AnonymousUser

Logout

१ महिनामा ९० हजार विदेशी पर्यटकले गरे नेपालको भ्रमण

सन् २०२३ को तुलनामा यस वर्ष पर्यटक आगमन १६.१० प्रतिशतले वृद्धि भएको नेपाल पर्यटन बोर्डले जनाएको छ।

सम्पर्कमा नआउने सहकारी खारेज गर्न सुझाव

विवरण पेश गर्न विभागको पटक–पटकको सूचनालाई बेवास्ता गरेपछि काठमाडौँ महानगरले अनुगमन गरी सहकारीलाई कारबाहीको तयारी गरेको हो।

नोभेम्बरमा ‘वुमन फेस्टिभल’ आयोजना गर्दै काठमाडौँ महानगर

बेलायतबाट फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रमुख डंगोलले आगामी नोभेम्बरमा काठमाडौँले ब्रिटिस काउन्सिलसँगको सहकार्यमा फेस्टिभल आयोजना गर्ने बताएकी छन्। 

पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध

मुग्लिन–पोखरा सडक विस्तारका क्रममा खनिएको भित्तो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

स्रोत नखुलेको १ करोड रुपैयाँसहित १ जना पक्राउ

सशस्त्र प्रहरी बलको टोलीले घुस्की नाकाबाट हरिनगरतर्फ जाँदै गरेको कारभित्र बोरामा लुकाइराखेको अवस्थामा उक्त रकम फेला पारेको हो।

मुगुमा यार्सा संकलनका क्रममा मृत्यु हुनेको संख्या ४ पुग्यो, १ जना गम्भीर

मुगुमकार्मारोङ गाउँपालिकाले २४ भन्दाबढी क्षेत्रमा यार्सा संकलन गर्न वैशाख २५ गते  प्रवेश खुला गरेको थियो। 

पानीको जोहो गर्न रातभर जाग्राम

महोत्तरीमा मुहान सुक्दै गएपछि मानिस मात्र नभएर घरपालुवा पशु, चराचुरुंगी र वन्यजन्तुले पनि पानीको संकट झेल्दै छन्। बालीनाली पहेँलिएर सुक्न थालेको छ।

दाङमा हावाहुरीले घर भत्किँदा १ जनाको मृत्यु

दाङ– दाङमा हुरीसहितको वर्षाले घर भत्किँदा एक जनाको मृत्यु भएको छ। तुलसीपर उपमहानगरपालिका–१२ रझेनीमा ७० वर्षीय भगवान् खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। शनिबार साँझ ८ बजेतिर ह…

गाजामा ज्यान गुमाएकाहरूको काठमाडौँमा सम्झना (तस्वीरहरू)

युवाले गाजामा ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा काठमाडौँको माइतीघरमा दीप प्रज्वलन गरेका छन्।

बेलायतसँग हुने सातौँ चरणको वार्ता परिणाममुखी बनाउन माग

समितिले समानताका लागि बेलायती सेनासरह नै समान पेन्सन र जुनसुकै उमेर समूहका भए पनि भूपू सैनिकका छोराछोरी बिनाशर्त बेलायत जान पाउनुपर्ने माग गर्दै आएको छ।

यार्सा संकलनमा गएका २ जनाको लेक लागेर मृत्यु, १ को अवस्था गम्भीर

मुगुमा यार्सागुम्बा टिप्न गएका दुई जनाको लेक लागेर मृत्यु भएको छ भने अर्का एक जनाको अवस्था गम्भीर रहेको छ।

मनसुन ११ दिनपछि भित्रिने पूर्वानुमान

मनसुन बांग्लादेश, भुटान हुँदै भारतको सिक्किमसम्म आइपुगेको र नेपालमा प्रवेश गर्न अझै ११ दिन लाग्ने विभागको पूर्वानुमान छ।

पाल्हीनन्दनका भूमिहीन दलित सडकमै बस्न बाध्य

आवासका लागि जमिन उपलब्ध गराइदिन पालिका, वडा कार्यालय र आयोगसँग आग्रह गरिरहेको तर हालसम्म सुनुवाइ नभएको उनीहरूको गुनासो छ।

दार्चुलामा यार्सा टिप्न गएका १ जनाको लडेर मृत्यु

दार्चुलामा यार्सागुम्बा टिप्न गएका युवकको भीरबाट लडेर मृत्यु भएको छ।

यसरी भिडियो बनाएर बेचिएको थियो गिरीबन्धु टी-इस्टेटको जग्गा

गिरीबन्धु चिया बगान सट्टाभर्ना गर्न राजनीतिक तहमा ‘सेटिङ’ हुनुअगावै केही ठूला व्यापारी र धनीमानीलाई जग्गा बिक्री गर्न बैनाबट्टाका लागि ‘डिजिटल म्याप’ तयार गरिएको थियो।

कैलालीको चिडिया तालसम्म पदमार्ग निर्माण, पर्यटक बढ्ने अपेक्षा 

१५ लाख रुपैयाँ लागतमा ४०० मिटर लामो पदमार्ग निर्माण गरिएको हो। पदमार्ग निर्माण भएसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई दृश्यावलोकन तथा वनभोजका लागि सहज हुनेछ।

नेपालगन्जका विद्यालयमा असार ७ सम्म गर्मी बिदा

यसअघि जेठ १५ देखि १८ गतेसम्म पनि गर्मी बिदा दिएको थियो। गर्मी नघटेपछि बिदा थपिएको उपमहानगरले जनाएको छ। 

तिलिचो ताल घुम्न गएका युवक ४ दिनदेखि सम्पर्कविहीन

ललितपुर नखिपोटका ३१ वर्षीय प्रकाश गोरखाली तिलिचो ताल जाने क्रममा जेठ १६ गते दिउँसोदेखि सम्पर्कविहीन भएका हुन्।  

पर्यटन विकास आयोजनाका कर्मचारी घुससहित पक्राउ

अख्तियारले पर्यटन विकास आयोजना इकाई कार्यालय काठमाडौँका सब–इन्जिनियरद्वय राजनकुमार भट्टराई र सञ्जय अर्याललाई घुससहित पक्राउ गरेको छ।

अकोराबलाई ‘मिडिया च्याम्पियन’ उपाधि

आईटीयूले प्रदान गर्ने डब्ल्यूएसआईएस, २०२४ अन्तर्गत मिडिया विधामा अकोराब च्याम्पियन बनेको छ।