AnonymousUser

Logout

कोशी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना 

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा आंशिकदेखि साधारणतया बदली रही मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।

यस्तो रहनेछ शनिबारको मौसम

देशभर आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

डढेलोले रामेछापको ४ हजार ५०० हेक्टर वन सखाप

डढेलोका कारण १५५ सामुदायिक र कबुलियत वनमा क्षति भएको छ। यो वर्ष डढेलोमा परी जिल्लाका दुई जनाको मृत्युसमेत भएको छ।

कोशी, बागमती र गण्डकीमा रातिदेखि नै हल्का वर्षा, तराईमा हावाहुरीको सम्भावना

देशभर आंशिकदेखि साधारणतया बदली रही कोशी, बागमती र गण्डकीको थोरै स्थानमा मेघगर्जन र हावाहुरीसहित हल्का वर्षा भइरहेको छ।

देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि साधारण बदली रहेको तथा कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

पहाडी र तराई क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना

पहाडी भेगका केही स्थानमा मेघगर्जन, चट्याङ र हुरीसहित हल्का वर्षाको सम्भावना छ। तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

देशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

संरक्षण थालिएको ताल नै सुकेपछि...

गाउँमा जथाभावी सडक निर्माण र तालमा सिमेन्टको पर्खाल लगाएपछि पानी रित्तिएको स्थानीय बताउँछन्।

९ वर्षमा आगोले लियो ७५७ को ज्यान, डढेलो रोकथाम र कृषि उब्जनी बढाउने ‘बायोचार’ बिर्सिइँदै 

हरेक वर्षको हिउँदमा वन डढेलो र आगलागीका कारण पछिल्ला नौ वर्षमा ७५७ जनाले ज्यान गुमाएका छन्। सरकारले चाहेमा यस्तो क्षति घटाएर कृषिउत्पादन बढाउने बलियो विकल्प बन्नसक्छ ‘बायोचार’।

‘डढेलोले वन खाइदियो, भैँसी–बाख्रालाई पो के खुवाउने?’

स्थानीय कुशुलको पाखा, छोटेडाँडा, दुराको रूख र अर्दाको पाखाभरिको वन बिहीबार सल्केको डढेलोले सखापै पारिदिएको छ। यी वनपाखा कालिकाका करिब डेढ सय घरधुरीले घाँसपातको जोहो गर्दै आएको क्षेत्र हो। 

देशका केही स्थानमा वर्षा तथा हावाहुरीको सम्भावना

दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली हुनेछ। कोशी प्रदेश तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तो रहनेछ शनिबारको मौसम

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि साधारणतया बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

पर्यावरण बिगारेको भन्दै अभियन्ताले हटाए रूखमा बेरिएका झिलिमिली बत्ती

हेर्दा सुन्दर देखिने दृश्यको कुरूप यथार्थले प्रकृतिबाट मानव जीवनलाई अलग्याएको भन्दै प्रकृतिप्रेमी अभियन्ताहरूले आपत्ति जनाएका छन्।

देशका अधिकांश स्थानको मौसम सफा रहने

दिउँसो, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली भई बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ।

सगरमाथाको फोहोर अब भरियाको साटो 'ड्रोन'ले ओसार्ने

सगरमाथाको आधार शिविरदेखि माथि सामान ओसारपसारका लागि गरिएको ड्रोनको परीक्षण उडान सफल भएको छ। अब त्यस क्षेत्रमा सामान ओसार्न व्यावसायिक रूपमै ड्रोन प्रयोग गरिने छ।

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित शहर

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार ३९ जिल्लाका १६५ स्थानमा वन डढेलो लागिरहेको छ। 

यस्तो रहनेछ बिहीबारको मौसम

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली हुनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

यस्तो रहनेछ बुधबारको मौसम

पहाडी भूभागमा आंशिक बदली रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनेछ।

सगरमाथा ओरोहीलाई गाउँपालिकाको नियम : आफ्नो मलमूत्र अनिवार्य फिर्ता ल्याउनुपर्ने

आरोहीहरूले लगेको फोहोर आफैँले फिर्ता ल्याउनुपर्ने नियमलाई संघीय सरकारले कडाइ गर्न नसकिरहेको अवस्थामा खुम्बु पासाङल्हामु गाउँपालिकाले आरोहणमा दिसापिसाब राख्ने ब्याग अनिवार्य लैजानुपर्ने नियम लगाएको छ।

यस्तो रहनेछ मंगलबारको मौसम

कोशी, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना छ। लुम्बिनी, मधेश, सुदूरपश्चिम र कोशीका केही स्थानमा हावाहुरीसमेत चल्ने छ।