AnonymousUser

Logout

दशैँमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ।

मूल्य सस्तिएपछि बढ्यो च्याङ्ग्राको व्यापार

अहिले च्याङ्ग्राको भाउ सस्तिएका कारण व्यापार फस्टाएको छ्याङ्तो गुरुङ बताउँछन्। १०४ वटा च्याङ्ग्रामध्ये ५० च्याङ्ग्रा बागलुङ आइपुग्दै बिक्री भइसकेका उनको भनाइ छ।

मोटरसाइकल र स्कुटर ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते

मोटरसाइकल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना  घाइते भएका छन्।

यो दशैँमा खुशी छैनन् सुनसरीका किसान

धानखेतीका लागि किसानले प्रतिबिघा ३० देखि ४० हजार रुपैयाँ खर्च गर्दै आएका छन्।  त्यही खेत बाढीले डुबाउँदा उनीहरूले निकै घाटा बेहोर्नुपरेको छ।

बाढीपहिरो : काभ्रेमा सडक अवरुद्ध बस्तीमा ड्रोनमार्फत खाद्यान्न पठाइँदै

गत साताको अविरल वर्षाका कारण ग्रामीण सडकसमेत अवरुद्ध भएपछि स्थानीयलाई खाद्यान्नलगायत सामग्री पठाउन काभ्रेको पनौती नगरपालिका-१२ स्थित एक गाउँमा ड्रोनको प्रयोग गरिएको छ।

आज यी ५ प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मुद्दाको चाप कम गरी न्यायालयको साख बढाउने प्रधानन्यायाधीशको प्रतिबद्धता

नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपालिकाको साख र विश्वसनीयता कायम राख्ने प्रतिबद्धता जनाएका छन्।

बजारमा चहलपहल बढे पनि व्यापार घटेको व्यापारीको गुनासो

बजारमा मान्छेको चहलपहल देखिए पनि खासै व्यापार नभएको व्यापारीको भनाइ छ। सर्वसाधारण भने सामान्य खर्चमा दशैँ टार्ने योजनामा देखिन्छन्।

रुकुम पश्चिममा ८ किलो अफिमसहित २ जना पक्राउ

रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागुऔषध अफिमसहित दुई जना पक्राउ परेका छन्।

एनपीएल अक्सनः अनिलमाथि आठै टोलीको बोली, ‘लक्की ड्र’मार्फत जनकपुरमा अनुबन्ध

अनिल साहलाई प्राप्त गर्न अक्सनमा सबै आठ टोलीले प्रतिस्पर्धा गरेका थिए। जसमा अनिललाई ‘लक्की ड्र’मार्फत जनकपुरले पाएको हो। 

सूर्यदर्शन सहकारी प्रकरणः कास्की प्रहरीको अनुसन्धान कहाँ पुग्यो? 

आफ्नो बचत फिर्ता पाउनुपर्ने माग राख्दै पोखराका सहकारी पीडित बचतकर्ता दुई वर्षयता निरन्तर संघर्षमा छन्। पूरै रकम कहिले पाइन्छ निश्चित नभएकाले थोरै भए पनि सरकारले तत्काल दिलाउनुुपर्ने उनीहरूको अडान छ। 

नेपालको पश्चिमी क्षेत्रबाट बाहिरिँदै मनसुन

मौसम पूर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन सुदूरपश्चिम, कर्णाली, लुम्बिनीको पश्चिमी भू–भागबाट बाहिरिँदै गएको छ।

हेलिकप्टर प्रयोग गरेर भए पनि राहत वितरण प्रभावकारी बनाउन निर्देशन

गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

दशैँ मान्न भारतबाट घर फर्किँदै नेपाली

कैलालीको त्रिनगर नाकाबाट दिनहुँ नेपाली स्वदेश भित्रिने क्रम बढ्दै गएको सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म धनगढीले जनाएको छ।

फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत मर्मत

खोटाङबाट तराईका जिल्लासँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल असोज १२ गते आएको बाढीले बगाएको थियो।

भकुण्डे–तेमाल मेच्छेपौवा सडक खुल्यो, बीपी राजमार्गमा रोकिएका सवारी गन्तव्यतर्फ

बीपी राजमार्गका विभिन्न खण्डमा अलपत्र परेका सवारीलाई वैकल्पिक मार्गबाट गन्तव्यसम्म पुर्‍याउने प्रयास भइरहेको मंगलटारस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ।

बाढीपहिरो: १७ हजारभन्दा बढी प्रभावितको उद्धार 

सबैभन्दा बढी काभ्रेपलान्चोकमा ७२ जनाको मृत्यु भएको छ। त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको गृह मन्त्रालयले जनाएको छ।

विपद्‌को पूर्वतयारी र उद्धार प्रभावकारी हुन नसकेको सरोकारवालाको निष्कर्ष

जल तथा मौसम विज्ञान विभागले समयमा नै जानकारी प्रदान गरे पनि अन्य सरोकारवाला निकायले समयमा नै आवश्यक पूर्वतयारी गर्न नसकेको सहभागीले बताएका छन्। 

मर्मतका क्रममा पुनः पहिरो खसेपछि मेची राजमार्ग सञ्चालन अनिश्चित

सडकको चारैतिर धाँजा फाटेर जोखिम बढेपछि माईखोला–भन्ज्याङखण्डमा जारी मर्मतसम्भारको काम शनिबार साँझदेखि रोकिएको हो।

लेबनानबाट चीनले गर्‍यो आफ्ना २१५ नागरिकको उद्धार

इजरायलले लेबनानमा बमबारी तीव्र पारेपछि चीनले २१५ नागरिकलाई उद्धार गरेको छ। रुस, फ्रान्स, स्पेन, जर्मनी र बेलायतलगायतका देशले पनि लेबनानबाट आफ्ना नागरिक झिकाउने अभियान थालेका छन्।