AnonymousUser

Logout

१८ तले भ्यु टावरबाट तल... (तस्वीर–कथा)

दमकमा बनेको भ्यु टावर पुग्न अझै पक्की सडक पुगेको छैन। खानेपानीको सुविधा नहुँदा आसपासका स्थानीय कल पेलेर पानी चलाउँछन्। ढल र नहरको ‘कागजी योजना’ मात्रै बनेको छ।

कालिकोटको रहगाड खोलामा पुल नबन्दा स्थानीयलाई सास्ती

२०७८ सालको बाढीले झोलुंगे पुल बगाएपछि कुनै निकायले बनाउने चासो दिएका छैनन्। पुल नहुँदा फलेकको साँघुबाट जोखिमपूर्ण यात्रा गर्न स्थानीय बाध्य छन्।

जनधनको क्षति कम गर्न बाढीको पूर्वसूचना दिने प्रणाली प्रभावकारी

झापाका १५ र इलामका ११ वटा बस्तीमा बाढीको अग्रिम सूचना दिन साइरन जडान गरिएको छन्। मानव परिचालित ती साइरनलाई प्रविधियुक्त बनाएर स्वचालित बनाउने योजना अघि बढाइएको छ।

काठमाडौँको सीतापाइलामा कार दुर्घटना, चालकको मृत्यु

कल्भर्टमा कार खस्दा घाइते भएका नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको उपचारका क्रममा मृत्यु भएको छ।

देशभर झन्डै १० प्रतिशत मात्र धान रोपाइँ सम्पन्न, सबैभन्दा धेरै सुदूरपश्चिममा

'जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि' भन्ने नाराका साथ असार १५ मा २१‍औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने तयारी गरेको मन्त्रालयले जनाएको छ।

बन्दीपुरलाई संरक्षित क्षेत्र घोषणा

बन्दीपुर गाउँपालिकाको १५औँ गाउँसभामा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सो कार्यक्रम सञ्चालन गरिने घोषणा गरे।

जाजरकोट–जुम्ला सुरुङमार्ग निर्माण गर्न ‘प्रि–फिजिबिलिटी’ सम्पन्न 

अध्ययनअनुसार सुरुङ बनाउन करिब ३५ अर्ब रुपैयाँ लाग्ने प्रक्षेपण गरिएको छ। सुरुङ निर्माण भएमा लुम्बिनी, दाङ, सल्यान, जाजरकोट, जुम्ला हुँदै रारा पुग्ने दुरी छोटिने छ।

गिरीबन्धुको जमिन खरिदबिक्रीमा मेयरदेखि तत्कालीन मुख्यमन्त्रीसम्म

गिरीबन्धुको जग्गा बैना गर्नेमा बिर्तामोड नगरपालिकाकी मेयर पवित्रा महतारा, पूर्व मेयर ध्रुवकुमार शिवाकोटी, बुद्धशान्ति गाउँपालिका प्रमुख मनोज प्रसाईं र कोशीका तत्कालीन मुख्यमन्त्री उद्धव थापासमेत छन्।

विवाहको बहानामा चीन पुर्‍याई मानव बेचबिखन गर्ने महिला पक्राउ

गत फागुन १० गते भिजिट भिसामा चीन पुर्‍याई १ लाख ५० हजार रूपैयाँमा चिनियाँ नागरिकलाई बेचबिखन गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको  छ। 

मनसुन शुरू भएपछि विपद्‌बाट ३३ जिल्ला प्रभावित, २८ जनाको मृत्यु

मनसुन भित्रिएपछि कूल १४७ विपद्का घटना भएको र ती घटना परेर २८ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। 

मुग्लिन–पोखरा सडक विस्तार: ५३ किलोमिटर कालोपत्र

पूर्वी खण्डमा डुम्रे बजार नजिकको पुल बनिसकेको छ भने आँबुखैरेनी र दमौली नजिकको अन्तिम चरणमा पुगेको छ। तनहुँको मादी नदीमा आर्क डिजाइनको पुल निर्माणाधीन छ।

एकै दिनमा ४४ वटा विपद्जन्य घटना: १४ जनाको मृत्यु, २ बेपत्ता

पहिरोबाट आठ जना, चट्याङबाट पाँच जना र बाढीबाट एक जनाको मृत्यु भएको छ।

ढल्केबर–इनरुवा प्रसारण लाइन सञ्चालनमा

ढल्केबर–इनरुवा खण्ड सञ्चालनमा आएसँगै देशभित्र पहिलोपल्ट ४०० केभीबाट विद्युत् प्रसारण शुरू भएको छ।

सिंहदरबार प्रवेशका लागि साउनदेखि ‘ई–गेटपास’

अस्थायी पास दुरुपयोग भएका गुनासा बढेपछि ती पास खारेज गरेर क्यूआर कोडसहितको प्रवेशपास प्रयोगमा ल्याइने गृह मन्त्रालयले जनाएको छ।

हिरासतमा हुने यातना र दुर्व्यवहार अन्त्य गर : एम्नेस्टी इन्टरनेसनल 

एड्भोकेसी फोरम–नेपालले मुलुकी अपराध संहिता लागू भएपछि विभिन्न हिरासतमा भएका यातना र मृत्युका १०९ वटा घटनाहरूको अभिलेख गरेको जनाएको छ। 

लमजुङ पहिरो : पुरिएका ४ जनाको शव निकालियो

गएराति गएको पहिरोमा तीन वटा घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए।

जलवीरेमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

बुधबार बिहानदेखि परेको अविरल वर्षाका कारण पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। पानी परिरहेकाले पहिरो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ।

कैलालीमा चट्याङ लागेर २ जनाको मृत्यु, ६ घाइते

जोशीपुर –३ भितरियाका ३१ वर्षीय जयराम डगौरा र धनगढी– १८ एफ गाउँका २७ वर्षीय शालिम चौधरीको चट्याङ लागेर निधन भएको छ।

कतारमा दुर्घटना: तोकियो क्षतिपूर्ति टुंगिएन प्रक्रिया, ह्विलचेयर फेर्न छैन पैसा

काम गर्दागर्दै डेढ टन सामानको बन्डलले थिचिएर अपांगता भएका डिल्लीलाई कतारको श्रम मन्त्रालयले झन्डै ५ लाख रियाल दिनुपर्ने सिफारिस गरे पनि त्यहाँको अदालती प्रक्रिया नटुंगिदा चार वर्षसम्म रकम पाएका छैनन्।

कैदकट्टाका लागि ६२० जनाको नाम सिफारिस, कैफियत भए उजुरी दिन अनुरोध 

कैद छुटको लागि सिफारिस गर्न योग्य ६२० कैदीबन्दीको निवेदनसहितको विवरण सम्बन्धित कारागार प्रशासक र प्रमुख जिल्ला अधिकारीबाट सिफारिस भई आएको विभागले जनाएको छ।