कार्यक्रमको उद्घाटन गर्दै गृहमन्त्री रमेश लेखकले सवारी दुर्घटना, लुटपाट, चोरी, साइबर अपराध, आत्महत्या, यौनजन्य घटनाका पछाडि लागुऔषध एउटा कारकका रूपमा रहेको बताएका छन्।
११ वटा योजनाको सम्झौता र बाँकी सबै योजनाको सर्वेक्षण तथा लागत अनुमान तयार पारे पनि आर्थिक वर्षको सात महिनासम्म वित्तीय प्रगति न्यून छ।
ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायत ठाउँमा भारी हिमपात भएको छ। ढोरपाटन पुग्ने पर्यटक बुर्तिबाङमा रोकिएका छन्।
मौसमविद् सरोज पुडासैनीका अनुसार शुक्रबार पश्चिम क्षेत्रमा ६६ मिलिमिटरसम्म वर्षा भएको छ। शनिबार पनि वर्षाको सम्भावना रहेको तर आइतबारबाट मौसम खुल्दै जाने उनको भनाइ छ।
सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको भूकम्पले सात जिल्लामा असर पुर्याएको छ भने ६ जना घाइते भएका छन्।
शुक्रबार बिहानदेखि चुमनुब्री गाउँपालिका–१ साम्दोसहित सामागाउँ, ल्हो, स्याला र आसपासका क्षेत्रमा बाक्लो हिमपात भएपछि पर्यटक होटलमा आश्रय लिएर बसेका छन्।
सिरहाको नवराजपुरकी रिंकु माघ ३० गते घरैमा मृत भेटिइन्। त्यसको तीन दिनअघि साँझ ९ बजे शौच गर्न निस्किएकी उनी बिहान ३ बजे मात्र घर फर्किएर आफूमाथि सामूहिक बलात्कार भएको आमालाई बताएकी थिइन्।
सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रबिन्दु भएर शुक्रबार बिहान गएको भूकम्पका बेला भाग्दै गर्दा काठमाडौँमा दुई जना घाइते भएका छन्।
वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण शुक्रबार हवाई सेवा प्रभावित भएको छ।
मकवानपुरबाट राप्ती नदीलाई डाइभर्सन गरी दुधौरा झार्ने र बारा, पर्सालगायत जिल्लामा खानेपानी बाँड्ने सरकारको योजना छ। राप्तीलाई डाइभर्सन गरी करिब १२ किलोमिटर टाढा लगेपछि मधेश प्रदेश प्रवेश सम्भव हुनेछ।
तुलसीपुर उपमहानगरपालिका–१९ स्थित सक्राममा पाँच वर्षअघि निर्माण भएको खानेपानी ट्यांकी प्रयोगमा नै नआई जीर्ण बनेको छ।
सहकारीका वर्तमान र पूर्वसञ्चालक समितिका पदाधिकारी, सदस्य, लेखा र ऋण समितिका संयोजक तथा सदस्यलाई विपक्षी बनाइएको छ।
खानी तथा भूगर्व विभाग मातहतको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान २:५१ बजे भूकम्प गएको हो।
सम्बन्धमा खटपटपछि वैदेशिक रोजगारीका लागि कतारमा पुगेका प्रेमीलाई नेपाल बोलाइ श्रीमान्को सहयोगमा हत्या गरेको आरोपमा धनुषाबाट प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
वृद्धाश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो आई भवनको दोस्रो तलाको पिलर ढालेर किच्दा एक मजदुरको मृत्यु भएको छ।
रारा तालको किनारमा अवस्थित होटलमा बुधबार राति आगलागीको घटनापछि अवस्था सामान्य बन्दै गएको छ।
समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षयता सास्ती खेप्दै आएका छन् भने दुर्घटनाको जोखिम पनि बढेको छ।
बिहीबार नेप्से परिसूचक ४९.१५ अंक अर्थात् १.७७ प्रतिशतले बढेर २८१५.०४ को विन्दुमा काम भएको छ।
कञ्चनपुरको शुक्लाफाँटा–५ वन समितिमा बिहीबार ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।