थापासहित ६ जनाविरुद्ध मुद्दा दायर भएको छ।

विदेश पठाउने भन्दै १५ करोड ठगी गरेको आरोपमा ३ जना पक्राउ

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ३०० जनाभन्दा बढी व्यक्तिको १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

अमेरिकाले किन रोक्छ ‘सेलेब्रिटी’को भिसा?

अमेरिकाले गुजरातका तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदी, प्रख्यात फुटबलर म्याराडोना, दक्षिण अफ्रिकी राष्ट्रपति नेल्सन मण्डेला, बलिउड अभिनेता शाहरूख खानलाई पनि भिसा दिएको थिएन। किन अस्वीकार हुन्छ भिसा?

कभर्डहल अलपत्र पार्ने ठेकेदारलाई संरक्षण, महालेखाले उठायो प्रश्न

निर्माण अधुरो राख्ने ठेकेदारलाई कालो सूचीमा राख्ने, सरकारी बाँकी रकम असुललगायत प्रक्रिया पूरा नगरेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ।