AnonymousUser

Logout

भूकम्पपछिको पुनर्निर्माणका लागि तीन जिल्लामा आयोजना कार्यान्वयन इकाइ खोल्ने तयारी

भूकम्पपछिको पुनर्निर्माण एवं पुनर्स्थापनाका लागि जाजरकोट, डोटी र बझाङमा पुनर्निर्माण तथा पुनर्स्थापना आयोजना कार्यान्वयन इकाइ स्थापना गर्ने तयारी छ।

विराटनगरमा काजकिरिया चल्दै थियो, युक्रेनी ड्रोनसँग भाग्दै थिए राजकुमार

रुसी सेनामा भर्ती भएका राजकुमारलाई ६ महिनापछि युक्रेन पठाइयो। त्यहाँ गएको ९ दिनपछि युक्रेनको ड्रोन आक्रमणमा परे। चारैतर्फबाट घेरेर ड्रोनले बम हान्दा उनको समूहका सबै मारिए, उनी मात्र बाँचे।

त्रिभुवन विमानस्थलबाट ३ किलो ७४५ ग्राम सुनसहित ४ विदेशी नागरिक पक्राउ

बुधबार राति फ्लाई दुबईको उडानबाट आएका उज्वेकिस्तानी नागरिक पक्राउ परेका हुन्। टर्मिनल गेटमा शंका लागेर चेकजाँच गर्दा उनीहरूको साथमा सुन फेला परेको थियो।

अरनिको राजमार्ग: धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द

ठेकेदारको लापरबाहीका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि उक्त सडकखण्ड निर्माण सकिएको थिएन। पछिल्लो एक वर्षदेखि निर्माणको काम ठप्प थियो।

हिउँदे खडेरीले बढ्यो वन डढेलोको जोखिम

समयमै वन व्यवस्थापन गरी काठ–दाउरा संकलनलाई थप प्रभावकारी बनाउन तथा गाउँबस्ती किनारका ज्वलनशील पदार्थ व्यवस्थापन गर्न विज्ञहरूको सुझाव छ। 

मुग्लिन–नारायणगढ सडकको वैकल्पिक मार्गका लागि २ करोड ६९ लाख विनियोजन

मुग्लिन–नारायणगढ सडकको विकल्पमा मुग्लिनबाट गाईघाट, दासढुंगा, ठिमुरा, देवघाटको देवपुर हुँदै नवलपुरको गैँडाकोट जोड्ने सडकको काम शुरू भएको छ।

रारास्थित एक होटलमा आगलागी, चार भवन जले

होटलमा रहेका पर्यटकलाई उद्धार गरी नजिकै रहेका होटल, सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो।

अमेरिका पठाइदिने भन्दै डेढ करोड ठगेको अभियोगमा ३ जना पक्राउ

वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै झन्डै डेढ करोड रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

टुँडिखेलमा यसरी मनाइयो सेना दिवस (तस्वीरहरू)

सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ।

यात्रु सवार गाडी कालीगण्डकी नदीमा खस्दा १ जनाको मृत्यु, ३ घाइते

नारच्याङमा रहेको शिव मन्दिर जाने यात्रु चढेको भ्यान सडकबाट करिब १५० मिटर तल कालीगण्डकीको किनारमा खसेको हो। 

मलेखुमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

ट्याक्टरमा मृतकसहित चार जना चढेका थिए। चालक गजुरी गाउँपालिका–६ का २३ वर्षीय दिनेश चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हट्यो फुङलिङमा जारी निषेधाज्ञा

फुङलिङ नगरपालिका बजार क्षेत्रमा सम्भावित प्रदर्शन, जुलुस, हुलदंगा, झडप तथा शान्ति सुरक्षामा असर पार्ने परिस्थितिलाई मध्यनजर गर्दै निषेधाज्ञा लगाइएको थियो।

पशुपति दर्शनमा सुरक्षा सावधानी अपनाउन अनुरोध

आपराधिक तथा चोरीका घटना हुनसक्ने हुँदा महँगा गरगहना लगाएर आउँदा समस्या पर्नेतर्फ सचेत गराउँदै प्रहरीले आवश्यक सुरक्षा सावधानी अपनाउन अनुरोध गरेको छ। 

सशस्त्र द्वन्द्वमा बालसैन्य प्रयोगबारे दाहाल–भट्टराईविरुद्धको मुद्दामा सर्वोच्चले थाल्यो सुनुवाइ

सशस्त्र द्वन्द्वमा बालसैनिकको प्रयोग गरेको भन्दै माओवादी केन्द्रका अध्यक्ष दाहाल र तत्कालीन नेता भट्टराईलाई कारबाहीको माग राखेर सर्वोच्चमा दायर रिटको नियमित सुनुवाइ अघि बढेको छ।

काभ्रेका स्थानीय तहले ५ महिनामा पनि टुंग्याएनन् लाभग्राहीको सूची, राहत वितरण अनिश्चित

बाढीपहिलोले क्षति पुर्‍याएको पाँच महिना पुग्दासमेत काभ्रेका स्थानीय तहले यकिन विवरण तयार पार्न नसक्दा सरकारले दिन लागेको अल्पकालीन राहत–रकम वितरण गर्न सकिएको छैन।

नवलपरासीमा प्रेम विवाहको विषयमा झडप हुँदा १९ जना घाइते, प्रहरीको गाडीमा आगजनी

पाल्हीनन्दन गाउँपालिकामा केटाकेटीको प्रेम सम्बन्धलाई लिएर शुरू भएको विवादले झडपको रूप लिएपछि प्रहरीले नियन्त्रणमा लिन पाँच राउन्ड टियर ग्यास र तीन राउन्ड हवाई फायर गरेको छ।

पाथीभरा केबलकार विवाद : गृहले आन्दोलनरत पक्षलाई पुनः बोलायो वार्तामा

पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबुलकार निर्माणका क्रममा उत्पन्न विवाद समाधानका लागि गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको छ।

दुर्घटनामा परेकाको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारलाई सांसदको ध्यानाकर्षण

ज्येष्ठ नागरिकका लागि राष्ट्रिय परिचयपत्र बाध्यकारी नबनाउन र सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र बनाउन मिल्ने व्यवस्था गर्न पनि सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।

धनगढीमा ‘बायोग्यास प्लान्ट’ पूर्ण क्षमतामा सञ्चालन

बायोग्यास प्लान्टबाट दैनिक ३० हजार किलो फोहरलाई व्यवस्थापन गरी तीन हजार ५०० किलो जैविक मल र एक हजार किलो बायोमिथेन ग्यास उत्पादन गर्दै आएको छ।

बागलुङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ५ घाइते

बागलुङ प्रहरीका अनुसार घाइतेमध्ये एक जनालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ भने अरू घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको छ।