२०४६ सालयता नेपालमा धेरै पार्टी र उम्मेदवारले चुनाव जितेका र हारेका छन्। चुनाव हारेकै रोषमा पार्टीका समर्थकले साम्प्रदायिक घृणा फैलाएको अहिलेसम्म थाहा छैन।
बिहानै राखिएको सभामा भीड बढ्दै गयो। कोही कविता भन्न थाले, कोही भाषण गर्न। श्रोताले साथ दिइरहे। धेरैका हातमा साना घण्टी थिए। जब उत्तेजित हुन्थे, घण्टी हल्लाउन थालिहाल्थे। त्यो आवाज उत्साहको थियो।
उपनिर्वाचन अर्थात् संसद्मा जम्माजम्मी ३ सिट यताउता हुने परिघटना। यही एउटा घटना दशकौँ लामो इतिहास बोकेका प्रमुख पार्टीहरूकै जग हल्लाइदिने धक्का कसरी बन्यो?
तनहुँको नतिजाले नेपालको राजनीतिमा धरातलीय रूपमा नै परिवर्तन भइरहेको संकेत दिएको छ जसले लोकतन्त्र र राजनीतिलाई लामो समय प्रभावित गर्ने छ। के हुन् त, स्वर्णिमको विजयोन्मुख नतिजाका सन्देश?
समाजको चरित्र यस्तो रहेछ, जसले कुनै कुरा बिर्सन दिँदैन। रेकर्ड राखिरहन्छ। कोही आफ्ना वा गाउँका मानिसलाई चिनाउँदा पनि ‘चौकीमा सुई लगाउँदा बितेको टिचर थिइन् नि, उनकी छोरी’ भनेर चिनाउने क्रम अझै जारी छ।
भोलिपल्ट ब्युँझदा उनी कुनै घरभित्र थिए। नजिकै ओछ्यानमा एक जना ‘फुच्चे’ पनि सुतिरहेको। त्यो फुच्चेलाई उठाए र आफू कहाँ छु भन्ने जान्न चाहे। फुच्चेले जवाफ दियो, “नयाँ सडकको प्रहरी चौकी।”
अर्थतन्त्र नाजुक देखिँदैगर्दा अर्थमन्त्री डा. महतलाई ‘कास्टिङ’मै निरीह बनाइन लागेको लक्षण देखिँदैछ। बजेट ल्याउनुपर्ने दिन नजिकिँदै गर्दा टिमै बनाउन व्यवधान खडा गरिएपछि उनी तनावमा देखिन थालेका छन्।
‘दाइ, भाउजू, सालो र भतिजको अक्षम गिरोह’ आरोपित कांग्रेसमा हाबी नेतृत्वलाई स्वर्णिमहरू आउन्–जाउन् बालै हो। अझै खुशी नै हुनेछन्। तिनका लागि पद र त्यससँगै पैसा र शक्ति प्राप्त गर्नु जीवनको ध्येय हो।
मानिसहरू कुनै आख्यानका आधारमा बाह्य र भित्री संसारसँग अन्तरक्रिया गरिरहेका हुन्छन्। तर, जब दैनिक अनुभव र आख्यान एकापसमा मेल खान छाड्छन् तब उसलाई मानसिक समस्याले सताउन थाल्छ।
विभिन्न संयोगहरूबाट ‘भाग्यमानी’ साबित प्रधानसेनापति प्रभुराम शर्माका पछिल्ला अभिव्यक्ति र व्यवहारले उनमा अचम्मको हुटहुटी सवार भएको देखाउँछन्।
एमालेसहितको गठबन्धन गरी प्रचण्ड प्रधानमन्त्री भएपछि आईजीपी धीरजप्रताप र उत्तराधिकारी ब्याच एन्ड कम्पनीका अधिकृतहरूले पनि गठबन्धन गरेर सेवा अवधिको वर्तमान प्रावधान खारेजीको लागि देउसी–भैलो थालेका थिए।
सि जिनपिङले राष्ट्रपतिको तेस्रो कार्यकाल शुरू गर्दा चीनभित्र र बाहिर स्थिति अनुकूल छैन। चीन र दक्षिण एशियामा भएका भूराजनीतिक बदलावले नेपालको राष्ट्रिय हित, लोकतन्त्र र विकासमा चुनौती ल्याउन सक्छन्।
हारको कालो बादल मात्र मडारिइरहेको चुनावमा उम्मेदवार हुन अरुचि देखाएका रामचन्द्रले १४ वर्षको ‘वनवास’पछि जितका लागि चाँदीको घेरा मात्रै देखिएको चुनावमा उम्मेदवार हुँदै राष्ट्रपतिमा निर्वाचित भएका छन्।
‘होरी’का भाकाहरूमा सबैभन्दा बढी प्रचलित लोक रस हो। ‘जोगिरा सररर’ जोडिएको भाका अनेक छन्। यसमा जबरजस्त र मौलिक नाच नै हुन्छ। स्त्री–पुरुषको दैहिक संसर्गलाई जोडेर एकअर्कालाई मजाक गर्ने खालका गीत भरमार छन
ओलीले माधव नेपाललाई राष्ट्रपति र जसपालाई उपराष्ट्रपति दिने भनेर ढोक्सा थापे। यस्तो अवस्थामा कांग्रेस–माओवादीबाहेक पनि बहुमत पुग्नसक्थ्यो। त्यो थाहा पाउने बित्तिकै प्रचण्डले जवाफी फायरिङ खोलेका थिए।
हिजोको हिंसात्मक विद्रोह होस् या अहिलेको शान्तिपूर्ण राजनीतिको कालखण्ड, माओवादी अध्यक्ष पुष्पकमल दाहालले जहिल्यै अस्थिरता र भद्रगोललाई नै शक्ति आर्जनको अस्त्र बनाएका छन्।
राष्ट्रपति चयनका लागि जुन राजनीतिक र भूराजनीतिक खिचातानी चलिरहेको छ, त्यो खिचातानी राष्ट्रपति निर्वाचनपछि पनि जारी रहनेछ।
मैले गरेका भाषिक विभेद र मेरा पूर्वाग्रह म हुर्किएको समाज र सिकाइको उपज हुन् भन्न सकिन्छ।
आजका विश्वमा स्टालीनजस्ता तानाशाह वा इदि अमीनजस्ता मानव संहारक छैनन्। बरू उल्टो मायावी नेताहरू तानाशाहका रूपमा उदित छन्। उनीहरूको प्रमुख माध्यम सूचनाको हेराफेरी र देखावटी लोकतन्त्र हो।
रविको पत्रकार सम्मेलनमा बजेको घण्टीको आवाजलाई आत्मसमीक्षाको मौका मानियो भने पत्रकारिता क्षेत्र नै लाभान्वित हुनेछ। पर्चाकारिताजस्तो सुनिने जवाफी ‘फायरिङ’मा सीमित रहे आफ्नै लागि घातक हतियार बन्नसक्छ।