हेटौँडाबाट काठमाडौँतर्फ जोड्ने भीमफेदी कुलेखानी सडकअन्तर्गत पर्ने मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलाको सडकमा मर्मतसम्भार र ह्युम पाइम बिछ्याउने कार्य सम्पन्न भएपछि सडक पुनः सञ्चालनमा आएको हो।
मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित सडकमा ह्युमपाइप राखेर मर्मतसम्भार भएपछि सो सडक दुईतर्फी नै सञ्चालनमा आएको छ।
नेपाल एअरलाइन्सले आफ्ना अन्तर्राष्ट्रिय उडानमा रहेका तीन वटै विमान सञ्चालनमा आएको जनाएको छ।
सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट ६ दिनका लागि म्याद थप गरिएको छ।
अहिले खुलामञ्चमा धमाधम निर्माणको काम भइरहको छ। खुलामञ्चलाई घाँसे मैदान बनाउन लागिएको काठमाडौँ महानगरले जनाए पनि अकुपाई टुँडिखेल अभियन्ताहरूले आशंका व्यक्त गरेका छन्।
प्रदर्शन, जुलुस, हुलदंगा, झडप आदिका कारण प्रतिकुल अवस्था सिर्जना हुन सक्ने भएकाले निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
चितवनको बाल्मिकि आश्रम र नवलपरासीको त्रिवेणीधाम जोड्न नारायणी नदीमा झोलुंगे पुल बनाउनै आठ वर्ष लाग्यो। बनाइसकेको पनि दुई वर्ष भयो। तर ताला लगाएर बन्द गरिँदा नेपाली भूभाग पुग्न भारत भएर जानुपर्छ।
डेंगीबाट संक्रमित मिश्रको ७२ वर्षको उमेरमा उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको छ।
माझी समुदायमा खानेपानी अभाव टार्न खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ३० लाख रुपैयाँ खर्चेर लिफ्ट आयोजना सम्पन्न गरे पनि धारामा पानी आएको छैन।
स्याङ्जाको चापाकोटमा शनिबार दिउँसो बम विस्फोट हुँदा एक जना घाइते भएका छन्।
नागरिक एपमा ट्राफिक नियम उल्लंघन कोलममा कसुर र जरिबाना रकमसहितको ‘डिजिटल चिट’को विवरण र जरिबाना भुक्तानी गर्ने माध्यम देखाउने व्यवस्था गरिएको छ।
पर्यटन दिवसका अवसरमा वसन्तपुरमा आयोजित कार्यक्रममा धिमे बाजामा एक हजार कलाकारले नृत्य प्रदर्शन गरेका छन्।
ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ।
वैदेशिक रोजगार विभागका अनुसार असोजमा युरोपेली मुलुक रोमानिया क्रोएसिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको संख्यामा पनि वृद्धि भएको छ।
कास्की प्रहरीले सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराएको छ।
क्षमताभन्दा बढी यात्री बोकेकाले जिप दुर्घटना भएको प्रहरीको अनुमान छ।
सडक ११ मिटर फराकिलो बनाएर डीबीएसडी प्रविधिको कालोपत्र र ढलान गर्न २०७७ चैतमा ५२ करोड ८६ लाखमा ठेक्का लागेको थियो।
मौसममा सुधार नआएपछि केही पर्यटक अन्यत्रैका गन्तव्यतर्फ लागेका छन् भने केही सडक मार्गबाट सोलुखुम्बुतर्फ लागेको पर्यटन व्यवसायीले जनाएका छन्।
पुनर्निर्माण, पुनर्स्थापना र अस्थायी आवास निर्माणका लागि पनि गत वर्षदेखिका सबै पीडितलाई समेटिने परिषद् बैठकले निर्णय गरेको छ।
सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेको छ।