राष्ट्रपति रामचन्द्र पौडेल कोप२९ मा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार अपराह्न अजरबैजानको बाकु प्रस्थान गरेका छन्।
कास्की जिल्ला अदालतले पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ।
कालीकोटको पलाँता गाउँपालिका–३ मा आइतबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।
मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लीलाबल्लभ अधिकारीलाई पक्राउ गरी प्रहरीले काठमाडौँ ल्याएको छ।
उचित मूल्य पाउन नसक्दा फापरखेती गर्ने किसान निराश छन्। आधुनिक कृषि प्रणाली र नयाँ प्रविधिको विकाससँगै किसान अन्य नगदे बालीतर्फ आकर्षित भएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरेर पठाइदिन पत्राचार गरेपछि जिल्ला प्रहरी कार्यालय मोरङले उनलाई पक्राउ गरेको हो।
हरिहरभवनस्थित राष्ट्रिय सहकारी विकास बोर्डको अनधिकृत संरचना ललितपुर महानगरपालिकाले भत्काएको छ।
२०५३ सालदेखि विद्युत् उत्पादन गरिरहेको विद्युत्गृहमा आंशिक क्षति भएको छ। खानेपानीका अधिकांश ट्यांकी र पाइप नष्ट भएका छन्।
सहमति अनुसार सबै वायुसेवा सञ्चालकले दुई पक्षीय हवाई सेवा सम्झौताको ‘प्राइसिङ’ शीर्षकमा उल्लेख भएअनुसार ‘उपभोक्तालाई मर्का पर्ने गरी अनुचित हवाई भाडा असुल गर्न नहुने’ प्रावधानको पालना गर्नुपर्नेछ।
पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारका रूपमा लगाइएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको किसानहरू बताउँछन्।
एमालेले मानव तस्करीको आरोप लागेका कोशी प्रदेश सांसद एवं पूर्वमन्त्री लीलाबल्लव अधिकारीलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलम्बन गरेको छ।
सडक कालोपत्रका लागि २०७३ जेठमा ठेक्का सम्झौता भएको थियो। काम सक्नुपर्ने म्याद २०७५ जेठसम्म थियो। सडक कार्यालयले हालसम्म पाँच पटक म्याद थपेको छ। काम भने भएको छैन।
घाइतेहरूको प्रदेश अस्पतालमा उपचार भइरहेको र तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
नागरिक उड्डयन प्राधिकरणले उडान कटौती गरेको बहानामा विमान कम्पनीले अन्तिम समयमा यात्रुलाई टिकट स्थगित भएको सूचना पठाएपछि अग्रिम टिकट लिएर उडान समय कुरेर बसेका सयौँ यात्रु मर्कामा परेका छन्।
सुर्खेत–दैलेख सिमानामा पर्ने रानीमत्तामा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्।
संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी सर्वसम्मतिले अनुमोदन गरेको छ।
पाथीभरामा केबुलकारको स्टेसन शिलान्यासका क्रममा विवाद हुँदा दुई पक्षबीच झडप भएको छ।
१९७ किमी लामो सडकको अहिलेसम्म अर्घाखाँचीको १८ किमी मात्रै कालोपत्र भएको छ। सडक मर्मत नभएकै कारण ढुवानी समस्याले ढोरपाटनका किसानले फलाएको आलुसमेत समयमा बजार पठाउन सकेका छैनन्।
दुर्घटनामा संलग्न सवारीसाधनमा सबैभन्दा धेरै मोटरसाइकल रहेका छन्। हालसम्म २८८ सवारीसाधन दुर्घटनामा परेकोमा १६३ मोटरसाइकल रहेको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
लुम्बिनी सांस्कृतिक नगरपालिका–२ मुजहनाबाट ११२ बोरा चिनी बरामद गरेर फर्किने क्रममा स्थानीयसहितको टोलीले ढुंगामुढा गरेर अवरोध पुर्याएको थियो।