AnonymousUser

Logout

तराईमा हुस्सु, कोशी, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली

दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहनेछ।

कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने

तराईका भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले जनाएको छ।

पानी नपरी बित्दै हिउँद, किसान चिन्तित

माघ अन्तिम सातासम्म पनि तराईमा हुस्सुले छाडेको छैन। हिउँदमा हुस्सु लाग्नु स्वाभाविक भए पनि माघ लागेपछि घाम तात्दै जाने पुरानो मौसमको थिति खलबलिएको किसान बताउँछन्।

जलवायुको असर र अतिक्रमणको मारमा सिमसार

जलवायु परिवर्तनका असरले मौसममा देखिएको परिवर्तन र मानवीय गतिविधिको अतिक्रमणले सिमसार क्षेत्र सीमित हुँदै गएको देखिन्छ। तिनको क्षेत्रफल र गुणस्तर दिनानुदिन घट्दै गइरहेको छ।

यस्तो रहनेछ आइतबारको मौसम

दिउँसो कोशीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानको मौसम मुख्यतया सफा रहनेछ।

शनिबारको मौसम: तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

दिउँसो कोशी र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

यस्तो रहनेछ शुक्रबारको मौसम

दिउँसो कोशीको पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

जलवायु परिवर्तन र शासनप्रणालीबारे कोशी तथा मधेशमा छलफल

अन्तरक्रिया कार्यक्रम जलवायु परिवर्तनको क्षेत्रमा शासनप्रणालीको महत्त्व तथा मुख्य सरोकारवाला पक्षबीचको सहकार्य र समन्वयबारे केन्द्रित थियो।

ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा

अनियन्त्रित चोरी शिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको असर, रासायनिक मलको प्रयोग, जलप्रदूषण, पानीको अति प्रयोग, ताल सुकाएर माछा मार्नेलगायत कार्यले चरा संरक्षणमा चुनौती थपिएको छ।

कोशी, कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना 

कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातसमेत हुने महाशाखाको अनुमान छ। 

संरक्षित क्षेत्रमा ठूला पूर्वाधारको अन्योलः सर्वोच्चको फैसला के हो, अब के गर्ने?

निकुञ्ज र संरक्षित क्षेत्रमा ठूला पूर्वाधार बनाउने बाटो खोल्न गरिएको ऐन संशोधनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि जलविद्युत् लगायतका पूर्वाधार निर्माण ठप्प हुने चर्चा चुलिएको छ। 

सुन्तलाखेतीमा जलवायु परिवर्तनको प्रभाव: घट्यो उत्पादन

तनहुँको म्याग्दे गाउँपालिका–३ गुञ्जार उमाचोकमा केही वर्ष अघिसम्म सुन्तला उत्पादन प्रशस्त हुने गरेको थियो। पछिल्लो समय पानी कम पर्न थालेसँगै सुन्तला पनि कम फल्न थालेको किसानले बताएका छन्।

यस्तो रहनेछ मंगलबारको मौसम

दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम मुख्यतया सफा रहनेछ।

तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

बागमती र कर्णालीका पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तराईका अधिकांश स्थानमा मन्द शीतलहर, सतर्कता अपनाउन आग्रह

मधेश तथा कोशीको तराई भूभागमा मन्द शीतलहरको अवस्था रहेको छ। बाँकी तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो रहनेछ शुक्रबारको मौसम

तराईका धेरै भूभागमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

के काठमाडौँमा यो वर्ष जाडो सकिएको हो?

यो वर्ष हिउँदमा काठमाडौँको अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुँदा कम चिसो महसुस भएको छ। पछिल्लो पाँच दिनदेखि अधिकतम तापक्रम निरन्तर उकालो लागिरहेको छ।

बढ्न थाल्यो उपत्यकासहित देशभरको तापक्रम

बुधबार सबैभन्दा बढी अधिकतम तापक्रम दिपायलमा २७.२ डिग्री तथा न्यूनतम तापक्रम जुम्लामा माइनस ३.५ डिग्री मापन भएको महाशाखाले जनाएको छ।

पेरिस सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणाले जलवायु वित्त कार्यान्वयनमा चुनौती

पेरिस सम्झौताबाट अमेरिका बाहिरिए कार्बन उत्सर्जन कटौतीका सम्बन्धमा लिइएको लक्ष्य कार्यान्वयनमा चुनौती थपिनेमा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।