AnonymousUser

Logout

संसद् चलेकै छ, विधेयक अड्किएका अड्कियै

प्रतिनिधिसभाको पाँच वर्षको अवधि आधा बितिसक्दा बजेट सम्बन्धीबाहेक मात्र २४ वटा कानून बनेका छन्। जबकि, संविधान जारी हुँदा तीन वर्षभित्र बनाइसक्ने भनिएका कतिपय कानून लामो समयदेखि संसद्‍मै अल्झिएका छन्।

सांसदको मुख्य जिम्मेवारी कानून बनाउने, तर त्यसैमा चुक्छन्

सांसदहरूले सभामा पेश भएका विधेयक नपढ्ने, एउटा विषयको विधेयकलाई अर्कै ठानेर बोल्ने र पारित विधेयकका प्रावधान नै थाहा नपाउने उदाहरण धेरै छन्। विधि र कानून निर्माणमा किन भइरहेको छ कमजोरी?

एमाले–कांग्रेसबीच दरार ल्याइरहेको भूमि विधेयकभित्रको ‘खेल’

अहिलेको विधेयक जस्ताको तस्तै पारित भए विभिन्न संस्था र निकायले आफूसँग भएको हदबन्दीभन्दा धेरै जग्गा घडेरी नै वा घर बनाएर बेच्न पाउनेछन्। कांग्रेस सांसदहरूले यही प्रावधानमा संशोधन हालेका छन्।

एकीकृत समाजवादीभित्र रामकुमारी झाँक्रीको उकुसमुकुस 

भ्रष्टाचार मुद्दा लागेका पार्टी अध्यक्षमाथि नैतिकताको प्रश्न उठाउँदा रामकुमारी झाँक्रीलाई चेतावनीयुक्त स्पष्टीकरण सोधेको एकीकृत समाजवादी कारबाहीको निर्णय गर्न भने हच्किइरहेको छ, किन? 

सभामुखको मनमौजीः सांसदलाई दिइएको समय चिन्दैन नियमावलीले

भिजिट भिसा प्रकरणमा संसद्मा विरोध जनाइरहेका रास्वपा र राप्रपा सांसदलाई सभामुख देवराज घिमिरेले बैठकको शुरूमै बोल्न समय दिन्छन्। त्यसपछि अरू सांसदले पनि पाउने यो समय सभामुख आफैले सिर्जना गरेका हुन्।

सरकारको ‘बिजनेस’ मात्र थाम्छन् सांसद, गैरसरकारी विधेयकले संसद‍्मा पाउँदैनन् महत्त्व

कानून निर्माणमा सांसदले सरकारको ‘बिजनेस’ मात्र थाम्नु नपर्ने अभ्यास शुरू भएको साढे तीन दशक पुगिसक्यो। तर सांसद सरकारको मुख ताक्नमै तल्लीन छन्, गैरसरकारी विधेयक संसद्को प्राथमिकतामै पर्दैनन्।

मोटरसाइकलमा ढुवानी: चालकले नै नबुझे कसले बुझ्ने?

अग्ला प्लाइउड, सिसा, झ्यालका चौकोस, खसीबोका, सुँगुर, कुर्सीका थाक, ठूला सुटकेश बोकेका यात्रुलाई पछाडि राखेर मोटरसाइकल कुदाउँदा दुर्घटनाको जोखिम बढेको छ।

ट्रम्पले ‘कम्युनिस्ट’ भनेका ममदानीले अमेरिकी राजनीतिमा ल्याएको तरंग

न्युयोर्कमा आगामी नोभेम्बरमा मेयरको चुनाव हुँदा डेमोक्‍य्राटिक पार्टीबाट इजरायली प्रधानमन्त्री नेतन्याहुका कट्टर विरोधी तथा मुस्लिम समुदायका ममदानी उम्मेदवार हुने छन्।

संसद् पुगिसकेका विधेयकमा सरकारकै अड्चन

संसदीय समितिले मेहनत गरेर विधेयक टुंग्याएको हुन्छ, सरकारले अन्तिममा फिर्ता लिइदिन्छ। विधेयक फिर्ता लिन पाउने सरकारको अधिकार हो, तर यसले संसद्को समय, लगानी र मेहनत शून्यमा पुर्‍याइदिन्छ।

संसद्‍मा थरीथरीका विरोध, कति मर्यादित?

रास्वपा सांसदहरूले गत मंगलबार प्रतिनिधिसभा बैठकमा निलो स्कार्फ बाँधेर गएपछि कतिपयले मर्यादाको प्रश्न उठाएका छन्। नाराबाजी, तोडफोड र धक्कामुक्कीसम्म भइरहने संसद्‍मा विरोधको नयाँ शैली अमर्यादित हो त?

सभामुखतिर सोझिएको प्रश्नः प्रतिपक्षीलाई भुईं, सत्तापक्षलाई रोष्ट्रम?

सरकारका काममा प्रश्न उठाएर ‘वेल’ घेराउ र नाराबाजी गर्दा पनि विपक्षी दललाई पेलेर संसद् चलाउने परिपाटी नै बन्न थालेको छ। सभामुख देवराज घिमिरे पछिल्लो उदाहरण बनेका छन्।

अन्य देशका संसद्‍मा एआईको चर्चा, नेपालका सांसदलाई छैन चासो

विभिन्न देशले एआईसम्बन्धी कानून बनाइसकेका छन्। न्युजिल्यान्ड, ब्राजिल, सिंगापुरलगायत देशका संसद्‍मा यसबारे छलफल भएको छ। दैनिक जीवनलाई प्रभावित गरिरहेको एआईबारे नेपालको संसद्‍मा भने छलफल नै हुँदैन।

फाइन्डिङ निमो: जलवायु परिवर्तनसँग जुध्दै बाँच्न सिकेको माछा

न्यूक्यासल विश्वविद्यालयका वैज्ञानिकले समुद्री तातो पानीमा बाँच्न शरीर नै खुम्च्याउन सिकेको माछाबारे गरेको अनुसन्धानको निचोडले देखाउँछ– जलवायु परिवर्तनका असरसँग जुध्न जीवजन्तुले नै स्वउपाय खोज्दै छन्।

सडकमा असुरक्षित बालबच्चा, अभिभावक नै बनाइरहेछन् दुर्घटनाको ‘पासो’

बर्सेनि सडकमा हुने दुर्घटनामा कलिला बालबालिकाको मृत्यु र घाइतेको आँकडा झट्ट हेर्दा भवितव्य जस्तो लाग्छ, तर यसका पछाडि अभिभावकको लापरबाही सबैभन्दा डरलाग्दो छ।

विश्वविद्यालयलाई नै ‘कन्जरबेटिभ’ बनाउँदै ट्रम्प प्रशासन

हार्वर्डमा विदेशी विद्यार्थी भर्ना नलिन र पढिरहेकालाई पनि अन्यत्र जान निर्देशन दिइएको पछिल्लो घटनाले ट्रम्प प्रशासन ज्ञानको केन्द्र मानिने विश्वविद्यालय कस्तो बनाउन चाहन्छ भन्ने छर्लंग पारेको छ।

राष्ट्रियसभा अर्थात् ‘स्याटलाइट सभा’

स्थायी प्रकृतिको र प्रबुद्ध वर्गहरूबाट प्रतिनिधित्व हुने भनिएको राष्ट्रियसभाका कामकारबाही प्रतिनिधिसभाका गतिविधिबाट प्रभावित भइरहँदा माथिल्लो सभा तल्लो सभाको छायाँजस्तो बनेको छ। 

डेमोक्रेटमा ‘स्पेस’ बनाइरहेकी एओसी

एओसी ट्रम्पको खरो आलोचक हुन्। डेमोक्रेटहरूले ट्रम्पविरूद्ध बोल्ने एक बलियो र इमानदार आवाज भेटेका छन्। उनी आफ्नै पार्टीको पनि प्रखर आलोचक हुन्, तर उनलाई त्यहाँ ठूलो सहयोग छ।

अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल

अमेरिकी विश्वविद्यालयहरूसँग यति बेला दुईवटा विकल्प छन्– ट्रम्प प्रशासनको एजेन्डा पालना गर्ने वा संघीय कोष गुमाउने। यस कदमबाट ट्रम्पले विश्वविद्यालयहरूमा प्रभाव जमाउन चाहेको देखिन्छ।

सवारी दुर्घटनाः राष्ट्रसंघको लक्ष्यबाट टाढिएको नेपाल

नेपालमा सवारी दुर्घटनाको तथ्यांक हेर्दा डराउनुपर्ने अवस्था छ, तर सरकारका प्रतिनिधि अन्तर्राष्ट्रिय मञ्चमा उभिएर सडक सुरक्षामा ठूलो काम भएको दाबी गर्छन्।

कुलमानका विषयमा ५ दिन संसद् अवरोधपछि प्रधानमन्त्रीको जवाफ २ मिनेट

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीको विषयलाई लिएर विपक्षी सांसदले गरेको संसद् अवरोधका कारण पूर्वराजाका समर्थकले गरेको विध्वंसबारे पनि तत्काल छलफल हुन सकेको थिएन।