एक जनालाई उत्कृष्ट उद्यमी राष्ट्रिय पुरस्कार तथा सात जनालाई उद्यमी राष्ट्रिय पुरस्कारद्वारा नगदसहित सम्मान गरिएको हो।
ढुंगा बोकेको ट्रयाक्टर एक्कासि सडकबाट एक सय मिटर तल रहेको घरको छतमा खसेको प्रहरीले जनाएको छ।
काठमाडौँ महानगरले गत जेठ २३ गते आफू मातहतमा सञ्चालनमा रहेका ५२ वटै निजी अस्पताललाई आफ्नै फार्मेसी सञ्चालनका लागि निर्देशन दिएको थियो।
त्रियुगा–१४ का वडाध्यक्ष हेमराज मगरका अनुसार साउनेको गाईघाट–दिक्तेल सडकअन्तर्गत हाडेथुम्काको डाँडाबाट पहिरो खसेका कारण सडक पुरिएको हो।
लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले पाँचवटै वडाका ४५४ घरपरिवारलाई निःशुल्क एक–एक थान विद्युतीय चुल्हो वितरण गरिएको जानकारी दिए।
तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २०७१ सालमा फिचर एन्ड सराउद्दिन जेभीले ठेक्का पाएको थियो।
व्यावसायिक किसान र बीएससी कृषि वा सो सरह अध्ययन गरेका व्यक्तिहरूले आवेदन दिन सक्छन् भने कार्यक्रममा १६ वटा विषयगत एपिसोड हुनेछन्।
२१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा बागलुङका चार र हुम्लाका तीन किसान आ-आफ्नो जिल्लामा पुरस्कृत भएका हुन्।
२१औँ राष्ट्रिय धान दिवस ललितपुरको खोकनामा पनि विशेष कार्यक्रम गरेर मनाइएको छ।
राष्ट्रिय जनगणना–२०७८ कोतथ्यांकअनुसार मधेशमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको संख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ।
आगामी साउन १ गतेदेखि वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण अनलाइन प्रणालीबाट हुने भएको छ।
नक्कली शरणार्थी गिरोहमाथि प्रहरी अनुसन्धान र आरोपी पक्राउ शुरू भएयता फरार रहेका झा भारतका विभिन्न शहरमा बस्दै आएको जानकारी गृह प्रशासनले पाएको थियो।
पहिरोमा परेर आमा ३१ वर्षीया दुर्गा जिटी र उनकी तीन वर्षीया छोरी निकिसाको मृत्यु भएको छ।
स्थानीयको सहयोगमा अहिले प्रहरीले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेको मालिका–६ का वडाध्यक्ष दीपक भण्डारीले जानकारी दिए।
पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङखण्ड पनि अवरुद्ध भएको छ। यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ।
यस अध्ययन सामग्रीले अपांगता भएका नागरिकलाई पूर्वतयारी, प्रतिकार्य तथा पुनर्स्थापनाका लागि सचेत बनाउन सहयोग गर्ने प्राधिकरणले जनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा बाैद्धबाट पक्राउ परेका छन्।
क्यानले बिनाअनुमति दुबई हुँदै इटाली जहाज लगेको भन्दै सी–चेकको अनुमति दिएको थिएन।
काठमाडौँ महानगरपालिकाले वर्षाका कारण फोहोर व्यवस्थापन हुने समस्या समाधान भइसकेको जनाएको हो।
प्रतिनिधिसभाको शुक्रबारको बैठकमा जलस्रोत विधेयक–२०८१ पेस गरिएको छ।