AnonymousUser

Logout

उपत्यकाका अस्पतालदेखि प्रहरी कार्यालयसम्म डुबानमा [तस्वीरहरू] 

बाढीपहिरो तथा डुबानमा परेका ७२८ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ। बाढी पहिरोबाट काठमाडौँमा चार घर भत्किएका छन् भने २२६ घर डुबानमा परेका छन्।

भक्तपुरको पलासेमा पहिरोमा परेर ३ जनाको मृत्यु

कालिकोट स्थायी घर भई पलासेमा जग्गा भाडामा लिएर टहरो बनाएर बसेका तीन जना पहिरोमा पुरिएका हुन्। 

पहिरोका कारण तनहुँका विभिन्न स्थानमा सडक अवरुद्ध

व्यास नगरपालिका, भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाका विभिन्न सडकखण्ड अवरुद्ध भएका छन्। 

बाढीले हेवा खोलाको बेलिब्रिज बगायो, मेची राजमार्ग अवरुद्ध

बेलिब्रिज बगाएपछि मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। पाँचथरको हिलिहाङ र याङवरक गाउँपालिका तथा ताप्लेजुङ जिल्लासँगको सडक सञ्जाल विच्छेद भएको छ। 

मकवानपुरको सिस्नेरीमा बाढीले ३० घर बगायो, खानीखेतका २८ घर डुबानमा

विभिन्न खोलामा जलसतह बढेको र कुलेखानी जलाशय खोलेका कारण बाढी आएको प्रहरीले जनाएको छ। बाढी तथा डुबनका कारण मानवीय क्षति भने नभएको सिस्नेरी प्रहरीले जनाएको छ।

काठमाडौँको नागार्जुनमा घर भत्किँदा १ जनाको मृत्यु, ३ पुरिए

मृत्यु हुनेमा नागार्जुन नगरपालिका-३ का ५५ वर्षीय पुरुष रहेको सशस्त्र प्रहरी बलले जनाएको छ। उनको परिचय भने खुलेको छैन।

बाढी पहिरोमा परी देशभर ६ जनाको मृत्यु, नख्खु खोलाले बगाउँदा ४ बेपत्ता

ललितपुर महानगरपालिका– १४ नखिपोट कान्तिपुर कोलोनीमा नख्खु खोलाले बगाउँदा ४ जना बेपत्ता भएका छन्।

काठमाडौँका नदी किनारका बस्ती डुबानमा,  बाढीले बगाएको ग्यास बुलेट च्यासल पुलमा अड्कियो

बागमतीको बाढीले काठमाडौँको बुद्धनगर र ललितपुरको यूएन पार्क जोड्ने पुलमा क्षति पुर्‍याएको छ। गाडी हिँड्ने पक्की पुल माथिबाट बाढी बगेको छ।

कुलेखानी जलाशयको ढोका खोलियो, उच्च सतर्कता अपनाउन आग्रह

मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चितुवालले बाँध माथिबाट पानी बग्न थालेपछि सुरक्षालाई मध्यनजर गरी शनिबार बिहान जलाशयको ढोका खोलिएको जानकारी दिए।  

१०१ वर्षामापन केन्द्रमा नाघ्यो सतर्कता तह, तटीय क्षेत्रमा उच्च जोखिम

देशभर सञ्चालित २६९ स्वचालित केन्द्रमध्ये १०१ केन्द्रमा सतर्कता तहभन्दा बढी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर भारी वर्षा: बाढी, पहिरो र डुबानको जोखिम

पाँचथरस्थित तमोर नदी माझीटार र धनकुटास्थित तमोरकै मुलघाट बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

नागढुंगाको नाग मन्दिरमा पहिरो, यातायात पूर्ण रूपमा अवरुद्ध

पहिरोले यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। उपत्यकाभित्र र बाहिर जाने कुनै पनि सवारी साधन सञ्चालन हुन सकेका छैनन्।

झापामा खोलाले बगाएर ३ जना बेपत्ता

बेपत्ता हुनेहरूको खोजीमा प्रहरी र स्थानी जुटे पनि फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

बागमती नदीले पार गर्‍यो खतराको तह

बागमती नदी अझै बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रहरूमा यात्रा गर्ने र रहनेहरूलाई शनिबार दिउँसोसम्मै उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

वनस्थलीमा खोलाले बगाउँदा मोटरसाइकल चालक बेपत्ता

अन्नपूर्ण चोकनजिक हलचोकबाट अजिमातर्फ जाने ढल मिसिएको खोलामा मोटरसाइकलसहित खसेका एक जना बेपत्ता भएका छन्।

वर्षाका कारण भरिँदै कुलेखानीको ड्याम, सतर्कता अपनाउन आग्रह

मकवानपुर प्रशासनले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै बागमती नदी किनारका बस्तीमा एक्कासि बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

जलमग्न कुलेश्वर क्षेत्र (तस्वीरहरू)

बिहीबारदेखि परेकाे अविरल वर्षाका कारण काठमाडौँको कुलेश्वर क्षेत्र डुबानमा परेकाे छ।

अख्तियारको प्रश्नपछि चामुण्डाबिन्द्रासैनीका ७१ कर्मचारीको करार सम्झौता रद्द

अख्तियारले करारका कर्मचारी नियुक्तिमा आर्थिक अनियमितता औँल्याएपछि चामुण्डाबिन्द्रासैनीले ७१ कर्मचारीसँगको सम्झौता रद्द गरेको छ, जसले पालिकाको सेवा प्रवाह प्रभावित भएको छ।

मोटरसाइकल चोरीको गढ बनिरहेको जनकपुर 

मधेश प्रदेशको राजधानी जनकपुरमा दुई महिनामै ६७ वटा मोटरसाइकल चोरीसँग सम्बन्धित जाहेरी प्रहरीमा दर्ता भएका छन्। यसबीचमा एकै दिन चार वटासम्म मोटरसाइकल चोरिएको रेकर्ड छ।

नारायणगढ–मुग्लिन सडकखण्डमा राति सवारी आवागमनमा रोक

नारायणगढ–मुग्लिन सडकखण्डमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको चितवन प्रहरीले जनाएको छ।