अवैध बाटो हुँदै अमेरिका पुग्ने यात्रामा निस्किएका दाङका पूर्णबहादुर अफ्रिकी देश घानामा अस्ताएका छन्। दुई पटक अमेरिका जाने प्रयास गर्दा पूर्णबहादुरले करिब एक करोड खर्चिएको दाइ टोपेन्द्रको भनाइ छ।
युक्रेनी विपक्षी नेताहरू पेट्रो पोरोसेन्को र युलिया टिमोसेन्कोले वासिङ्टनका प्रतिनिधिसँगको कुराकानीमा युद्धका बेला चुनाव गराउन हुँदैन भन्नेमा आफूहरू स्पष्ट रहेको बताएका छन्।
प्रतिनिधिसभाबाट बुधबार पारित भएर आएका पाँच वटा अध्यादेशलाई राष्ट्रियसभाको बिहीबारको बैठकले बहुमतका आधारमा स्वीकृत गरेको छ।
मध्यपहाडी लोकमार्ग योजना कार्यालय, पालुङटारका अनुसार केही स्थानीयले मुआब्जा, चौडाइ र सम्भावित असरको विषय उठाउँदै सडक निर्माणमा अवरोध पुर्याएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौँ महानगरलाई पत्र लेख्दै प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएका सरोजप्रसाद गुरागाईंलाई काम गर्ने वातावरण सहज बनाइदिन अनुरोध गरेको छ।
सांसदले नेपाललाई प्राप्त अमेरिकी अनुदान सहयोगबारे सरकारबाट श्वेतपत्र जारी हुनुपर्ने माग गरेका छन्।
काभ्रेपलान्चोकको खानीखोला गाउँपालिका–५ र मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानस्थित बागमती नदीमा उक्त पुल निर्माण गर्न ठेक्का लागेको थियो।
जिल्लाका १० पालिकाका न्यायिक समिति, न्यायिक सहजकर्ता तथा मेलमिलापकर्ताको सहभागितामा भएको दोस्रो न्यायिक सम्मेलनबाट १२ बुँदे घोषणापत्र जारी गरिएको छ।
डिभिजन वन कार्यालयका अनुसार डढेलो देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा फैलिएको छ।
सम्झौताअनुसार २०७७ सालमै सम्पन्न हुनुपर्ने पुलको म्याद २०८१ साल चैत २० गतेसम्म थपिएको छ। हालसम्म ठेकेदारले बाँकी काम शुरू नै गरेका छैनन्।
वर्षाको सीमा आँकलन गरी तिनलाई जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान प्रणालीमा समावेश गर्ने प्रक्रियालाई सहज बनाउन अध्ययन गरिएको थियो।
सिरहाको नवराजपुरकी १७ वर्षीया रिंकु सदा माघ ३० गते आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।
उकालो सडकमा ब्रेक फेल भएर गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि पाल्पा लगिएको छ।
चार्टर्ड विमान न्यु ह्याम्पसर राज्यको पोर्टसमाउथ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। अल्बानियाको तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा केही यात्रुहरूलाई झारेर नेपाल आइपुगेको हो।
निकुञ्जले मृतकका परिवारलाई १० लाख र घाइतेको उपचारका लागि २ लाख रुपैयाँसम्म सरकारी अस्पतालमा गरेको उपचार खर्च बेहोर्ने गरेको छ।
रिब्दीकोट गाउँपालिका– १ ख्याहा मधुवन सामुदायिक वन र वडा नंं २ को लेक सामुदायिक वनमा डढेलो लागेको छ।
खानेपानीको अभाव रहेको टीकाथली क्षेत्रमा बोरिङमार्फत पानी निकाल्न खोज्दा ग्यास निस्किएर थप जटिलता थपिएकाले जिम्मेवार निकायको ध्यान जान आवश्यक रहेको स्थानीयको भनाइ छ।
अख्तियारले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा विशेष अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ।
सरकारले ल्याएका अध्यादेश बुधबार बस्ने प्रतितिनिसभाको बैठकबाट पारित गराउन सत्तारुढ दल कांग्रेस र एमालेले आ–आफ्ना सांसदलाई अनिवार्य उपस्थितका लागि ‘ह्विप’ जारी गरेका छन्।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको दुई वर्षपछि हिमालय एयरलाइन्सले आगामी चैत १८ गतेदेखि चीनको ल्हासामा उडान गर्न लागेको छ।