AnonymousUser

Logout

पोहोर शतक, यसपालि सस्तैमा आउट– के होला मिशन ०८४?

‘फ्रन्टफुट’मा ‘स्ट्रेट ड्राइभ’ मार्न खप्पिस कप्तान अहिले ‘ब्याकफुट’मा टुकुरटुकुर छेक्न संघर्षरत छन्। पार्टी उपकप्तानसहित स्थापनाकालीन ‘प्लेइङ सेट’का खेलाडीले पनि सहकारीका ‘बाउन्सर’ सामना गर्नुपरेको छ।

सहकारीमा नारायणकाजीको ‘वार’विरुद्ध ६० किलो सुनमा रविको ‘पलटवार’

अहिले सरकारका उपप्रधानमन्त्री रहेका दुई नेताको किचलो नारायणकाजी गृहमन्त्री अनि रवि विपक्षमा रहेका बेला राज्यव्यवस्था तथा सुशासन समितिमा भएको नोकझोकपछि छताछुल्लै भएको थियो।

राजनीतिक ‘स्टार्टअप’मा संकट– उता शराब, यता सहकारी

आपलाई आइलागेको आपत र रविलाई भइरहेको राहतमा भिन्नता छ। मोदी सरकारले विपक्षी नेताविरुद्ध केन्द्रका एजेन्सी लगाइदिएको छ। यता रवि प्रतिपक्षमा रहँदा पनि दोहोरो पासपोर्टमा मुद्दा चलाउन नपर्ने निर्णय गरियो।

बच्चालाई 'तपाईं' भन्दा तपाईंको अहम्‌मा ठेस पुग्छ?

भाषिक सम्बोधनको कुरा आखिर विचार र चेतनाकै हो। भाषिक प्रयोगमार्फत कसैलाई आफूतल या आफूमाथि ठहर गर्न हामी खोजिरहेका छौँ भने त्यो साह्रै 'झुर' हो।

चुनावी चन्दाले चर्काएको माहोल

जनमानसमा बेदाग ठानिएका मोदीको सफेद कुर्ता–पाइजामामा चन्दा काण्डले दाग बसाल्ने सम्भावना देखिँदैछ।

परशु : जो सधैँ यायावर रहे...

एउटै व्यक्तिको बदलिरहने चरित्र सम्झेर परशु आफूलाई उदेक लाग्ने बताउँथे। जस्तो, एउटा व्यक्ति बिहान ट्युसन मास्टर, दिउँसो क्लर्क, बेलुका कोही फूलमाया नामकी केटीको प्रेमी र राति पत्नीको प्यारो पति हुन्छ।

झुपडीअगाडि अम्बानी परिवारको ‘नकच्चरो’ नाच

भारतका विपन्न १२ सय गाउँमा १०-१० करोड भारु पुग्दा त्यसबाट के–के बन्न सक्थे? कति बिरामीको उपचार हुन सक्थ्यो? कति भोका बालकको भोक मेटिन्थ्यो?

महासंकटमा मिडिया

प्रकाशकहरूले बुझ्नैपर्छ– अरू व्यापारमा लगानी गरेजस्तो होइन मिडिया। यसमा ‘प्यासन’ चाहिन्छ। सहीलाई सही र गलतलाई गलत भन्ने आँट चाहिन्छ। अहिले प्रकाशकहरूले यी सबै मूल्य–मान्यता अपनाउन सक्ने अवस्था छैन।

रतनपुरका रामलाल, सिरसाका रामरहिम

जंगलमा कात्तिकदेखि शुरू भएको भिडभाड पुसको उत्तरार्धदेखि घट्दै गइरहेको थियो। फागुनमा रामलाल टोड्कोबाट हराए। केही समयपछि चारकोसे झाडीकै हलखोरिया दहनेर ‘प्रकट’ भएको खबर आयो।

नटुवा उस्तै, चमार उकासिँदै

नटुवा समुदाय घुमन्ते/फिरन्तेमै अल्झिइरहनु र चमार, हरिजनको जीवनस्तर, आत्मविश्वासमा सुधार हुनुमा दुई कुराले काम गरेको छ। चमार, हरिजनसँग पुर्जासहितको धेरथोर जग्गा छ। घरैपिच्छेजसो वैदेशिक रोजगारीमा छन्।

उताको सहारा, यताका सहकारी

सहाराको व्यापारिक साम्राज्य र सुब्रत रायको शानसौकत एकै झड्कामा ढल्दा करोडौँ बचतकर्ता र लाखौँ एजेन्टको बिचल्लीका कथा हाम्रा सहकारी, यसका सञ्चालकका ठाँट तथा अन्तिममा बचतकर्ताको बिचल्लीसँग मेल खान्छ।

बलात्कृत बालिकामाथि अनवरत अत्याचार

कल्कीको मुद्दामा अभियुक्त शाही पुर्पक्षका लागि थुनामा जान नपर्ने हो भने अब मिहिनेत/मजदुरी गरी जीविका चलाउने परिवारका कलिला बच्ची बलात्कृत भए न्याय माग्न नगए हुन्छ।

मुद्दाको अन्तिम सुनुवाइ हुने बेला एनसेल किनबेच

नेपालका शीर्ष भनिने नेतामध्ये सिंगापुरमा सतिशलालको पाहुना नभएका बिरलै छन्। उनै सतिशलाललाई एनसेलमा ८० प्रतिशत स्वामित्व राख्ने मलेसियाको आजियाटाले आफ्नो सबै शेयर बेचेपछि फेरि ‘टक अफ द टाउन’ भएका छन्।

सन्दर्भ कोप–२८: काठमाडौँका उपलब्धिहीन छलफल

जलवायुजन्य प्रकोपका कारण ग्रामिण क्षेत्रका विपन्न तथा गरिब परिवारको समस्या समाधानमा केन्द्रित हुनुपर्ने सरकारको ध्यान अन्ततिरै छ। 

शिख धर्मका संस्थापक गुरु नानकको नेपाल साइनो

गुरु नानक काठमाडौँ आएको बखत बसेको ठाउँलाई अहिले पनि गुठी संस्थानले संरक्षण गरिरहेको छ। सोह्रखुट्टे नयाँ बजारनजिकै विष्णुमती नदीछेउमा उनी बसेको डाँडामा प्राचीन उदासीन श्री गुरु नानक मठ रहेको छ।

मधेशको भैयादुज: जिअ भइया लाख बरिस

मधेशमा यमपञ्चकको पहिलो दिन काग र दोस्रो दिन कुकुरको पूजा हुँदैन, तर लक्ष्मीपूजाको दिन कमसेकम एक जोर नयाँ लुगा लगाउनु पर्छ भन्ने मान्यता छ।

सिंगो जीवन नेपाल र नेपालका पुतलीलाई सुम्पेर अस्ताएका पुतली बाजे

अंग्रेजी लवजको मधुरो बोलीमा पुतलीसँग सम्बन्धित सारा जिज्ञासा मेटाइदिने पुतली बाजे अब कहिल्यै भेटिने छैनन्। आफ्नै खोजअनुसन्धानले पुतली बाजेलाई नेपाल र नेपालीमाझ शताब्दीयौँसम्म जीवित राखिरहने छन्। 

गणतान्त्रिक नेपालका ‘राष्ट्रिय लज्जा’ 

इतिहास बनेका राजाहरूको धङधङी बोकेर हिँडिरहेका लोकतान्त्रिक गणतन्त्रका राज्य सञ्चालकहरूको स्वयंलाई प्राधिकार ठान्ने हुटहुटीले गणतन्त्रलाई नै कलंकको भारी बोकाउन अभिशप्त बनेको छ देश।

सम्भावित साम्प्रदायिक तनावको सन्त्रास

दंगा भड्काउने नियतले सामाजिक सञ्जालमा लामो समयदेखि पोस्टहरू भइरहे पनि सुरक्षा निकायले खासै चासो राखेका छैनन्। बैठकहरूमा सुरक्षा निकाय प्रमुखहरूले सामाजिक सञ्जाल नै बन्द गर्नुपर्ने बताउने गरेका छन्।

शाहरुख खान: उदारवादका ‘रेजिलियन्ट’ अवतार

जब सम्बन्धित अल्पसंख्यक समुदायमाथि अन्याय भयो, शाहरुखको अस्तित्वमाथि निशाना साँधियो। त्योबेला उनले उदेकलाग्दो मौनधारण गरे। पहिले सरकारी अत्याचारविरुद्ध बोलेका उनी हालका ज्यादतीबारे मौन नै छन्।