AnonymousUser

Logout

पदमार्ग विकास र विस्तार मापदण्डबारे अध्ययन गर्न समिति

पोखरामा सम्पन्न पर्यटन विषयगत समितिको बैठकले पदमार्ग विकास र विस्तार मापदण्डबारे  अध्ययन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।

वडाध्यक्षको हत्या आरोपमा २ जना पक्राउ

रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको हत्या आरोपमा प्रहरीले बुधबार दुई जनालाई पक्राउ गरेको छ।

दशैँ नजिकिएसँगै शुरू भयो चंगा र धागोको व्यापार (तस्वीरसहित)

दशैँ तिहार नजिकिएसँगै बजारमा चंगा र धागोको व्यापार शुरू भएको छ।

विदेशी नागरिकको सामान लुटपाट गरेको आरोपमा ३ जना पक्राउ

धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटाली र जर्मनीका नागरिकलाई लुटपाट गरेको आरोपमा पक्राउ गरिएको हो।

दाङमा चट्याङ लागेर १ जनाको मृत्यु, २ घाइते

चट्याङमा परेर घोराही उपमहानगरपालिका–११ खुङकोटका ४२ वर्षीया निमकली साहु र उनकी ६ वर्षीया छोरी सविना साहु घाइते भएका छन्।

महाशिला गाउँपालिका: गाउँ फर्किनेलाई ६ महिनाको खाद्यान्न, १ लाख अनुदान 

गाउँ फर्केकालाई खेतबारीमा अन्न फलाउन कम्तीमा ६ महिना लाग्ने भएकाले उनीहरूको परिवारका सदस्यको भरण पोषणका निम्ति गाउँपालिकाले नै खाद्यान्न उपलब्ध गराउने छ।

तलब आकर्षक, कोही छैन जान तयार

दिल्लीस्थित नेपाली दूतावासमा पोस्टिङ हुने एसएसपीले सहयोगीबापत कुनै प्रहरी पाउँदैनन्। जुत्ताको तुनाधरी बाँध्न लगाउने बानी परेकाहरूले यसरी सहयोगीबिना जागिर खाने कल्पनै गर्दैनन्।

दशैँअघि ३ हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाइँदै

सरकारले चालु आर्थिक वर्षका लागि भत्किएका तथा बिग्रिएका सडक मर्मत सम्भारका लागि ६ अर्ब बजेट विनियोजन गरेको छ।

१७९ कैदीलाई प्यारोलमा राख्न सिफारिस

बोर्डले गरेको निर्णय सिफारिस कारागार व्यवस्थापन विभागबाट जिल्ला अदालतमा पेश भई अदालतबाट सदर भएपछि कैदी जेलबाट निस्किएर निश्चित आचरणमा बस्नुपर्ने कानूनी व्यवस्था रहेको छ।

क्रिप्टो कारोबारीबाट रकम असुलेको आरोप लागेका प्रहरीमाथि अनुसन्धान गरी कारबाही गर्न सिफारिस

क्रिप्टो कारोबारीसँग रकम असुलेको आरोप लागेका प्रहरी परिसर काठमाडौँका दुई प्रहरीमाथि थप अनुसन्धान गरी कारबाही गर्नुपर्ने छानबिन समितिले निष्कर्ष निकालेको छ। 

मञ्जुरीबिना विवाह गरेका नाबालकमाथि बहुमुद्दा नचलाइने

महान्यायाधिवक्ता रमेश बडालले मन्जुरी नलिई विवाह गरेका बालकमाथि अधिक अपराधीकरण नहुने गरी बालविवाहको कसुरमा मात्र अनुसन्धान र अभियोजनको कारबाही अगाडि बढाउन निर्देशन दिएका छन्।

यसपालिको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताए।

दशैँका लागि अग्रिम टिकट बुकिङ शनिबारदेखि खुल्ने

विभागका अनुसार लामो दूरीका यात्रीवाहक सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गर्नुअघि यान्त्रिक चेकजाँच गर्नुपर्ने छ भने सवारीमा कम्तीमा दुई जना चालक अनिवार्य राख्नुपर्ने छ।

डेंगी संक्रमण : सरुवा रोग अस्पतालमा बढे बिरामी (तस्वीरहरू)

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि आउने डेंगीका बिरामीको संख्या बढ्दै गएको छ।

झुट्टो विवरण पेश गरी नागरिकता बनाएको अभियोगमा ४ जना पक्राउ

झुट्टो विवरण पेश गरी नागरिकता बनाएको अभियोगमा प्रहरीले काठमाडौँका विभिन्न स्थानबाट चार जनालाई पक्राउ गरेको छ।

यौनहिंसाका आरोपित र अदालतलाई अटेरी गर्ने पनि राजदूतमा अनुमोदित

यौन दुर्व्यवहारको आरोप लागेर राष्ट्रिय मानव अधिकार आयोगबाट एक वर्ष निलम्बनमा परेका प्रा. कपिल श्रेष्ठ मात्र नभई अदालतले तोकेको १५ हजार जरिबाना नतिरेका धनप्रसाद पण्डित पनि राजदूतमा अनुमोदन भएका छन्।

काठमाडौँबाट भारततर्फ जाँदै गरेकाे बस नवलपुरमा दुर्घटना, २३ जना घाइते

काठमाडौँबाट भारतको राजस्थानतर्फ जाँदै गरेको बस विनयी त्रिवेणी–१ स्थित विनयीखोला नजिक दुर्घटनामा भएको हो।

मौसममा फेरि फेरबदलः कृषि क्षेत्रमा असर पर्नसक्ने

आगामी केही दिन देशभरको मौसममा बदलाव आई विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

लेबनानमा इजरायली आक्रमणबाट २१ बालबालिकासहित २७४ जनाको मृत्यु

लेबनानका स्वास्थ्यमन्त्री लेबनानमा इजरायली आक्रमणबाट २१ बालबालिकासहित २७४ जनाको मृत्यु भएको बताएका छन्।

ढल्केबर–सीतामढी प्रसारण लाइनको टुंगियो जग्गा विवाद

जग्गासम्बन्धी विवाद टुंगिएसँग ढल्केबर–सीतामढी ४००/२२० केभी डबल सर्किट अन्तरदेशीय प्रसारण लाइनको काम अगाडि बढ्ने भएको छ।