AnonymousUser

Logout

कोशी, बागमती र गण्डकीमा मेघगर्जनसहित वर्षाको सम्भावना

दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, बागमती र गण्डकीमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

साझाले सञ्चालनमा ल्यायो १.१ मेगावाट क्षमताको चार्जिङ स्टेसन

साझा यातायातले ठूला विद्युतीय बस चार्ज गर्न चार्जिङ स्टेसन प्रयोगमा ल्याएसँगै आफूसँग रहेका सबै बिजुली बस पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने जनाएको छ।

ई–सिगरेट निषेधको तयारीमा सरकार

कानूनमै ई–सिगरेटलाई बन्देज गरिएकाले निषेध गर्ने तयारी गरिएको स्वास्थ्य सेवा विभाग, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक डा. भक्तबहादुर केसीले बताए।

विदेशमा समस्यामा परेका नेपालीलाई कन्सुलर सेवा दिन अनलाइन प्रणालीको शुरूआत, कसरी दर्ता गर्ने गुनासो?

विभागले समस्यामा परेका नेपालीले आफ्नो राहदानी नम्बर र जन्ममिति प्रयोग गरी नजिकको नेपाली राजदूतावास या नियोगका वेबसाइटमार्फत आफ्ना समस्या टिपाउन सक्ने गरी अनलाइन प्रणालीको शुरूआत गरिएको जनाएको छ। 

रकेटबाट विश्वको जुनसुकै कुनामा पनि एक घण्टामै ‘होम डेलिभरी’

विश्वभरका वैज्ञानिकहरूले केही समयदेखि रकेटलाई यातायातको माध्यमको रूपमा प्रयोग गर्ने सम्भावनाको खोजी गरिरहेका छन्।

आफैँले निर्माण गरेको ‘भ्वाइस क्लोनिङ टुल’ सार्वजनिक गर्न किन डराइरहेको छ ओपनएआई

यो उपकरणले आवाज नक्कल गर्नुका साथै त्यसलाई भावनात्मक र यथार्थपरक पनि बनाउन सक्ने बताइएको छ।

ऐतिहासिक एआई कानूनलाई युरोपेली संसदमा ‘ग्रिन सिग्नल’

तीव्र गतिमा बढ्दै गएको एआई प्रयोगलाई नियन्त्रण गर्न उत्सुक देशहरूलाई पनि ईयूको यस एआई कानूनले सहयोग पुग्नसक्ने बताइएको छ।

प्रहरीको मनोबल उकास्दै प्रविधि, ‘पुलिसिङ’ क्षमता पनि बढाउँदै

​​​​​​​‘हाइप्रोफाइल’हरू जोडिएका एकपछि अर्को अपराधका फाइल खोलेर प्रशंसा बटुलेको प्रहरीले पछिल्लो समय अपराध अनुसन्धानदेखि शान्ति सुरक्षा बहालीमा गर्न थालेको प्रविधि केन्द्रित निगरानीसमेत फलदायी बन्दैछ।

एआईले निर्वाचनमा विश्वभर यसरी पार्दैछ प्रभाव, नेपालले के सिक्ने?

यो वर्षको शुरूमा पाकिस्तान र इन्डोनेसियामा भएका निर्वाचनमा एआईको भरपूर प्रयोग भयो। मार्च या अप्रिलमा भारत र नोभेम्बरमा अमेरिकामा हुने निर्वाचनमा मतदाता आकर्षित गर्न अहिलेदेखि नै कसरत शुरू भइसकेको छ।

पुस्तक बेचेर कृषि औजार कारखाना चलाउने महावीरको सपना

वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्ने जिम्मा दिएको सरकारले प्रतिबद्धताअनुसार बजेट नदिएपछि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन पुस्तक बिक्री गरेर उद्योग चलाउने अभियानमा लागेका छन्। 

नेपालमा हाइड्रोजन इन्धन‍युक्त गाडी व्यावसायिक प्रयोगको सम्भावना छ?

हरित हाइड्रोजनको अनुसन्धान गर्न केयूमा ग्रिन हाइड्रोजन ल्याब स्थापना भएको छ। यो ल्याबले गत कात्तिकमा हाइड्रोजन कार–२०१९ हुन्डाई नेक्सो फ्युल सेल आयात गरेको छ। उक्त कारको मूल्य ३३ हजार अमेरिकी डलर छ।

७ महिनामा साइबर अपराधका १३ हजार उजुरी

प्रहरीका अनुसार सूचना प्रविधिको विकास र प्रयोगसँगै देखिएका अपराधका नयाँ प्रवृत्ति र शैलीले साइबर अपराध अनुसन्धानमा चुनौती थपेको छ। 

एआईले ‘जागिर खाइदिने’ विश्वव्यापी डर, नेपालमा पनि देखिन थाल्यो प्रभाव

एआईका कारण विश्वका केही ठूला कम्पनीले कामदार कटौती गरिरहेका छन्। खासगरी प्रविधि, वित्तीय क्षेत्र, ग्राफिक डिजाइन, फोटोग्राफी आदि क्षेत्रका कामदारले रोजगारी गुमाइरहेका छन्।

एमडीएमएस र टेरामक्सको औचित्यबारे स्पष्ट दृष्टिकोण पेस गर्न समितिको निर्देशन

समितिले एमडीएमएस र टेरामक्स प्रविधि खरिदका बारेमा मन्त्रालयबाट भएका नीतिगतदेखि सबै निर्णयहरुको विवरण र कागजात उपलब्ध गराउन निर्देशन दिएको हो।

४ हजार युवालाई साइबर सुरक्षासम्बन्धी तालिम दिँदै काठमाडौँ महानगर

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ गौरव योजनाअन्तर्गत महानगरले तालिम दिन लागेको हो। यस योजनाअन्तर्गत १५ हजार व्यक्तिलाई तालिम र पाँच हजारलाई रोजगारी दिने लक्ष्य छ।

न्यु योर्क टाइम्सद्वारा ओपन एआई र माइक्रोसफ्टविरुद्ध मुद्दा दायर

ओपन एआईको च्याट जीपीटीलाई तालिम दिन आफ्नो प्रकाशनका दशौँ लाख लेखहरू अनुमतिबिना प्रयोग गरेको न्यु योर्क टाइम्सले जनाएको छ।

एआईमाथि नियन्त्रण गर्न ऐन बनाउने सम्झौतामा पुग्यो युरोपेली युनियन

पछिल्लो समय अमेरिका, बेलायत, चीन तथा विभिन्न वैश्विक समूह जस्तै, जी-७ हरूले एआई सञ्चालनका लागि आ-आफ्नै प्रस्तावना तयार पारेका छन्।

गुगलले युरोपमा खोल्यो अत्याधुनिक साइबर सुरक्षा केन्द्र

म्युनिख र डबलिनमा समेत साइबर सुरक्षा केन्द्र रहेको गुगलले यस नयाँ केन्द्रमा भने साइबर खतरासँग जुध्नका लागि उपकरण निर्माण गर्ने विज्ञ राख्ने जनाएको छ।

‘डिपफेक’ प्रविधिमाथि कडाइ गर्न नयाँ कानून बनाउँदै भारत 

केहीदिन पहिले बलिवुड अभिनेत्री रश्मिका मण्डनाको डिपफेक भिडियो भाइरल भएको थियो। उक्त घटनापछि भारतमा डिपफेकविरुद्ध कडा नियम बनाउनुपर्ने बहस छेडिएको छ। 

ओपन एआईमा अल्टम्यानको पुनर्बहाली

दुई पक्षबीच समझदारीपछि साम अल्टम्यान पुनः आफ्नो पुरानै पदमा फर्किएका ओपन एआईले जनाएको छ। ओपन एआईले सञ्चालक समिति पनि हेरफेर गरेको छ।