AnonymousUser

Logout

दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन चलाउन रोक

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्डमा ट्रकलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

विपद्पश्चात् महामारीजन्य रोग फैलिएको जानकारी छैन : स्वास्थ्य मन्त्रालय

विपद्ले पानीका स्रोत प्रदूषित हुने हुँदा महामारीजन्य रोगको सम्भावना अधिक रहने भएकाले सबैले सतर्कता अपनाउन जरुरी रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको भनाइ छ।

हुम्लामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु

हुम्लामा जिप दुर्घटना हुँदा दशैँ मनाउन जाँदै गरेका दुई जनाको मृत्यु भएको छ।

पैयुँ गाउँपालिकामा कोदोको उत्पादक बढाउन किसानलाई प्रोत्साहन

कोदोको माग दैनिकजसो बढ्दै गए पनि उत्पादनतर्फ कृषकको आकर्षण बढ्न नसकेपछि अनुदान दिएर कोदोको व्यावसायिक उत्पादनमा आकर्षित गर्न थालिएको गाउँपालिकाका अध्यक्ष तोरण मल्ल ठकुरीले जानकारी दिए।

पहिरोमा परी कञ्चनजंगा आधार शिविर जाँदै गरेको पर्यटक टोलीका सहयोगीको मृत्यु

कञ्चनजंगा आधार शिविरतर्फ गइरहेको पर्यटक टोलीका एक सदस्यको पहिरोसँगै खसेको ढुंगाले लागेर मृत्यु भएको छ।

बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

आयोजनाले सर्लाही र रौतहट जिल्लामा करिब ४६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको छ। बाढीले क्षति पुर्‍याउँदा सिँचाइमा असर पुगेको आयोजनाका डिभिजन प्रमुख अनुभव चौधरीले बताए।

दशैँमा बालबालिकाको चंगा‍‍ उमंग (तस्वीरहरू)

बालबालिका दशैँका बेला हातमा लटाइ बोकेर निलम आकाशमा असीमित दूरीसम्म चंगा पुर्‍याउन र साथीभाइसँग मिलेर चंगा जुधाएर चेट बनाउन उत्साहित हुन्छन्।

लमजुङ जाँदै गरेको गाडी दुर्घटनामा १ जनाको मृत्यु, ५ घाइते

काठमाडौँबाट लमजुङ जाँदै गरेको गाडी नुवाकोटमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। 

कञ्चनजंघा हिमाल जाने क्रममा पहिरोले पुरिएर पर्यटन सहयोगीको मृत्यु

फक्ताङलुङ गाउँपालिका–६ को इटहरीचोकमा शनिबार बिहान पहिरो खस्दा बाटोमा हिँडिरहेका टिकाबहादुर राईको मृत्यु भएको हो। 

मन्थली–काठमाडौँ सवारी आवागमन पुन: अवरुद्ध

दोलखाको मेलुङ गाउँपालिकास्थित मालुखोला नजिक ज्यामिरेस्थित तामाकोशी नदी किनारमा सडक भासिएपछि सवारीसाधन आवागमन अवरुद्ध बनेको हो।

ललितपुरका बाढी प्रभावित क्षेत्रमा महामारी फैलिने जोखिम

बाढी आएपछि नख्खु खोला दुर्गन्धित भएको छ। ढल फुटेको छ। आफूहरूले मास्क लगाएर काम गरिरहेको ललितपुर नख्खु खोलाका बाढीपीडितले बताएका छन्। 

दाउन्नेमा यातायात एकतर्फी सञ्चालन

बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खोर्सानीखोलामा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो।

दाउन्नेमा फेरि भासियो सडक, सवारी आवागमन अवरुद्ध

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डको दाउन्नेमा फेरि सडक भासिँदा सवारी आवागमन अवरुद्ध भएको छ।

मैवाखोलाले बगाएर दुई बालबालिका बेपत्ता

ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन्। 

डेंगी संक्रमितको संख्या १४ हजार ९७५ पुग्यो

किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले केही दिनअघि पानी परेका कारणले डेंगी संक्रमण बढेको बताए।

ललितपुरका ३ गाउँपालिकामा ८ दिनदेखि विद्युत् अवरुद्ध

दक्षिण ललितपुरका तीन गाउँपालिकामा बाढी तथा पहिरोले विद्युतका खम्बा तथा ट्रान्सफर्मरमा क्षति पुगेपछि आठ दिनदेखि विद्युत् अवरुद्ध भएको छ।

साइकलयात्रीको मृत्युपछि विराटनगर भन्सार परिसरमा प्रदर्शन, भीड नियन्त्रण गर्न टियर ग्यास प्रहार

ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकल यात्री श्याम साहको उपचारका क्रममा शुक्रबार मृत्यु भएपछि एकीकृत भन्सार जाँचचौकी परिसर तनावग्रस्त बनेको छ।

दशैँ मनाउन घर फर्किनेको बढ्यो लहर, सोमबारयता १ लाख २६ हजारले छोडे राजधानी

काठमाडौँको नयाँ बसपार्क, कलंकी, बल्खु, कोटेश्वर क्षेत्रमा घर फर्किने यात्रुको भीड र सवारीसाधनको चाप बढेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

राहत नपाएको बाढीपीडितको गुनासो

बाढीपीडितले आफूहरूको गुनासो सुन्न कोही नआएको र विद्यालयमा आश्रय लिइरहेको बताएका छन्। तीनै तहको सरकारले गाँस, बास, कपासका लागि सहयोग नगरेको उनीहरूको गुनासो छ।

तुइन र फड्केले जोडियो तातोपानी नाका

लिपिङ खोला उर्लिँदा लिपिङ र कोदारी जोड्ने पुल ध्वस्त पारेको छ। पुल बगेपछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र फड्के राखिएको छ।