मृत्यु भएका विद्यार्थीमध्ये कसैले एक करोड रुख रोप्ने प्रण गरेका थिए भने कसैले नेपालमै राम्रो कृषि फार्म सञ्चालन गर्ने सपना बुनेका थिए। उनीहरू अब केही दिनमा रातो बाकसमा नेपाल आइपुग्नेछन्।
हामीलाई चम्किला पूर्वाधार मात्रै चाहिएका हुन् कि, तिनका छेउछाउमा दुई छाक टार्न सक्ने मानिस पनि चाहिएका हुन्? यो प्रश्नमा आवश्यक विमर्श नहुँदा जे हुने हो, हामी देशभर त्यसैको परिणाम भोगिरहेका छौँ।
चीनको तिब्बतमा रहेका हिमताल विस्फोटबाट नेपाल सधैँ उच्च जोखिममा रहे पनि क्षति न्यूनीकरणका लागि नेपालले द्विपक्षीय जलवायु सूचना आदानप्रदानका लागि पहल नै गरेको छैन।
नरेन्द्र मोदीको नेतृत्वमा भारतीय जनता पार्टी (बीजेपी) अगुवाइको गठबन्धनले सन् २०१४ मा सत्ता सम्हालेयता त्यहाँ मिडियाबारे हरेक दिनजसो बहस जारी छ। विपक्षीहरू आफूलाई ‘मिडियापीडित’ महसुस गरिरहेका छन्।
आफूलाई प्रतिकूल लाग्नासाथ संसद् विघटन गरिदिने र सरकार बनेको दुई महिनामै सत्ता–सारथि बदल्ने हद्सम्मको प्रवृत्तिले निम्त्याएको अस्थिरता रोक्न सक्ने ‘दूरद्रष्टा’ नहुनुको तारो बनेको छ, संविधान।
१९ वर्षअघि भदौ १६ मा भएको वितण्डा धेरैले सम्भवतः बिर्सिइसके। ‘मास फ्रस्ट्रेसन’को अवस्थामा देखिनथालेको समाज र त्यसमै घिउ थपिरहेको राजनीतिले देशलाई त्योभन्दा भयावह वितण्डातर्फ उन्मुख गराउँदैछ।
संघर्ष निकै सकसपूर्ण थियो– पीडितका लागि मात्र होइन, अनुसन्धानकर्मीका लागि पनि। तीन जना गवाहको त हत्या नै भएको थियो, एक जना बेपत्ता। रियल घटनाक्रम रिलभन्दा फरक सुनिँदैनथ्यो।
सत्ता निकटहरूका अनुसार महामन्त्रिपरिषद् अर्थात् प्रधानमन्त्री प्रचण्ड, शेरबहादुर, आरजु र गंगा दाहालको समूह निकै शक्तिशाली छ। यो चौकडी नारायणकाजीलाई बाहिरको बाटो देखाउन प्रयत्नरत छ।
पहेँला लुगा लगाएर भावुक र नाटकीय प्रवचन दिँदा केही मान्छे एकैछिन भावुक बन्लान्। तर तीन हजार वर्षदेखि जात व्यवस्थाद्वारा दीक्षित समाजले विभेदको महामारीबाट मुक्ति पाउनेवाला छैन।
तत्कालीन अधिराजकुमार १५ लाख रूपैयाँ ‘पारिश्रमिक’का लागि एक क्विन्टल सुनको भरिया भएका थिए। गत साता भरिया नै पक्राउ परे। नेपाली जति प्रभावशाली भए पनि ‘भरिया मात्रै त होइनन्?’ भन्ने प्रश्न उब्जिएको छ।
बालेनको लोकप्रियताले रकेटको गति लिइरहँदा उपचुनावताका देखिएको रविको लोकप्रियता थिग्रिँदै गएको सुनिन्छ। कथित सामाजिक सञ्जालले लिफ्टमा माथि उकाल्छ, झार्दा लिफ्ट/भर्याङ देख्दैन, खुर्मुर्याइदिन्छ।
विचारको महत्ता स्थापित गर्न खोज्दै गर्दा खप्तड बारम्बार एउटै कुरा दोहोर्याइरहन्छन्। यस्तो लाग्छ, करिब १०० पृष्ठको यस पुस्तकको सार खिच्ने हो भने पाँच पृष्ठमा सम्भव छ।
केही वर्षयता चीनको प्रभाव मत्थर पार्न अमेरिका र भारतले पूर्वाधार निर्माण रणनीतिलाई कूटनीतिको अभिन्न अंग बनाएका छन्। भारतको यही रणनीतिले नेपाल अब जटिल तरिकाले भारतसँगै जोडिन पुगेको छ।
सुडान घोटाला र साढे ३३ केजी सुनकाण्ड यस्ता परिघटना हुन्, जो नेपाल प्रहरीको छवि र गति दुवैका निम्ति ‘कालो अध्याय’ जस्तै बने। त्यसबाट मुर्झाएको प्रहरीमा प्राण भर्ने घटना बनेर आयो, शरणार्थी प्रकरण।
माओवादीका कोही पनि नलपेटिने देखेपछि प्रधानमन्त्री दाहाल अनुसन्धान अघि बढाउन उत्साही भए। कांग्रेस सभापति देउवाको चासो/चिन्ता श्रीमती आरजु राणा देउवा पनि तानिने हो कि भन्नेमै सीमित देखिन्थ्यो।
आफ्नो समाज, संस्कृति, परिवार, घरबार, माटो छोडेर पराई ठाउँमा जाने कुरा सबैका लागि कठिन हो। तर कोही अवसरकै लागि नक्कली शरणार्थी बन्छ भने, त्यसले विश्वको हरेक सक्कली शरणार्थीको अपमान गरिरहेको हुन्छ।
२०७४ सालको चुनावअघि समानुपातिक सूचीमा आफ्नो नाम पुछारतिर परेपछि मञ्जुले बालुवाटारमै बबण्डर मच्चाएकी थिइन्। त्यसको पाँच वर्षपछि संसद् छिरेरै छाडेकी उनी नक्कली शरणार्थी प्रकरणले 'चर्चा'मा आइन्।
सुमना श्रेष्ठको पोसाकलाई अमर्यादित भन्ने हो भने त्यस्ता मान्छेहरूका लागि धर्तीको सबैभन्दा सुन्दर समाज आजको अफगानिस्तान हो।
सत्तामा पहुँच हुने स्रोतअनुसार टेकनारायण देउवाका नातेदार भूषणका सहयोगीमार्फत देउवा परिवारमा पहुँच पुर्याइ गृहमा पुगेका थिए। यसैले राज्यप्रायोजित मानवतस्करीको जालो कताकता फैलिएको छ अनुमान गर्न सकिन्छ।
‘हाइ–प्रोफाइल’हरूलाई हायलकायल पारेको नक्कली शरणार्थी प्रकरणले देश नै खोक्रो पारिरहेको ‘लुटतन्त्र’लाई हिर्काउने अवसर पनि दिएको छ। त्यसको प्रस्थानविन्दु बन्न सक्छ, बाँसबारी र बालमन्दिर प्रकरण।