आइतबार नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ को विन्दुमा कायम भएको छ।
सहयोग र बजेट कटौतीका बाबजुद नेपालले आन्तरिक स्रोतबाट लगानी बढाउने प्रयास गरेको तर घट्दो स्वास्थ्य बजेट चुनौतीका रूपमा रहेको मन्त्री पौडेलको भनाइ छ।
अख्तियारले बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासँगै मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमारलाई पनि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ।
जलवायुजन्य विपद्लाई सम्बोधन गर्न र हिमनदी, जलस्रोत, वन र कृषि प्रणालीको संरक्षणका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित समाधानलाई प्रवर्द्धन गर्ने आह्वानमा उल्लेख छ।
साहसिक यात्रा, ट्रेकिङ र हिमाल आरोहणका लागि यो क्षेत्रलाई रोज्ने पर्यटकको संख्या क्रमशः बढ्दै गएको कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ।
पुरातत्त्व विभागका अधिकृत नवराज अधिकारी नेतृत्वको टोलीले गोरखाको छेपेटारमा नौ दिन लगाएर गरेको उत्खननका क्रममा भेटिएका भग्नावशेष सत्रौँदेखि अठारौँ शताब्दीका मन्दिर हुनसक्ने अनुमान गरिएको छ।
भक्तपुर– भक्तपुर क्यान्सर अस्पतालले सघन उपचार कक्ष (आईसीयू)सहितको बाल क्यान्सर वार्ड सञ्चालनमा ल्याएको छ। बाल क्यान्सरका बिरामी बढ्दै गए पनि छुट्टै वार्ड नहुँदा उपचारमा समस्या आएकाले चार शय्याको आईसीयू, सात शय्याको डे केयर र वार्डसहित १५ शय्याको वार्ड सञ्चालनमा ल्या…
काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–९ राडरस्थित सडकमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
गुणस्तर तथा नापतौल कार्यालय जनकपुरधामले चालु आर्थिक वर्षको १० महिनामा एक हजार ८७२ उद्योगी तथा व्यवसायीलाई कारबाही गरेको छ।
सरोकारवाला विज्ञहरूले तुलनात्मक रूपमा हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असर बढी हुने गरेको उल्लेख गर्दै क्षतिपूर्तिका लागि विश्वको ध्यानाकर्षण गराएका छन्।
धुलिखेलमा विद्युत्को खम्बामा काम गरिरहेका एक मजदुरको करेन्ट लागेर मृत्यु भएको छ।
काठमाडौँबाट बाहिरिने वा भित्रिने सवारीसाधनले यो सडक रोज्न थालेका छन्। करिब ४५ मिनेटमा सीतापाइलाबाट धार्के पुग्न सकिन्छ।
वर्षासँगै आएको आँधी, हावाहुरीका कारण उदयपुरका विभिन्न स्थानमा दर्जनौँ घर तथा विद्यालयमा क्षति पुगेको छ।
सरोकारवाला विज्ञहरूले जलवायु परिवर्तनका कारण खाद्य सुरक्षामा चुनौती बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार आन्तरिकतर्फ विभिन्न एयरलाइन्सका आठ विमान ‘डाइभर्ट’ भएका छन्।
रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न आदेश भएको सर्वोच्च अदालतका सूचना अधिकारी नीराजन पाण्डेले बताए।
दूरसञ्चार प्राधिकरण अध्यक्ष भण्डारीले नियुक्त हुन पेश गरेका अनुभवका दुई वटा प्रमाणपत्रमाथि अख्तियारले छानबिन थालेको छ। दुई वटा कम्पनीमा एकै समय काम गरेको देखिएपछि भण्डारीविरुद्ध उजुरी परेको थियो।
सगरमाथा संवादमा सरोकारवाला विज्ञहरूले अन्तर्राष्ट्रिय जलवायु संकट समाधानमा सामूहिक प्रतिबद्धतामा जोड दिएका छन्।
काठमाडौँ महानगरपालिका–३१ कात्यानी चोकमा कारको ठक्करबाट घाइते भएका एक बालकको उचारका क्रममा शुक्रबार मृत्यु भएको छ।
भक्तपुर प्रहरीले २४ घण्टाको अवधिमा सूर्यविनायक र मध्यपुरथिमि नगरपालिका विभिन्न क्षेत्रबाट लागुऔषधसहित आठ जनालाई पक्राउ गरेको छ।