ह्वाट्सएपले प्रयोगकर्ताहरूलाई मेसेज सम्पादन गर्न अनुमति दिने भएको छ। मेसेज पठाएको १५ मिनेटसम्ममा सम्पादन गर्न सकिने कम्पनीले जनाएको छ।
मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएकी छन्।
दिवसको नारा ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ तय गरिएको छ।
राष्ट्रिय सूचना प्रविधि केन्द्रले लोकसेवा आयोगलाई सेवा सञ्चालनका लागि प्रदान गरिएको सर्भरमा समस्या देखिएको जनाएको छ।
भारतीय स्मार्टफोन प्रयोगकर्तालाई आकर्षित गर्ने रणनीति एकातिर छ भने अर्कोतिर अमेरिका र चीनबीचको बढ्दो दूरीका कारण चीनको निर्भरता कम गर्ने पक्षमा एप्पल रहेको बताइन्छ।
भारतको मुम्बईमा पहिलो पटक एप्पलको औपचारिक खुद्रा स्टोर खुला गरिएको छ। स्टोरमा ५० प्रतिशत महिला कर्मचारी हुने र स्टोरको नेतृत्व पनि महिलाकै हातमा रहने बताइएको छ।
प्रमाणीकरण नियन्त्रकको कार्यालयले स्थापनाको १५ वर्षसम्म पनि एसएसएल प्रमाणपत्र दिन नसक्दा इन्टरनेटमार्फत हुने निजी तथा सरकारी विद्युतीय कारोबारको सुरक्षामा विदेशी कम्पनीहरूको भर पर्नु परेको छ।
साबइर सुरक्षा उद्योगमा दक्ष जनशक्ति अभावका कारण पछिल्ला केही महिनायता अस्ट्रेलियामा साइबर आक्रमणका घटना बढिरहेको विज्ञहरूको भनाइ छ।
चर्चामा रहेको नवीनतम एआई च्याटबट च्याटजीपीटीले मानिसलाई उत्सुकसँगै सशंकित पनि बनाएको छ। यसको प्रयोग बढ्दै जाँदा रोजगारी खोसिनेदेखि भाषा विज्ञान र ज्ञानको मौलिकता गुम्ने भन्दै चिन्ता व्यक्त भएका छन्।
अध्ययनका क्रममा गुडियाजस्तै देखिने रोबोटबाट सहभागीले कम अपेक्षा राखेको पाइयो भने बच्चाजस्तो देखिने रोबोटप्रतिको अपेक्षा र वास्तविक मेल नखाएको भेटियो।
गुगल, अमेजनजस्ता कम्पनीले प्रतिस्पर्धी बन्न र खर्च कटौतीमा सन्तुलन मिलाउन संघर्ष गरिरहेका बेला मेटाले पनि कर्मचारी कटौती गर्ने घोषणा गरेको छ। मेटाले यसअघि खुलाएको ५ हजार जनाको आवेदनसमेत रद्द गरेको छ।
खानेपानीका पाइप र धारादेखि बाथरुममा आउने समस्या तथा विजुली लगायतका समस्या समाधानका लागि नेपालगञ्जमा ‘तुरुन्त’ सेवा शुरू भएको छ।
मन्त्री शर्माले दूरसञ्चार क्षेत्रभित्रका विकृति र विसंगतिलाई हटाएर नियमनलाई प्रभावकारी बनाउनुपर्ने बताएकी छन्।
समिटमा स्वतन्त्र फोटोग्राफर र सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरू एकै थलोमा भेला भएर अन्तरक्रिया गर्नेछन्।
विराटनगर उड्न धावनमार्गनजिकै पुगेको सौर्य एयरलाइन्सको जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ।
अध्यागमन विभागको ‘सर्भर डाउन’ हुँदा अवरुद्ध बनेको अन्तर्राष्ट्रिय उडान दुई घण्टापछि पुनः सञ्चालनमा आएको विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिएका छन्।
सरकारले सञ्चालन गरेको डेटा सेन्टरमा नेपालबाट अत्यधिक ट्राफिक आउँदा सरकारी वेबसाइटमा समस्या आएको छ।
नेपाल वायुसेवा निगमका पाइलटले विमान अवतरण गर्दा एटीसीको नियम पालना नगरेको पाइएपछि कारबाहीका लागि निर्देशन दिइएको प्राधिकरणले जनाएको छ।
प्रविधिको प्रयोग गरेर हुने गैरकानूनी आर्थिक गतिविधि नियमनका लागि बनेको विद्युतीय कारोबार ऐन उपयोगविहीन हुन थालेको छ। यो ऐन इन्टरनेटबाट हुने अन्य अपराध नियन्त्रण गर्न पर्याप्त नभएको विज्ञहरू बताउँछन्।
वैदेशिक रोजगारीमा गएकाले व्यक्तिगत प्रयोगका लागि ल्याएका मोबाइलको एमडीएमएस प्रक्रिया आफैँले पूरा गर्नुपर्ने प्रावधान व्यवहारिक नभएको भन्दै विदेशमा बसेकाहरूले गुनासो गरेका छन्।