त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि नागरिक उड्डयन प्राधिकरणले उडान संख्या कटौती गरेपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले हवाई भाडा १०० देखि १५० प्रतिशतसम्म वृद्धि गरेका छन्।
सडक डिभिजन कार्यालय तुम्लिङटारको सिफारिसमा कान्छाराम कन्स्ट्रक्सनलाई दुई वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ।
डिपो स्थानान्तरणमा निगमले ढिलाइ गरिरहेको छ। राष्ट्रिय आवास कम्पनीले कञ्चनपुरको पुनर्वास– ३ र ५ मा रहेको २२ बिघा जग्गा निगमलाई बिक्री गर्ने प्रस्ताव गरे पनि त्यो कार्यान्वयन भएको छैन।
मृतकको सनाखत हुन नसकेको र घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ।
दोलखाको ओराङ आसपास केन्द्रविन्दु भएर बिहीबार साँझ ४.५ म्याग्निच्युडको भूकम्प गएको छ।
तेन्जिङ हिल्लारी विमानस्थल, लुक्लामा बिहीबार हेलिकप्टर र विमानले गरी १८४ पटक उडान गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ।
पोखरा विमानस्थल उद्घाटन भएको दुई वर्षको अवधिमा विभिन्न चार्टर्ड उडान भए पनि अहिलेसम्म व्यावसायिक नियमित उडान हुन सकेको छैन।
नेपाली सेनाको सडक निर्माण कार्यदल सिस्नेरी बेस क्याम्पमा कार्यरत सेनाका लेसनायकको करेन्ट लागेर मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्।
व्रतालुहरूले पोखरी, तलाउ तथा नदी किनारमा निर्माण गरिएका छठघाटमा अस्ताउँदै सूर्यलाई अर्घ्य दिएर तेस्रो दिनको छठ पर्व मनाएका छन्।
रामेछाप, मन्थली, खाडादेवी गोकुलगङ्गा, लिखु तामाकोसीसहितका पालिकामा ड्रागन फ्रुटको व्यावसायिक खेती विस्तार हुँदै गएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ।
परीक्षा निरीक्षकले शिवकुमार राईको उत्तरपुस्तिका नियतवश केरमेट गरेर अनुत्तीर्ण गराएको उजुरीका आधारमा पुनः परीक्षण गर्दा उनी उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
गभारोका कारण पोखराको फेवाफाँटस्थित एक हजार रोपनी क्षेत्रफलमा लगाएको जेठोबुढो धानबाली सखाप भएको छ।
स्थानीय तहले क्षतिको पूर्ण विवरण तयार गर्न नसक्दा केन्द्र सरकारबाट प्राप्त हुने सहयोग उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
राजनीतिक नेतृत्व रिझाएर लामो समय सूचना प्रविधि र सुरक्षण मुद्रणको क्षेत्रमा लुट मच्चाएका विकल पौडेलले खेपिरहेका ६ वटा मुद्दा राजनीति संरक्षित उनको ‘नेक्सस’ बुझाउन पर्याप्त छन्।
वन तथा वातावरण मन्त्रालयले कुनै पनि भूमिका नभएका दुई दर्जनभन्दा धेरै कर्मचारीलाई संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन कोप–२९ मा सहभागी गराउँदै छ।
रुकुमदेखि काठमाडौँका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो।
एयर अरेबियाको विमान चढेर काठमाडौँ आएका एक जना चिनियाँ र दुई जना म्यानमारका नागरिक मंगलबार साँझ पक्राउ परेका हुन्।
खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार तीन जनामध्ये एक जनाको मृत्यु भएको छ।
मानव बेचबिखन मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार प्रतिवादीलाई कुवेतबाट पक्राउ गरी नेपाल ल्याइएको छ।
छठ पूजाका लागि कमलपोखरी झिलिमिली बत्ती राखेर सजाइएको छ।