नेपालमा असोज दोस्रो हप्तादेखि नै किसानले धान भित्राउने समय शुरू हुन्छ। तर यही बेला परेको झरीका कारण कतिपय ठाउँमा किसानलाई धान भित्र्याउन समस्या भएको छ।
प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
धादिङको धुनिबेसी नगरपालिका–९ सुरुङमार्गनजिक सडकमाथिबाट लेदोसहितको पहिरो खसेपछि सडक दुईतर्फी रूपमा अवरुद्ध भएको छ।
बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले ट्र्याक बगाउँदा साउन ९ गतेदेखि कालीगण्डकी करिडोरअन्तर्गत बागलुङ खण्ड पूर्ण रूपमा अवरुद्ध थियो।
काठमाडौँ प्रहरी परिसरका एसएसपी वसन्त रजौरेले प्रहरीले सुरक्षा दिनुपर्ने आवश्यक सबै स्थानमा सुरक्षा दिन प्रहरी तयार रहेको बताएका छन्।
प्रहरीले काठमाडौँबाट हेटौँडा आउने र हेटौँडाबाट फाखेल हुँदै काठमाडौँ जाने सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेको छ।
बागमती प्रदेश सहकारी रजिस्ट्रार कार्यालयबाट आएको किटानी जाहेरीमा धनराजको नाम उल्लेख नभएको हुँदा उनीविरुद्ध अहिले अनुसन्धान अघि नबढेको जवाफ प्रहरीले दिएको छ।
जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको हो। यसका लागि २८ करोड १४ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
वर्षा आइतबारसम्म जारी रहने भएकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। सोमबारदेखि भने मनसुनी प्रणाली कमजोर हुने जनाइएको छ।
बिहार राज्यको विपद् व्यवस्थापन विभाग जितिय पर्व मनाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको डुबेर मृत्यु भएको छ।
माछा मार्ने क्रममा दूधकोशीमा बगेर बेपत्ता भएका युवक नभेटिएपछि सशस्त्र प्रहरीको गोताखोर टोली फर्किएको छ।
विराटनगरबाट गाईघाटतर्फ गइरहेको बस बिहीबार अनियन्त्रित भई कोशी ब्यारेजबाट नदीमा खसेको प्रहरीले जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी–पहिरोको उच्च जोखिममा रहेका हिमाली तथा पहाडी जिल्लामा शुक्रबार र शनिबार रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ।
बिहीबार परिसूचक ३२.८१ अंकले ओरालो लागेर २४८६.७६ को विन्दुमा सीमित भएको छ।
मंसिर १६ हुने स्थानीय तह उपनिर्वाचनका लागि २ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तय गरिएको आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाले बताए।
कोशी प्रदेश र नगरपालिकाको साझेदारीमा गुम्बा निर्माण उपभोक्ता समितिमार्फत थालिएको थियो। करिब २१ करोड लगानीमा निर्माण शुरू गरिएको गुम्बाको अहिलेसम्म जग मात्र ठडिएको छ।
‘सरकारले हामीलाई कि विकल्प देओस्, कि त सडकमा व्यवसाय कहीँ पनि गर्न नपाइने कानून देशभर लागू गरोस्। यसरी अन्योल र डरत्रासमा कहिलेसम्म पर्खिने?’
वैदेशिक रोजगारीमा रहेका श्रीमान्ले घर आएर श्रीमतीसँग विवाद गरी गोली हानेको हुनसक्ने प्रहरीले जनाएको छ।
मकवानपुरको बकैया गाउँपालिका– १२ घट्टेपाखास्थित सडकमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो।
लोमान्थाङ गाउँपालिका अध्यक्ष टसी नर्बु गुरुङले सडक निर्माणमा भएको ढिलाइका कारण दुर्घटनाको जोखिम, खाल्डाखुल्डी, धुलो र हिलोले हैरान बनाएको बताए।