AnonymousUser

Logout

१३ वर्षमा १० जना प्रधानन्यायाधीशले टुंग्याउन नखोजेको एउटा ‘हाइप्रोफाइल’ मुद्दा

निर्णय सुनाउन ठिक्क भइसकेको माओवादी नेता अग्नि सापकोटाविरुद्धको हत्या मुद्दा १३ वर्षपछि कसरी पुनः सुनुवाइतर्फ गयो? १० जना प्रधानन्यायाधीशले अवकाश पाउँदासम्म पनि किन भएन न्याय निरूपण?

‘फास्ट ट्रयाक’मा मुद्दा छिनिरहेको विशेष अदालतः भरत थापाविरुद्धको मुद्दामा किन ढिलाइ?

विशेष अदालतले भ्रष्टाचारका मुद्दा ६ महिनाभित्र टुंग्याउन अभियान नै चलाएको छ। तर सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्धको मुद्दा एक वर्षमा १४ पटक पेसी चढेर पनि फैसला हुनसकेको छैन।

उपभोक्ता अदालत उद्घाटन, काठमाडौँ उपत्यकाका मुद्दा हेर्ने

काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाभित्रका उपभोक्तासम्बन्धी मुद्दाको कारबाही तथा किनारा गर्ने क्षेत्राधिकारसहित उपभोक्ता अदालत गठन भएको हो।

के हो युद्धमा बालबालिका प्रयोग गरेको भन्दै प्रचण्ड–बाबुरामविरुद्ध दायर मुद्दा, के गर्ला सर्वोच्चले?

‘बृहत् सुनुवाइ आवश्यक’ भन्दै पूर्ण इजलासमा पठाउने सर्वोच्चको आदेशपछि द्वन्द्वमा बालसैन्य प्रयोग गरेको दाबीसहित माओवादी अध्यक्ष दाहाल र तत्कालीन नेता भट्टराईविरुद्ध दायर मुद्दाले धेरैको ध्यान खिचेको छ।

५२ पदाधिकारीविरुद्धको मुद्दामा सर्वोच्चमा बहसः कार्यकारीले आफैंलाई शक्तिशाली बनाउने गरी कानून ल्याउन मिल्छ?

संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति गर्दा संविधान र कानूनी आधारलाईसमेत क्षयीकरण हुने गरी काम गरेको भन्दै कानून व्यवसायीहरूले निर्णय बदर हुनुपर्ने धारणा राखेका छन्।

अन्तिम सुनुवाइतिर संवैधानिक निकायका ५२ पदाधिकारीको मुद्दा, नियुक्ति बदर भए के होला?

अध्यादेशमार्फत संवैधानिक निकायमा नियुक्त ५२ जना पदाधिकारीविरुद्धको मुद्दामा सर्वोच्चले अन्तिम सुनुवाइ अघि बढाएपछि उनीहरूको पद र त्यसबाट सिर्जना हुनसक्ने सम्भावित परिदृश्यबारे चर्चा शुरू भएको छ।

महान्यायाधिवक्ता कार्यालयले गरिरहेको ‘मुद्दा नचलाउन सक्ने’ अधिकारको मनपरी प्रयोग

सत्तानिकट र पहुँचवालाहरू जोडिएका कसुर–अपराधमा कानून र तथ्य प्रमाण होइन, अनुहार हेरेर मुद्दा नचल्ने निर्णय गरिदिने खतरनाक प्रवृत्ति महान्यायाधिवक्ताको कार्यालयका लागि सामान्य अभ्यास बन्दै गएको छ।

संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ शुरू

चार वर्षदेखि विचाराधीन मुद्दामा सर्वोच्चको संवैधानिक इजलासले बुधबारदेखि सुनुवाइ शुरू गरेको छ। सर्वोच्चले यसको प्रत्यक्ष प्रशारणको समेत व्यवस्था गरेको छ।

गाह्रो भो न्याय: अग्राधिकार दिइएका मुद्दा टुंग्याउन सर्वोच्चकै ‘अनिच्छा’

अदालतले कुनै मुद्दालाई अग्राधिकार दिनुको अर्थ हो– प्राथमिकतामा राखेर चाँडो टुंगो लगाउने। सर्वोच्च न्यायालयले अग्राधिकारप्राप्त मुद्दा किनारा लगाउन गरिरहेको ढिलासुस्तीले भने अर्कै अवस्था देखाउँछ।

पूर्वडीआईजी जोशीलाई पुर्पक्षका लागि थुनामा राख्न रुपन्देही जिल्ला अदालतको आदेश

बुटवलको सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा रुपन्देही जिल्ला अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

रवि लामिछानेलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश

चितवन जिल्ला अदालतले सहारा सहकारी ठगी मुद्दामा पूर्वगृहमन्त्री रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ।

थुनछेक बहस नसकिँदा रवि लामिछानलाई प्रहरीको जिम्मा

चितवनको साहारा बचत सहकारीको रकम ठगी मुद्दामा बुधबार चलेको थुनछेक बहस नसकिएपछि भोलि फेरि उपस्थित गराउने गरी लामिछानेलाई प्रहरीको जिम्मा लगाइएको हो।

रवि लामिछानेको धरौटी बदरको निवेदनमा उच्च अदालतले मगायो कैफियत प्रतिवेदन

पूर्वगृहमन्त्री रवि लामिछानेले कास्की जिल्ला अदालतले तोकेको धरौटी बदर माग गर्दै दायर निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ।

सुप्रिम सरकारी ठगी प्रकरण : रवि लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश

सुप्रिम सरकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न आदेश दिएको छ।

अवैध नदीजन्य पदार्थ उत्खनन तत्काल बन्द गराउन सर्वोच्च अदालतको परमादेश

खोला तथा नदीबाट अवैध रूपमा भइरहेका रोडा, ढुंगा, गिट्टी, बालुवा उत्खनन तत्काल बन्द गराउन सर्वोच्च अदालतले सरकारका नाममा पाँचबुँदे परमादेश जारी गरेको छ।

निकुञ्ज तथा आरक्ष क्षेत्रमा विकास निर्माण आयोजना सञ्चालन गर्न सहजीकरण गर्ने कानूनी व्यवस्था खारेज

व्यवसायीलाई लगानीमा सहजीकरण गर्न भन्दै निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनमा गरिएको संशोधनलाई संवैधानिक इजलासले खारेज गरेको हो।

संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्तिसम्बन्धी मुद्दामा भएन सुनुवाइ

संवैधानिक इजलासमा रहेका न्यायाधीश हरिप्रसाद फुयालले उक्त मुद्दा आफूले हेर्न नमिल्ने भनेर घोषणा गरेपछि आजका लागि तोकिएको सुनुवाइ हुन नसकेको हो।

रवि लामिछाने बुधबारसम्म प्रहरीकै जिम्मामा रहने

स्वर्णलक्ष्मी सहकारीको बचत रकम दुरुपयोगसम्बन्धी मुद्दामा सोमबार थुनछेक बहस नसकिएको र मंगलबार सार्वजनिक बिदा परेकाले पूर्वगृहमन्त्री रवि लामिछाने बुधबारसम्म प्रहरीकै जिम्मामा रहने भएका छन्।

न्यायाधीश सरुवाले पर्वत जिल्ला अदालतमा मुद्दा सुनुवाइ ठप्प

पर्वत जिल्ला अदालतमा एउटा मात्र न्यायाधीशको दरबन्दी छ। न्यायाधीश नहुँदा अहिले दैनिक चारदेखि आठवटासम्म मुद्दाको इजलासबाट सुनुवाइ कार्य स्थगन हुने गरेको छ।

पशुपति धर्मशाला विवाद : व्यापार व्यवसाय सञ्चालनमा अवरोध नगर्न अन्तरिम आदेश

उच्च अदालत पाटनले पशुपति धर्मशालाको विवादमा व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश दिएको छ।