AnonymousUser

Logout

ओली अभिव्यक्तिः मधेशद्वेषको निरन्तरता

ओलीले प्रतिस्पर्धी शाहलाई कमजोर तुल्याउन धनुषा र महोत्तरीमा गुइँठा बाल्ने चलनमाथि वितृष्णा पोखे। शाहको पुर्ख्यौली घर महोत्तरी हो। तर ओलीले फरक समुदायप्रति पहिलोपटक नकारात्मक टिप्पणी गरेका होइनन्।

सवारी दुर्घटनाबाट बच्न हेलमेटको प्रयोग ‘भ्याक्सिन’ जस्तै प्रभावकारी

सवारी दुर्घटनामा ज्यान गुमाउनेमा मोटरसाइकल चालक र पछाडि बस्ने यात्रुको संख्या धेरै रहेको अध्ययनले देखाएको छ।

पदमा हुँदाहुँदै नयाँ पदको आकांक्षा अर्थात् मतदाताप्रति बेइमानी

मतदातासँग पाँच वर्ष काम गर्ने वाचासहित स्थानीय तह र प्रदेशसभामा निर्वाचित जनप्रतिनिधिहरू त्यो वाचा बीचमै अलपत्र छाडेर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न दौडिएका छन्। जानकारहरू यसलाई अनैतिक र मतदाताप्रतिको बेइमानी भन्छन्।

उज्यालो नेपाल पार्टी नयाँ दलसँग मिलेर समानुपातिकमा नाम पठाउने तयारीमा

रास्वपासँगको एकता १२ दिनमै भत्किएपछि उनेपाको अध्यक्ष बनेका कुलमान घिसिङले ‘राष्ट्रिय परिवर्तन पार्टी’सँग मिलेर निर्वाचन लड्न समानुपातिकतर्फका उम्मेदवारको नयाँ सूची बुझाउने तयारी अघि बढाएका छन्।

चर्चित अनुहारहरू किन राजनीतिमा मोहित छन्?

खेल, उद्योग, व्यवसाय, कला र पत्रकारितामा पहिचान बनाएका चर्चित अनुहारहरू यसपटक संसद् प्रवेशको दौडमा छन्। राज्यको समावेशी नीतिका कारण सबै तप्काका नागरिकमा राजनीतिक आकांक्षा बढेको विश्लेषकहरूको बुझाइ छ।

फागुन २१ को निर्वाचनप्रति किन सशंकित छ एमाले?

निर्वाचन आयोगले अघि बढाएको चुनावी प्रक्रियामा सामेल भएपनि एमाले पंक्तिले फागुन २१ को निर्वाचनबारे बाक्लो आशंका व्यक्त गरिरहेको छ। त्यसमा एमालेको रणनीतिक ‘मूभ’ र चुनावी वातावरण बनाउन नसकिरहेको सरकार दुवैको भूमिका छ।

प्रवासी नेपालीलाई मताधिकार दिन निर्वाचन आयोगले देखेको सजिलो–अप्ठ्यारो

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन निर्वाचन आयोगले १३ वर्ष र ११ वर्षअघि नै पटक–पटक टोली बनाएर अध्ययन गरेको थियो। आयोगले त्यसबेलै देखेका कठिनाई सम्बोधन गर्न अहिलेसम्म केही गरिएको छैन।

विदेशमा भएका नागरिकलाई मतदान अधिकार दिने फिलिपिन्सको मोडल

विदेशमा बस्ने नेपालीको समेत मताधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतले २०७४ सालमै निर्देशनात्मक आदेश दिए पनि कार्यान्वयन हुन सकेको छैन। यसमा फिलिपिन्सले अपनाएको शैली नेपालका लागि उदाहरणीय बन्न सक्छ।

प्रतिनिधिसभा नहुँदा गुमनाम राष्ट्रियसभा

प्रतिनिधिसभा विघटनपछि संसद् अधिवेशन अन्त्य गरिए पनि राष्ट्रियसभा अन्तर्गतका समितिले सरकारका कारबाहीबारे छलफल र निगरानी गर्न सक्छन्। तर ती समिति प्रभावहीन हुँदा राष्ट्रियसभामाथि प्रश्न उठ्न थालेको छ।

नेपाली कांग्रेसले २०१४ सालमा गरेको त्यो विशेष महाधिवेशन

नेपाली कांग्रेसको विशेष महाधिवेशन एकपटक मात्र भएको इतिहास छ। तत्कालीन पार्टी सभापति सुवर्णशमशेरले पदबाट राजीनामा दिएपछि ६८ वर्षअघि कांग्रेसको विशेष महाधिवेशन भएको थियो।

दलहरूसँग संवाद गर्न प्रधानमन्त्रीकै अरुचि, कसरी बन्ला चुनावी माहोल?

पुगनपुग पाँच महिनामा निर्वाचन गर्नुपर्ने भएकाले यतिबेला सरकार र दलहरु सँगसँगै देखिनुपर्ने हो। तर चुनावी सरकारका प्रधानमन्त्रीमै दलहरूसँग संवाद गर्ने तत्परता देखिँदैन।

जेन–जी आन्दोलनको प्रभावः मुख्य राजनीतिक दलभित्र नेतृत्व फेर्न जोडबल

ठूला दलभित्र नेतृत्वप्रति विगतमा समेत असन्तुष्टि भए पनि पद नै छाड्न अहिलेजस्तो दबाब सिर्जना भएको थिएन। नेतृत्वको राजीनामा खोज्नेहरूलाई जेन–जी आन्दोलनले थप उर्जा दिएको छ।

जोगिए संसद् सचिवालयका दुर्लभ दस्ताबेज

संसद् सचिवालयका भवन–१, भवन–२, काठघर र पुरानो संसद् भवन नजिकै–नजिकै छन्। त्यहाँ आगो झोसिँदा संविधानको मूलकपीसहित ६६ वर्षीय संसदीय इतिहासका दस्ताबेज पनि खरानी हुन्थे। के हुन् ती दस्ताबेज?

विदेशमा रहेका नेपालीलाई मताधिकार: आउँदो निर्वाचनमै कति सम्भव?

सर्वोच्चले पटक–पटक आदेश दिँदा र लामो समयदेखि आवाज उठिरहँदा पनि विदेशमा रहेका नेपालीलाई मताधिकारको व्यवस्था किन गर्न सकिएन? गृहमन्त्रीले भनेझैँ आउँदो निर्वाचनमा त्यो व्यवस्था गर्न सम्भव होला?

राष्ट्रियसभा छ, अर्थात् संसद् जीवित छ

प्रतिनिधिसभा विघटन भए पनि संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा कायमै छ। सरकारमाथि निगरानी मात्र होइन, ६ महिनामा घोषित निर्वाचन हुन नसके राष्ट्रियसभाले अरू पहलकदमीसमेत लिन सक्छ।

सरकार मात्र होइन, संसद् पनि सधैँ अस्थिर

नेपालमा सरकार मात्र अस्थिर भएन, संसद्ले पनि जहिल्यै त्यही नियति ब्यहाेर्‍यो। ‘जेनजी’ आन्दोलनले केपी शर्मा ओलीको सरकार ढलेपछि बनेको अन्तरिम सरकारले पनि पहिलो कदम, प्रतिनिधिसभा विघटन गरेर यो अध्यायलाई निरन्तरता दिएको छ।

चुनाव जित्न ममदानीका अनेक उपाय

न्युयोर्क शहरको मेयर बन्ने दाैडमा रहेका ममदानीले चुनाव जित्न अनेक रणनीति अपनाएका छन्। कहिले उनी कोट पाइन्ट लगाएरै समुद्रमा कुद्छन् भने कहिले विभिन्न भाषा बोलेर विभिन्न समुदायलाई रिझाउँछन्।

विदेशी विद्यार्थीप्रति अमेरिका थप कठोर, धमाधम रद्द हुँदैछन् भिसा

ट्रम्प राष्ट्रपति भएपछि अमेरिकाले विदेशी विद्यार्थीका निम्ति निरन्तर कडाइ गरिरहेको छ। पछिल्लो समय विदेश विभागले रद्द गरेका ६ हजार भिसामध्ये करिब चार हजार विद्यार्थीले कानून तोडेको बताइएको छ।

गणपूरकमै प्रश्न: सांसदलाई विधायिकी काममा छैन रूची

संसद्को मुख्य काम विधि निर्माण भएकाले सांसदहरू सभा र समितिका बैठकमा नियमित उपस्थित हुनुपर्छ। तर सांसदहरू बैठकमा नबस्दा गणपूरक संख्या नपुगेर सभा र समितिका बैठक बारम्बार स्थगित हुन्छन्।

सरकारको रुचिका विधेयक ‘फास्ट ट्रयाक’मा, अरू अड्काएको अड्कायै

प्रधानमन्त्रीको चासोको भूमि विधेयक फटाफट पारित गर्ने प्रक्रियामा थियो, यद्यपि अन्तिममा रोकियो। तर विद्यालय शिक्षा विधेयकमा सरकारले चाहेका प्रावधान नराखिँदा लामो समय अड्काइयो। यस्ता उदाहरण धेरै छन्।