असोजदेखि अनौपचारिक माध्यमबाट आयात गरिएका मोबाइल ‘ग्रे लिस्ट’ मा रहने व्यवस्था गरिएको दूरसञ्चार प्राधिकरणले जनाएको छ।
मोबाइल भेटेर फिर्ता नदिने वा चोरी गर्नेहरूले सिम नराखी फिल्म हेर्न, गेम खेल्न र वाइफाईबाट इन्टरनेट चलाउन प्रयोग गर्दा भेटिने सम्भावना कम हुन थालेको प्रहरी बताउँछ।
अमेरिकाको क्यालिफोर्नियास्थित लरेन्स लिभरमोर नेशनल ल्याबोरेटरीमा भएको प्रयोगबाट वैज्ञानिकहरू पहिलोपटक आणविक संयोजन प्रतिक्रियाबाट घनात्मक ऊर्जा प्राप्त गर्न सफल भएका हुन्।
‘ट्रस्ट एन्ड सेफ्टी काउन्सिल’का प्रतिनिधिहरूले बैठक बस्ने तयारी गरिरहेकै बेला काउन्सिल नै भंग भएको सूचना इमेलमार्फत पठाइएको थियो।
अन्तरसरकारी रेडियो टेलिस्कोप निर्माणको प्रारम्भिक चरणको संरचनामा २०० प्याराबोलिक एन्टेना डिसका साथै १ लाख ३१ हजार डाइपोल एन्टेना राखिने छ। यसको आकार ‘क्रिसमस ट्रि’जस्तो हुने छ।
प्रधानसम्पादक केपी ढुंगानाले सीएमएसमा अनधिकृत प्रवेश गरी रास्वपाका सभापति रवि लामिछाने, उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन र काठमाडौँ महानगरका मेयर बालेन साहसँग सम्बन्धित समाचार हटाएको बताए।
मानिसलाई चन्द्रमाको भ्रमणमा लैजाने योजनाअनुरूप आर्टमिस मिसनले ओरियन क्याप्सुललाई परीक्षण मिसनमार्फत चन्द्रमातर्फ पठाइएको हो।
टिकट काटेर एयरपोर्ट पुगेका यात्रुलाई हवाइजहाजमा सिट नगरेको भन्दै उतारेपछि निगमलाई कारबाही गर्न उनीहरूले प्राधिकरणमा उजुरी गरेका थिए।
भविष्यमा चन्द्रमामा व्यावसायिक उडान गर्ने तयारीका लागि परीक्षण उडान गरिएको नासाले जनाएको छ।
यान्त्रिक उडानमा एयर ट्राफिक कन्ट्रोलर, टावर, धावनमार्ग र विमानस्थलमा जडान भएका सञ्चार उपकरणले काम गरे नगरेको परीक्षण गरिने छ।
भारतका तीन गन्तव्यमा उडान गरिरहेको नेपाल एयरलाइन्सलाई कारबाहीस्वरूप नयाँदिल्ली गन्तव्यको उडान संख्यामा केही कटौती भएको निगमको वाणिज्य विभागले जनाएको छ।
ताररहित इन्टरनेट उपलब्ध गराउन स्टारलिंकले स्याटेलाइटको नेटवर्कको मद्दत लिनेछ। यी स्याटेलाइटलाई पृथ्वीको सतहभन्दा ५५० देखि १२०० किलोमिटर माथि लोअर अर्थ अर्बिट (एलईओ) मा स्थापित गरिएको छ।
एलन मस्कले ४४ अर्ब डलरमा ट्विटर डिल क्लोज गरेसँगै कम्पनीका सीइओसहित ४ जना उच्च पदस्थ कर्मचारीलाई बर्खास्त गरेका हुन्।
नागरिक उड्डयन प्राधिकरणले ग्राउण्ड ह्याण्डलिङमा नेपाल वायुसेवा निगमको विकल्प खोज्ने भएको छ। निगमका कर्मचारीले आन्दोलन र हड्ताल गर्दा अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुने जोखिम बढेको प्राधिकरणको भनाइ छ।
भारतमा बनेपनि आइफोन १४ सस्तो भने हुनेछैन। उच्च आयात शुल्क र अन्य करका कारणले गर्दा मूल्य महंगो नै पर्नेछ।
सरकारले सीमित मोबाइल व्यवसायीलाई फाइदा पुग्ने गरेर एमडीएमएस लागू गरेको भन्दै अधिकारकर्मीले दाबी गरेका छन्।
तालिबान सरकारले सरिया कानुन र सुरक्षा तथा सांस्कृतिक पक्षलाई हेरेर देशभित्र टिकटक प्रतिबन्ध लगाएको छ।