AnonymousUser

Logout

अमेरिकी राष्ट्रपति निर्वाचन: यसरी विभाजित छन् नेपाली आप्रवासी

ट्रम्प र ह्यारिस दुवैलाई रुचाउने नेपाली आप्रवासीहरूको खास चासो भने आर्थिक मुद्दा र आप्रवासीहरूको हितमा कसले ज्यादा काम गर्छ भन्नेमा जोडिएको छ।

आप्रवासीको रोजाई ह्यारिस कि ट्रम्प?

रिपब्लिकन राष्ट्रपति जर्ज डब्लू बुसले सन् २००६ मा भुटानी शरणार्थीलाई अमेरिकामा पुनर्वास गराउने निर्णय गर्नु पनि शरणार्थीले रिपब्लिकन मन पराउनुको कारण हो।

परोपकार, नैतिक मूल्य–मान्यतासहितको व्यापारिक घराना

धनमा अम्बानी/अडानी अनेकन घरानाले उछिने पनि टाटाले जस्तो इज्जत, मान–सम्मान अरुले पाउन करिब असम्भवै छ। परोपकारी काम र ‘इथिकल’ व्यापारले टाटालाई आमव्यापारीभन्दा फरक कोटीमा राख्छ।

संसद्को अर्काइभः अब ढड्डा पल्टाउने हैन, ‘स्क्रोल’ गर्ने

२०१६ सालमा संसदीय व्यवस्था शुरू भएयता सांसदहरूले संसद्‍मा बोलेको कुरा कागजमा उतारेर राख्दा मोटामोटा ढड्डा बनेका छन्, अब यी ढड्डालाई ‘स्क्रिन’मा ‘स्क्रोल’ गर्न सकिने बनाइँदैछ।

नेतृत्वको ‘भक्तिगान’मा लीन सांसद

संसद् बैठकदेखि सार्वजनिक कार्यक्रमसम्म खासगरी माओवादी, एमाले र रास्वपाका सांसद आफ्नो नेतृत्वको भक्तिगानमा लागेको सुनिन्छ। संसद्को विशेष समयमा समेत नेतृत्वको अस्वाभाविक प्रशंसा गरिरहेका हुन्छन्।

अमेरिकी राष्ट्रपति निर्वाचनमा ‘सेलब्रिटी’को भूमिकाः जोल्सनले देखाएको बाटोमा स्विफ्ट

आगामी निर्वाचनमा कमला ह्यारिसलाई सघाउने गायिका टेलर स्विफ्टको घोषणा राष्ट्रपतिका प्रत्यासीहरूको बहस जत्तिकै चर्चित भयो। अमेरिकामा सेलब्रिटीले राष्ट्रपतिको उम्मेदवारलाई सहयोग गर्ने यो अभ्यास पुरानै हो।

लेखाजोखामा सार्वजनिक लेखा समिति

लेखा समितिको सभापति प्रमुख प्रतिपक्षले पाउनुपर्ने भन्दै मुख्य तीन दल कांग्रेस, एमाले र माओवादीले लिने अडान संसदीय भूमिकापिच्छे बदलिँदै आएकाले तीनै पार्टीले यसमा नैतिक धरातल गुमाएका छन्।

‘माननीयज्यूहरू! अब सभाको कारबाही प्रारम्भ हुन्छ...’

संसद्‍मा अहिले डिजिटल हाजिरी छ तर बैठक चल्दाचल्दै टाप कस्ने सांसदको कमी छैन। आफूले बोल्ने दिन पनि पालो सकिएपछि अरूको भनाइ सुन्ने धीरता सांसदहरूसँग छैन, बैठक अन्तिमतिर पुग्दा हल रित्तो भइसक्छ।

‘ट्रम्प–हेरोइन’ले लट्ठिएका उपराष्ट्रपतिका उम्मेदवार जेडी भ्यान्स

यहाँ राजतन्त्रवादी व्यक्ति कुनै बेला गणतन्त्रवादी भइदिन सक्छ। धर्मनिरपेक्षताको गीत गाउँदागाउँदै कोही हिन्दूवादी या अर्को धर्मको सर्वोच्चताको वकालत गरिदिन सक्छ।

संसद‍्मा बज्ने ताली : कहिले अर्थ, कहिले व्यर्थ

संसद‍्मा सांसदहरूले बाध्यताले पनि ताली ठोक्नुपर्ने अवस्था छ। जस्तो कि नीति तथा कार्यक्रम वा बजेट पारित हुँदा सत्तापक्षका सांसदले मन नपरे पनि ताली बजाउँछन्, विपक्षी सांसद मौन बस्छन्।

लेस्टर सिटीकी ‘डिफेन्डर’ अस्मिता आले

२२ वर्षीया अस्मिताको सपना छ– बेलायतको राष्ट्रिय टोलीबाट खेल्ने र देशका लागि ‘कप’ जित्ने। बिदा मिलाएर उनी छिट्टै नेपाल आउन चाहन्छिन्।

गोली लागेका रेगन, गोली लागेका ट्रम्प

रेगनको रंगभेदी अडियो सार्वजनिक भएपछि रेगनकी छोरी पट्टी डेभिसले वासिङ्टन पोस्टका लागि लेख लेखेकी थिइन्, “तपाईंहरूले मेरो बुवालाई क्षमा गरिदिनुहुन्छ भन्ने आशा छ। उहाँले एकदम गलत बोल्नुभयो।”

सहकारीको रकम अपचलन छानबिन समिति: २ महिनापछि आरोपीसँग सोधपुछ गर्ने तयारी

सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन भएको दुई महिनापछि बल्ल सहकारी सञ्चालकसहितका आरोपीहरूलाई छलफलमा बोलाउने तयारी गरिएको छ। समितिको समयसीमा तीन महिना छ।

संसद् किन भएन प्रभावकारी?

चित्रबहादुर केसीले जेठ २१ गतेको संसद् बैठकमा औचित्यहीन छलफलले वाक्क लागेर आफू निदाएको बताएका थिए। संसद्को प्रभावकारिताबारे उपसभामुख र पूर्वसभामुखहरूले पनि प्रश्न उठाइरहेका छन्। केमा अलमलिएको छ संसद्?

जब आफ्नै सांसदले सरकारको नीति तथा कार्यक्रम असफल बनाए

नेपाली कांग्रेसले २०४८ सालको निर्वाचनमा बहुमत ल्याएपछि तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएका थिए। तर आफ्नै सांसदको असहयोगले २०५१ असार २६ गते उनी राजीनामा दिन बाध्य भए।

‘बेलायतमा सानो छँदा साथी बनाउन पनि डर लाग्थ्यो’

आफू बेलायती आर्मी हुँ भनेर चिनायो भने मारिने सम्भावना हुन्थ्यो। त्यसैले उनले आफ्नाबारे थुप्रै झूटा कथाहरू बनाइन्। आफ्नो परिचय दिँदा धेरै ठाउँमा आफूलाई डेन्टलको विद्यार्थी भनेर चिनाइन्।

वाङले देखेको हिमाल

‘कुनै घरमा मान्छे बसेन वा आगो बलेन भने भँगेरा बस्दैन’ भनेर बुढापाकाले भनेको वाङ लामाले कयौँ पटक सुनेका थिए। गाउँ रित्तिदै जान थालेपछि भँगेरा पनि बसाइँ सरेका हुन् कि!

भरतपुरमा जब मध्यरातमा मतपत्र च्यातियो

​​​​​​​मतपत्र च्यात्ने बेलासम्म १९ नम्बर वडाको एक हजार ८०० मत गनिएको थियो। त्यतिबेला दाहालभन्दा ज्ञवाली ७३३ मतले अगडि थिए। ज्ञवालीले ४१ हजार ६४१ र दाहालले ४० हजार ९०८ मत ल्याएका थिए।

प्रतिनिधिसभाका १६ महिना : कानून बनाउन उदासीन, विवाद र अवरोधले अलमल

गत वर्ष साउनमा तत्कालीन प्रमुख प्रतिपक्ष एमालेले एक महिना सदन अवरोध गर्‍यो। अहिले प्रतिपक्षमा पुगेको कांग्रेस सदन अवरोध गरिरहेको छ। समितिहरू पनि सक्रिय नहुँदा कानून बनाउने मूल काममै संसद् अलमलिएको छ।

प्रतिनिधिसभाले राष्ट्रियसभाबाट नसिकेको एउटा पाठ

प्रतिनिधिसभामा आएका कैयौँ प्रस्ताव छलफलमा जाँदैनन्। राष्ट्रियसभाको अवस्था त्योभन्दा बिल्कुल फरक छ। त्यहाँ हरेकजसो प्रस्तावमाथि छलफल हुन्छ।