AnonymousUser

Logout

भदौ मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाए साउनदेखिकै भत्ता पाइने

सरकारले आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै भत्ता उपलब्ध गराउने भएको छ।

चित्लाङमा दूध उत्पादनका लागि बाख्रा विकास गरिँदै

बाख्रा विकास फार्म चित्लाङले गाईभैँसी पाल्न नसक्ने र थोरै घाँस भएका किसानका लागि दूध उत्पादन गर्ने जातको बाख्रा विकास गरिरहेको छ।

निलम्बित अर्याललाई योजना आयोगमा विशेष पद सिर्जना गरी सरुवा गर्ने मन्त्रिपरिषद्को निणर्य 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले योजना आयोगमा राजपत्रांकित विशिष्ट श्रेणीको मुख्यसचिवसरहको विशेष पद सिर्जना गरी उनलाई सरुवा गर्ने निर्णय गरेको हो।

मेलम्चीमा आएको बाढीले अस्थायी पुल बगायो

विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो।

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भूभागमा र लुम्बिनी प्रदेशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव  रहेको छ।

मकवानपुरमा जंगली च्याउ खाँदा १ जनाको मृत्यु, ४ बिरामी

राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा एक जना मृत्यु भएको छ भने चार जना बिरामी भएका छन्।

मुख्यसचिवविरुद्ध अन्तःशुल्क स्टिकरमा भ्रष्टाचार मुद्दा, चर्चामा रहेको टेरामक्स संशयमा

‘हाइप्रोफाइल’हरू मुछिएका कारण चर्चामा रहेको टेरामक्स प्रकरणको मुद्दा अदालत पुग्न बिलम्ब हुनु, त्यसमै मुछिएका मुख्यसचिवविरुद्ध अन्तःशुल्क स्टिकरमा मुद्दा दायर हुनुलाई कतिपयले संशयपूर्ण मानेका छन्।

सांसद भन्छन्– वृद्धभत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गराउँदा ज्येष्ठ नागरिकलाई सास्ती भयो

राष्ट्रियसभा सदस्यहरूले ज्येष्ठ नागरिकलाई भत्ता लिनका लागि राष्ट्रिय परिचयपत्र लिनुपर्ने व्यवस्था झन्झटिलो रहेको भन्दै यसमा तत्काल सुधार गरी सहज बनाउनुपर्नेमा जोड दिएका छन्।

बनेन सिमकोटलाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने पुल

हिउँदयाममा पानी कम हुँदा ट्याक्टर, एक्स्काभेटर, डोजर, बोलेरोलगायतका सवारीसाधनले जोखिम मोलेर कर्णाली नदी वारपार गर्छन् भने वर्षायाममा पानीको बहाव बढ्दा बन्द हुने गरेको छ। 

सामान्य अंकले घटेको नेप्सेमा ४ अर्ब ३७ करोडको कारोबार

आइतबार वित्त समूह ५.४९ र अन्य समूह ०.२५ प्रतिशतले बढेको छ भने अरू सबै समूहको उपसूचक घटेको छ।

अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता, मुख्यसचिव अर्यालसहित १२ जनाविरुद्ध मुद्दा

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियारले मुख्यसचिव अर्यालसमेत १२ जनाविरुद्ध विशे‍ष अदालतमा मुद्दा दायर गरेको छ। 

दक्षिण कोरियाको राजदूतमा सिफारिस प्याकुरेलद्वारा पद अस्वीकार

प्याकुरेलले आफूलाई नसोधेरै राजदूतमा नाम सिफारिस गरिएको र राजदूत बन्ने आफ्नो चाहना नै नभएको भन्दै पद स्वीकार नगरेको बताएका छन्।

बाँकेमा कम्पोष्ट मलका लागि ढैँचाखेती

धानबालीलाई आवश्यक पर्ने कुल नाइट्रोजनको २५ प्रतिशत भाग ढैँचाखेतीबाट परिपूर्ति गर्ने हुँदा यसप्रति किसानको आकर्षण बढ्दै गएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख शकील अहमदको भनाइ छ।

काठमाडौँ महानगरको नदी सफाइ अभियान

एक हप्तायता महानगरको सफाइ समूह राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा जुटेको छ।  यसअघि रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुशी सफाइ गरिएको छ। 

मुख्यसचिव वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय

सञ्चारसचिव रहँदा अर्यालले दूरसञ्चार प्राधिकरणको सुरक्षण मुद्रण केन्द्रको अन्तःशुल्कको स्टिकर खरिदमा राज्यकोषमा अर्बौं रुपैयाँ क्षति पुग्ने गरी निर्णय गरेको अख्तियारको निष्कर्ष छ।

पहिरोले डुम्रे–बेँसीशहर सडक पुनः अवरुद्ध

बेँसीशहर नगरपालिका–१ दलालमा आइतबार बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको हो। पानी परिरहेको र पहिरो पनि निरन्तर खसिरहेकाले खुल्न समय लाग्ने प्रहरीले जनाएको छ।

बाढीले बगाउँदा जाजरकोटमा १ जनाको मृत्यु, ६ घाइते

शनिबार राति ११ बजे खोलामा माछा मारिरहेका बेला आएको बाढीले बगाउँदा कुशे–९ का इन्द्रबहादुर रोकायको मृत्यु भएको छ।

ब्युटीपार्लरमा काम दिने बहानामा नाबालिकालाई यौनधन्दामा लगाउने २ जना पक्राउ

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले खोजतलास गर्दा काठमाडौँको ठमेल र टोखामा नाबालिकालाई यौनधन्दामा लगाएको भेटेपछि थप निगरानी बढाएको छ।

दार्चुलामा सिकार गर्ने क्रममा गोली लागेर १ जनाको मृत्यु

दार्चुलामा सिकार गर्ने क्रममा भरुवा बन्दुक पड्किँदा गोली लागेर एक जनाको मृत्यु भएको छ।

डोल्पाको फोक्सुन्डो खोलामा डुबेर २ बालिकाको मृत्यु

डोल्पाको फोक्सुन्डो खोलामा डुबेर दुई बालिकाको मृत्यु भएको छ।