सफ्टवेयर, तथ्यांक र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता अमूर्त वस्तुमा भएको लगानीले भौतिक सम्पत्तिमा भएको लगानीलाई उछिनेको संयुक्त राष्ट्रसंघले जनाएको छ।
कानूनी मागका कारण रोयटर्सको एक्स ह्यान्डल बन्द गरिएको एक्सले जनाएको छ। तर कस्तो खाले कानूनी माग हो भन्नेबारे खुलाइएको छैन।
व्यापक एआई विकास ढाँचा स्थापना गर्ने दक्षिणपूर्वी युरोपको पहिलो देशको रूपमा, सर्बियाले आफूलाई क्षेत्रीय नेताको रूपमा स्थापित गरेको छ।
मृत्युपछि सामाजिक सञ्जाल खातालाई स्मरणीय राख्ने वा मेटाउने विकल्पहरू भए पनि नेपालमा यसको प्रयोग कम देखिन्छ। किन आवश्यक छ त डिजिटल व्यवस्थापन?
‘एअरमेल सर्भिस’ पछि टाटा एअरलाइन्स हुँदै एअर इन्डिया बन्दासम्म यसले अनेकौँ उतारचढाव बेहोर्यो, जसमा नेपालसँग जोडिएको एउटा घटना यसको इतिहासमा अविस्मरणीय छ।
विभिन्न देशले एआईसम्बन्धी कानून बनाइसकेका छन्। न्युजिल्यान्ड, ब्राजिल, सिंगापुरलगायत देशका संसद्मा यसबारे छलफल भएको छ। दैनिक जीवनलाई प्रभावित गरिरहेको एआईबारे नेपालको संसद्मा भने छलफल नै हुँदैन।
नेपालमा काम खोजिरहेका युवा एआईप्रति उत्सुक भए पनि डिजिटल ज्ञानको कमी, डाटा सुरक्षा, मानसिक स्वास्थ्य तथा अनलाइन प्लेटफर्मका खतराबारे जानकार नहुँदा उनीहरू जोखिममा पर्नसक्ने प्रतिवेदनले औँल्याएको छ।
ड्रोन प्रविधिले युद्धको परिभाषा र परम्परागत नियम नै फेरिदिएको छ। सैनिकहरू युद्धभूमिमा उत्रनुअगावै प्रहार गर्न सक्षम ‘नयाँ सेना’ अर्थात् ड्रोन सेना संसारका लागि नयाँ चुनौती बन्दै छ।
टेरामक्स उपकरण खरिदमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मोहन बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दर्ता गर्दा ज्ञानेन्द्र कार्की र गोकुल बास्कोटालाई ‘मुद्दा चलाउनु नपर्ने’ जनाएको छ। के हो टेरामक्स प्रकरण?
सरोकारवालाहरूले मुलुकको आर्थिक विकासका लागि डिजिटल गभर्नेन्स जरुरी रहेको बताएका छन्।
शिखर सम्मेलनले असमानतालाई कम गर्न र विकासोन्मुख देशलाई कृत्रिम बुद्धिमत्ता क्षमता निर्माणमा सहयोग गर्ने आवश्यकतामा जोड दिएको छ।
मस्यौदामा सुरक्षित एआई इकोसिस्टम निर्माण, डिजिटल पूर्वाधार विकास, डाटा व्यवस्थापन, अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन, जनशक्ति विकास, क्षेत्रगत विकास र सार्वजनिक सेवा सुधारलगायत विषय समेटिएका छन्।
इन्टरनेट एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपदकै रूपमा आउन सक्ने भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्।
चीनको डिपसिक च्याटबटले एआई क्षेत्रमा प्रतिस्पर्धा तीव्र पारेसँगै अमेरिकी टेक दिग्गज ओपनएआईले सोमबार ‘डिप रिसर्च’ नामक च्याटजिपिटी टूल सार्वजनिक गरेको हो।
सामाजिक सम्बन्ध बढाउने सञ्जालका रूपमा स्थापित सोसल नेटवर्क करिब दुई दशकको अवधिमा कसरी मानिसका भावना र विचार नियन्त्रण गर्दै डरलाग्दो मानसिक समस्या नै निम्त्याउँने अवस्थामा पुगे?
सामाजिक सञ्जाल नियमन गर्ने भन्दै संसद्मा दर्ता गराएको विधेयकमार्फत् सरकारले नागरिकको बोली बन्द गर्न खोजेको भनेर चर्को विरोध भइरहेको छ। के छन् विधेयकमा प्रस्तावित व्यवस्था?
एड्भाइजरीमा सरकारी कार्यालयको वेबसाइट, एप्लिकेसन, सर्भर, नेटवर्क, डेस्कटप, ल्यापटप, मोबाइल उपकरण र सामाजिक सञ्जालको प्रयोगसँग सम्बन्धित विभिन्न सुरक्षात्मक उपाय समावेश गरिएका छन्।
'द स्टारगेट प्रोजेक्ट' नाम दिइएको यसलाई ट्रम्पले संसारकै सबैभन्दा महँगो परियोजना भएको दाबी गरेका छन्।
बदलिँदो राजनीतिक र सामाजिक परिवेशलाई ध्यानमा राखेर अभिव्यक्ति स्वतन्त्रताको प्रवर्द्धन गर्ने उद्देश्यले यस्तो कदम चालिएको मार्क जुकरबर्गले बताएका छन्।
माइक्रोसफ्टका उपाध्यक्ष ब्राड स्मिथका अनुसार ८० अर्ब डलरमध्ये आधाभन्दा बढी अमेरिकामा खर्च हुनेछ।