AnonymousUser

Logout

काठमाडौँमा घरको चौथो तलाबाट लडेर मजदुरको मृत्यु

निर्माणाधीन घरमा काम गरिरहेका बेला लडेर नुवाकोटको बेलकोटगढी नगरपालिका–५का ४२ वर्षीय दिलबहादुर भुजेलको मृत्यु भएको छ।

बालुवाजन्य सामग्रीले सप्तकोशीको सतह उच्च, बढ्दै जोखिम

सुनसरीको कोशी गाउँपालिका–६ का देवचन्द्र झाले कोशी नदीको गहिराई कम हुँदै गएपछि आसपास क्षेत्रमा जोखिम बढेर बस्ती नै विस्थापित हुने अवस्था आएको बताएका छन्।

बजेट अभावले २ वर्षदेखि अलपत्र काभ्रेको तामाङ एकीकृत बस्ती  

नमूना बस्तीमा ३० घर र एक सामुदायिक भवन निर्माण गर्ने योजना छ। ६ वटा घर बन्न बाँकी छन्।

कीर्तिमानी आरोही बुढामगर प्रतिष्ठित ‘प्राइड अफ ब्रिटेन अवार्डस्’ बाट सम्मानित

डेलि मिररले प्रदान गर्दै आएको यो अवार्डको २५औँ संस्करण ‘प्राइड अफ ब्रिटेन अवार्डस् २०२४’ मा उनले ‘विशेष मान्यता अवार्ड’ प्राप्त गरेका हुन्।

५ हजार ४०० मिटर उचाइको थोराङमा सरसफाइ

पदयात्रीहरूको आकर्षण बढेसँगै थोराङ क्षेत्रमा थुप्रिएको पलास्टिक, सिसाजन्य फोहोरका कारण प्रदूषण बढेपछि सरसफाइ गरिएको हो

पूर्णरूपमा सञ्चालनमा आयो बिपी राजमार्ग

बाढीपहिरोका कारण क्षति भएको बिपी राजमार्गअन्तर्गको धुलिखेल–भकुण्डेबेँसी–बर्खेखोला सडकखण्डमा दैनिक १० घण्टा रोक लगाइएको थियो।

संकटग्रस्त क्षेत्रका ७१ स्थानीय तहमा ४३ करोड विनियोजन

'बाढी पहिरोका कारण मृत्यु भएका ३९१ जनाका परिवारले दुई लाखका दरले राहत रकम पाएका छन्।'

वैदेशिक रोजगारीबाट फर्केर माैरीपालन, वार्षिक ७ लाख बचत

घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त छन्।

म्याग्दीमा असिनापानीले सखाप बनायो पाक्न लागेको धान 

म्याग्दीका विभिन्न ठाउँमा फूल खेल्दै गरेको, पाक्न लागेको तथा काटेर खेतमा सुकाएको धानमा असिनापानीले क्षति गरेको किसानले बताएका छन्। 

भारतमा ‘डिजिटल अरेस्ट’बाट अनलाइन ठगी, नेपाल कति चनाखो?

अनलाइन बयान वा सोधपुछ कानूनले नचिनको र सरकारी निकायले अभ्यासै नगरेको अनुसन्धान विधि हो। तर ठगी गर्ने गिरोहले भारतमा यसरी ‘डिजिटल अरेस्ट’ गरी पढेलेखेका र प्रतिष्ठितलाई नै ठगिरहेका छन्।

भिस्टाराको विमानमा कुनै शंकास्पद वस्तु फेला परेन, उडान नियमित

दिल्लीबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो ४ः३० बजे अवतरण गरेको भिस्टाराको विमानमा बम राखेको हल्लापछि सेनाको डिस्पोजल टोलीले ३ घण्टा लगाएर विमानको जाँच गरेको थियो।

नेपाली झोलुंगे पुलको यात्रा: बुरुन्डीदेखि इथियोपियासम्म!

इथियोपियाका भित्री गाउँबस्तीमा झोलुंगे पुलको काम गरिरहेका पासाङको बुझाइमा इथियोपियाका जनता गरिब हुन्, देश धनी। नेपालमा भने जनता धनी छन्, देश गरिब।

बाढीपहिरोमा ज्यान गुमाएका २३८ मृतकका परिवारले पाए राहत रकम

असोज दोस्रो साता आएको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई सरकारले आर्थिक सहायता प्रदान गरेको छ।

संसद्को अर्काइभः अब ढड्डा पल्टाउने हैन, ‘स्क्रोल’ गर्ने

२०१६ सालमा संसदीय व्यवस्था शुरू भएयता सांसदहरूले संसद्‍मा बोलेको कुरा कागजमा उतारेर राख्दा मोटामोटा ढड्डा बनेका छन्, अब यी ढड्डालाई ‘स्क्रिन’मा ‘स्क्रोल’ गर्न सकिने बनाइँदैछ।

पहिरोले फिदिम आसपासका क्षेत्र जोखिमपूर्ण

पहिरो झर्नुका साथै जमिने भासिने, लच्किने भएपछि यहाँका निजी तथा सामुदायिक संरचना जोखिममा परेका छन्। पहिराको ठूलो जोखिम नदेखिएका बजार नजिकका क्षेत्रमा पहिरो झरेपछि स्थानीय त्रासमा छन्। 

‘सधैँ सडकमा बित्छ घरबारविहीनको रात’

अलपत्र सडक मानवको उद्धार गर्ने संयन्त्र बलियो नहुँदा व्यवस्थापनमा समस्या आएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीको भनाइ छ।

सडक र विद्युत् सुविधासँगै सुगम बन्दै म्याग्दीको पात्लेगाउँ

मालिका–३ स्थित अदिभाराबाट डाडागाउँ हुँदै बागलुङको तमानखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नतिका लागि १० करोडको आयोजना पनि शुरू भएको छ।

बन्द र कमजोर कार्य सम्पादन भएका संस्थानको निजीकरण प्रक्रिया अघि बढ्ने

मन्त्रिपरिषद्‍बाट संस्थानहरू निजीकरणको वर्गीकरण भएपछि सम्पत्ति तथा दायित्त्व मूल्यांकनका लागि विशेषज्ञसहितको अध्ययन समिति गठन गरिनेछ।

बालिकालाई बन्धक बनाई आफ्नै घरमा यौनधन्दा चलाएको आरोपमा महिला पक्राउ

बालिकालाई घरमा बन्धक बनाएर यौनधन्दा चलाएको आरोपमा काठमाडौँको मुलपानीबाट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

बनमारा फाँडेर ड्रागन फ्रुटसँगै सयपत्री फूलको खेती

लामो समयदेखि बनमारा मात्रै उम्रिएको जग्गामा दुई वर्षअघि शाहीले ड्रागन फ्रुट लगाउने निर्णय गरेका थिए।