AnonymousUser

Logout

मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु

मनसुन शुरू भएयता बाढी, पहिरो, चट्याङजस्ता मनसुनजन्य विपद्का कारण ६२ जनाको मृत्यु, चार जना बेपत्ता र ९० जना घाइते भएका छन्।

फौजदारी न्याय प्रशासन सुधार अध्ययन कार्यदलले बुझायो प्रतिवेदन

फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदलले आफूले‍ तयार पारेको प्रतिवेदन आइतबार प्रधानमन्त्रीलाई बुझाएको छ।

जयपृथ्वी राजमार्ग पहिरोले अवरुद्ध

बझाङ र बैतडीको सिमाना नजिकै पहिरो खस्दा बझाङबाट धनगढी, महेन्द्रनगरतर्फ गइरहेका बस तथा जिप र महेन्द्रनगर, धनगढीबाट बझाङ आइरहेका सवारीसाधन बाटोमा रोकिएका छन्।

कोशी ब्यारेजका सबै ढोका खोलिए, सतर्कता अपनाउन आग्रह

कोशी ब्यारेजमा प्रतिघण्टा तीन लाख ६८ हजार क्युसेकभन्दा बढी पानी प्रवाह भएपछि सबै ढोका खोलिएका हुन्।

राप्तीको बाढीमा बेपत्ता २ जनाको शव फेला

बाढीमा परेका राजपुर गाउँपालिका–२ का ४८ वर्षीय तुलाराम यादव र ४० वर्षीय दयाराम यादवको भने सशस्त्र प्रहरीले हस्नापुर घाटबाट उद्धार गरेको छ।

तनहुँमा पहिरोमा पुरिएका १ जनाको शव भेटियो, २ को खोजी जारी

पहिरोमा पुरिएर बेपत्ता ३७ वर्षीया अनिषा बाँस्तोला र ६५ वर्षीय श्याम भण्डारीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी दीपक रायले जानकारी दिए।

बाढी, पहिरो र डुबानमा देशभर ८ जनाको मृत्यु, ६ बेपत्ता

विपद्जन्य घटनामा परेर ६ जना बेपत्ता तथा सातजना घाइते भएका छन्। देशभर गरेर ४५ ठाउँभन्दा बढी क्षेत्रका सडक आवागमन अवरुद्ध भएको छ।

जलसतह बढेपछि सप्तकोशीका ४१ ढोका खोलिए

सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको बहाव बढ्दै गएसँगै कोशी ब्यारेजका ४१ वटा ढोका खोलिएका छन्। बिहान ६ बजे ब्यारेजमा तीन लाख १६ हजार ८०० क्युसेक पानी मापन गरिएको छ।

बागमतीमा नदीमा फसेका ३ जनाको उद्धार

सशस्त्र प्रहरी बल नेपालले बागमती नदीमा फसेका तीन जनाको उद्धार गरेको छ।

स्याङ्जामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, ५ घाइते

बिरुवा गाउँपालिका ६ का वडा अध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिरोको जोखिम नभएको ठानी सुरक्षित भनेर राखिएको ठाउँमा शनिबार दिउँसो अचानक पहिरो खसेर घर पुरिँदा उनीहरूको मृत्यु भएको हो।

सप्तकोशीमा जलसतह यो वर्षकै उच्च, ३४ वटा ढोका खोलियो

सप्तकोशी नदीमा शनिबार यस वर्षकै सबैभन्दा उच्च जलसतह मापन गरिएको छ।

काठमाडौँमा पहिरोमा पुरिएर १ जनाको मृत्यु, डुबानमा सुकुमबासी बस्ती

बागमती, विष्णुमती, धोबिखोला, मनोहरा खोला तथा हनुमन्ते खोलामा जलसतह बढ्दा किनारमा केही रहेका टहरा डुबानमा परेका छन्।

पहिराले मुग्लिन–मलेखु सडक अवरुद्ध 

मुग्लिनका प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार चितवनको इच्छाकामना–४ घोप्टेभीर र वडा नम्बर ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको हो। 

अविरल वर्षाबाट उपत्यकाको जनजीवन प्रभावित

उपत्यकाको गोकर्णेश्वर, बल्खु, विष्णुमती, थापाथली, शङ्खमूल, मनोहरा, धोबीखोला, जडीबुटी मनोहरा खोला तथा पशुपतिक्षेत्रसहित जोखिमयुक्त क्षेत्रमा प्रहरी परिचालित गरिएको छ।

दाङमा बाढीले ट्र्याक्टर पल्टाउँदा १ जनाको मृत्यु, दर्जनौँ घर डुबानमा

दाङमा राप्ती नदीमा बगेर राजपुर गाउँपालिकाका एक युवक बेपत्ता भएका छन् भने गङ्गदी खोलाले ट्र्याक्टर पल्टाउँदा गढवा गाउँपालिकामा एक जनाको मृत्यु भएको छ। 

वर्षाका कारण अवरुद्ध बीपी र अरनिको राजमार्ग एकतर्फी सञ्चालनमा

निरन्तर वर्षाका कारण लेदोसहित आएको बाढी पहिरोले पुर्दा शनिबार बिहानदेखि दुवै राजमार्ग अवरुद्ध भएका थिए।

दोलखामा बाढीले ३ घर बगायो, १ जना बेपत्ता

रोल्वालिङ खोलाको बाढीमा परेर रोल्वालिङ पदमार्ग डोडाङमा होटल सञ्चालन गर्दै आएकी ६४ वर्षीया जाङ्मु शेर्पा सम्पर्कविहीन भएकी छन्।

काठमाडौँ उपत्यकाका नदीमा जलसतह बढेपछि करिडोरमा प्रहरी गस्ती 

बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयले जनाएको छ।

हनुमन्तेको बाढीले भक्तपुरका विभिन्न बस्ती डुबानमा 

खोलाको तटीय क्षेत्रमा बाढी बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाट, सूर्य विनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ।

वर्षासँगै देशका विभिन्न ठाउँमा सडक अवरुद्ध, तराईमा डुबान

वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ। तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन्।