त्रिवि मानवशास्त्र विभागअगाडि बगैँचा बनाउन गरिएको खर्चको कुनै समय आलोचना हुन्थ्यो तर अहिले यही बगैँचा विभागको गुणस्तरलाई झल्काउने सुन्दर बिम्ब बनेको छ। कसरी फरक बन्यो मानवशास्त्र विभाग?
प्रकाशकहरूले बुझ्नैपर्छ– अरू व्यापारमा लगानी गरेजस्तो होइन मिडिया। यसमा ‘प्यासन’ चाहिन्छ। सहीलाई सही र गलतलाई गलत भन्ने आँट चाहिन्छ। अहिले प्रकाशकहरूले यी सबै मूल्य–मान्यता अपनाउन सक्ने अवस्था छैन।
संसद्को प्रमुख काम कानून निर्माण हो। प्रतिनिधिसभाको निर्वाचनपछि २०७९ पुस २५ गते पहिलो बैठक बसेको थियो। त्यसयता बजेट सम्बन्धीबाहेक जम्मा एउटा कानून बनेको छ। कस्ता काममा बित्यो प्रतिनिधिसभाको एक वर्ष?
उनीहरू पशुपति, तिलगंगातिर कवाडी उठाउँथे। एक दिन सोचे– कवाडी उठाउनुभन्दा भक्तजनसँग पैसा मागेर जिन्दगी चलाउनु राम्रो। त्यसपछि गुह्येश्वरी आउने भक्तजनसँग पैसा माग्न थाले। त्यो काम निरन्तर चलिरहेको छ।
प्रतिनिधिसभामा हरेक महिना गरिनुपर्ने ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रम एक वर्षमा दुई पटक भयो। प्रतिनिधिसभामा असारदेखि हुन नसकेको कार्यक्रम राष्ट्रियसभामा पनि प्रत्येक महिना गर्ने तयारी छ।
संसद् बैठक आह्वान र अन्त्य सरकारले गर्ने भए पनि निश्चित तालिका छैन। संसद् अधिवेशन चल्दा कुन दिन के कारबाही हुन्छ भन्ने जानकारी सांसदहरूले केही समयअघि मात्र पाउँदा कतिपय बैठक प्रभावित हुने गरेका छन्।
२४ डिसेम्बर १९९९। बेलुकी ४ बजे। इन्डियन एयरलाइन्सको आईसी–८१४ विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्लीका निम्ति उडान भर्छ। तर काठमाडौँबाट शुरू यात्रा आठौँ दिन कान्दहारमा पुगेर विराम लाग्छ।
भ्रष्टाचार, दुर्घटनालगायत घटना छानबिन गर्न राज्यका स्थायी संयन्त्र पन्छाएर समिति र आयोग बनाउनु ढाकछोप तथा अनुकूल नतिजा देखाउने प्रपञ्च भएको सांसदहरू नै बताउँछन्। तर सरकार त्यस्तै संयन्त्र बनाइरहेको छ।
कोरम नपुगेर संसदीय समितिका बैठक स्थगित भएका वा आमन्त्रितले बोल्दाबोल्दै सांसदहरू उठेर हिँडेका उदाहरण त प्रशस्तै छन्, प्रधानमन्त्रीलाई पटकपटक बोलाउँदा पनि नगई संसद्को कार्यकाल सकिएको उदाहरण पनि छ।
काठमाडौँमा फराकिलो क्षेत्र ओगटेका महँगादेखि सडक किनारामै खुलेका सामान्य चिया पसलमा उस्तै भिड हुन्छ। नेपालमा चिया पसल खुल्न थालेको पुगनपुग आठ दशक हुँदा धेरैको प्रिय पेय भएको छ।
काभ्रेको मैखुरे र आसपास सम्साँझै खेतबारी पस्ने बँदेलले बाली तहसनहस बनाउन थालेपछि किसानले खेत नै बाँझो छाड्न थालेका छन्। बँदेलकै कारण कतिपय त बसाइँ नै हिँडेको स्थानीय बताउँछन्।
सामाजिक सञ्जालको दुरूपयोग गरी गलत र भ्रमपूर्ण सूचना फैलाउने प्रवृत्ति बढेकाले त्यसलाई नियमन गर्न निर्देशिका जरुरी रहेको सरकारको दाबी छ। तर यसको जग नै गलत भएको कानूनविद्को आरोप छ।
दंगा भड्काउने नियतले सामाजिक सञ्जालमा लामो समयदेखि पोस्टहरू भइरहे पनि सुरक्षा निकायले खासै चासो राखेका छैनन्। बैठकहरूमा सुरक्षा निकाय प्रमुखहरूले सामाजिक सञ्जाल नै बन्द गर्नुपर्ने बताउने गरेका छन्।
२०१६ सालको संसद्मा पनि कतिपय सांसदले मातृभाषामा बोलेका थिए। २०६२/६३ सालपछि सबै सांसदले बोलेको सम्पूर्ण विवरण राख्नुपर्ने नियम बनाउन थालियो। तर मातृभाषामा सांसदले के बोलेका थिए भन्ने विवरण नै पाइँदैन।
२०१६ सालको संसद्मा को सांसदले के बोले, प्रधानमन्त्री र मन्त्रीहरूको प्रस्तुति कस्तो थियो भन्ने अभिलेख अहिले पनि हेर्न सकिन्छ। संसद् सचिवालयले राखेका यस्ता लिखित संसदीय अभिलेख अब डिजिटाइज हुँदैछन्।
‘अमेरिकन हिमालयन फाउन्डेसन’ स्थापना गरेका फाइन्सटाइनका श्रीमान् ब्लम नेपालको हिमाली समुदायसँग काम गर्न बर्सेनिजसो नेपाल आउँथे। फाइन्सटाइन पनि एकपटक नेपाल आएकी थिइन्। उनी नेपालको असल मित्र थिइन्।
चिया पसलमा कोही गफिन, कोही थकाइ मार्न र कोही कसैलाई पर्खिन पुग्ने गर्छन्। घरमा पाहुनाको सत्कार चियाबाटै हुन्छ। एक चिया पसलका सञ्चालक भन्छन्- चिया मान्छेहरूबीचको 'कनेक्सन' हो।
संसद्मा उपस्थित भएर जनताको आवाज उठाउने र आवश्यक कानून निर्माण गर्ने जिम्मेवारीसहित निर्वाचित भएका सांसद हाजिर मात्र गरेर वा बीचैमा ‘टाप कस्दा’ चल्दै गरेको बैठकसमेत रोक्नुपर्ने अवस्था आउने गरेको छ।
सामाजिक सञ्जाल तर्कवितर्क गर्ने चौतारी भए पनि इतर विचार राख्नेलाई अस्वाभाविक गाली गर्ने जमात बढ्दैछ। गाली खानेहरू सर्वसाधारणदेखि नागरिक अगुवा र नेताहरू पनि छन्। किन असहिष्णु बन्दैछ समाज?
नेपालले संसदीय अभ्यासका साढे ६ दशक बिताइसक्यो। तर संसद् सचिवालयमा पछिल्लो एक डेढ दशकका संसदीय अभिलेख र दस्ताबेज भेट्टाउन समेत धौ–धौ छ।