AnonymousUser

Logout

‘डेडिकेटेड फिडर’ र ‘ट्रंकलाइन’ विवादलाई वार्ताको माध्यमबाट समाधान गर्न माग

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले नेपाल विद्युत् प्राधिकरणसँग उद्योगको लाइन तत्काल जडान गर्न र वर्तमान विवादमा उत्पन्न असमझदारीलाई वार्ताद्वारा समाधान खोज्न अपिल गरेको छ।

जलवायुको असरबारे ध्यानाकर्षण गर्न कालापत्थरमा पत्रकार सम्मेलन

उक्त पत्रकार सम्मेलनमा ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ नाराका साथ पहिलो संस्करणको ‘एभरेस्ट टुरिजम अवार्ड, २०२४’ आयोजना हुने जानकारी गराइएको छ।

थाई एअर एशियाको उडान निलम्बित

थाई एअर एशियाले अक्टोबर २६ अर्थात् कात्तिक १० गतेसम्मका लागि मात्रै उडान अनुमति लिएको थियो।

पर्यटकीय याममा पनि सुनसान छ ‘गुरिल्ला ट्रेक’

पर्यटनका माध्यमबाट ऐतिहासिक ठाउँको पहिचान स्थापित गर्न र युद्ध प्रभावित क्षेत्रका बासिन्दाको जीवनस्तर उकास्न गुरिल्ला ट्रेकको अवधारणा ल्याइएको थियो।

पनौतीमा जुवाखालबाट २१ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका २१ जनाबाट ९३ हजार ३१५ बरामद गरिएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ। 

सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

सडक विभाग कार्यालय बैतडीका प्रमुख लक्ष्मण जोशीले सडक खुलाउने कार्य जारी रहेको बताए। लगातार सुक्खा पहिरो खसिरहेकाले सडक खुलाउन समय लागेको उनको भनाइ छ।

माओवादीको जुलुसले ‘तिहार फ्लोरा एक्स्पो’मा असर, आयोजक चिन्तित

‘विरोध सभा अन्य स्थानमा गर्न भनेर पनि पत्र पठाएका थियौँ। तर भृकुटीमण्डपमै आयोजना गर्नुभयो। जसका कारण नर्सरी व्यवसायीले ठूलो घाटा व्यहोर्नुपरेको छ।’

दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ३ घाइते

जिप सडकबाट करिब ३०० मिटर तल खसेको छ। जिपमा पाँच जना सवार थिए। अन्य तीन जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ।

हेटाैँडा सिमेन्ट उद्योगबाट तामाको तार चोरेको आरोपमा ३ जना पक्राउ

प्रहरीले ४० लाख रुपैयाँभन्दा धेरै मूल्य बराबरको तामाको तार चोरीमा संलग्न भएको आरोपमा ३ जनालाई पक्राउ गरेको छ।

मुस्ताङमा २ विदेशी नागरिकको मृत्यु

मुस्ताङको छुट्टाछुट्टै स्थानमा आज एक पर्यटक र एक तीर्थयात्री गरी दुई विदेशी नागरिकको मृत्यु भएको छ।

ठूला जलविद्युत् आयोजना अगाडि बढाउनेबारे लगानी बोर्डसँग छलफल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ठूला जलविद्युत् आयोजनालाई अगाडि बढाउने सम्बन्धमा लगानी बोर्डसँग छलफल गरेको छ।

माइक्रोबस दुर्घटनामा ११ जना घाइते

पारिवारिक भ्रमणमा निस्कएका यात्रु बोकेको बागमती प्रदेश ०१–०३०–च ७६५९ नम्बरको माइक्रोबस धादिङको थाक्रे गाउँपालिका–६ स्थित १० किलोमा दुर्घटनामा परेको हो।

महोत्तरीबाट भारततर्फ लैजाँदै गरेको ६० किलो गाँजा बरामद

बिहीबार राति सशस्त्र प्रहरी बल एकडारा चेकपोस्टबाट खटिएको गस्ती टोलीले चार वटा पोकामा प्याक गरिएको ६०.८ किलो गाँजा बरामद गरेको छ।

कञ्चनपुरको लालझाडीमा मृत भेटिए दम्पती

जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेशप्रसाद जोशीले दुवै जना शुक्रबार बिहान बिछ्यौनामा मृत भेटिएको जानकारी दिए।

चिनियाँ नागरिकसँग विवाह गराएको आरोपमा ८ जना पक्राउ

मानव तस्करीमा संलग्न रहेको आशंकामा उनीहरूमाथि अनुसन्धान शुरू गरिएको डीएसपी रामचन्द्र तिमिल्सिनाले जानकारी दिए।

‘डाना’ को प्रभावले कोशी र मधेशमा वर्षाको सम्भावना

केही दिनअघि बंगालको खाडीमा उत्पन्न भएको समुन्द्री आँधी डानाको प्रभाव नेपालको पूर्वी क्षेत्रमा समेत पर्ने माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।

रवि लामिछानेविरुद्ध रुपन्देहीमा पनि पक्राउ पुर्जी जारी

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत शुक्रबार पक्राउ परेका लामिछाने अहिले अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा छन्।

मर्यादित भएर चाडपर्व मनाउन काठमाडौँ प्रशासनको आग्रह

कानूनले निषेध गरेका गतिविधि गरे/गराएमा कानूनबमोजिम कारबाही गरिने पनि जिप्रका काठमाडाैँले जनाएको छ।

बढी भएको मेलम्चीको पानी बागमतीमा बगाइँदै

मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइरहेकोमध्ये प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको छ।

बीपी राजमार्ग पुनर्निर्माणका लागि जाइकाको निर्णय कुर्दै डिभिजन सडक

राजमार्गको कुल १६० किमीमध्ये सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म ३४ किमी र नेपालथोकदेखि धुलिखेलसम्म ५० किमी सडकको विभिन्न स्थानमा बढी क्षति पुगेको छ।